मोरङ- नवजात शिशुको हत्यामा संलग्न रहेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा रंगेली नगरपालिका-५ आँपगाछी टोल बस्ने २५ वर्षीया खुस्वु मण्डल, उनकै बुबा ५० वर्षीय नागेश्वर मण्डल, उनकै आमा ४८ वर्षीय उर्मिला मण्डल र उनकै श्रीमान् २८ वर्षीय अरुण मण्डल रहेका छन्।
आइतबार राति खुस्बुले छोरीलाई जन्म दिई ब्ल्याङ्केटले घाँटी थिची हत्या गरेकी थिइन्। हत्यापछि उनकै आमा बुवाले सञ्चालन गर्दै आएको रंगेली नगरपालिका-५ चाँदनी चोकस्थित मदिरा पसलभित्र खाल्डो खनी गाडेको अनुसन्धानबाट खुलेको थियो।
उनीहरुलाई इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। उनीहरुविरुद्ध कर्तव्य ज्यान कसरमा जिल्ला अदालत मोरङबाट पाँच दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।