काठमाडौं- आज कन्काई, कमला, बागमती, तिनाउ जलाधारका केही साना सहायक नदीहरुमा बहाब बढ्ने र केहीमा आकस्मिक बहाब पनि हुन सक्ने जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
बिहानको मापन अनुसार महाकाली, कर्णाली, नारायणी, कोशी र सहायक नदीहरुमा बहाव सामान्य रहेको तथा सवैमा सतर्कता तह भन्दा तलै रहेको छ।
आज नारायणी, कर्णाली र यसका सहायक नदीहरुमा बहाव सामान्य घटबढ हुने, कोशी, महाकाली जलाधारका सहायक नदीहरुमा बहाव केही बढ्ने तथा सबैमा बहाब सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान छ। पूर्वी राप्ती, पश्चिम राप्ती, बबई लगायतमा बहाब सामान्य घटवढ हुने, कन्काई, कमला, बागमती, तिनाउ र यसका सहायक नदीमा बहाब केही बढ्ने र केही साना नदीमा आकस्मिक बहाब हुन सक्ने पूर्वानुमान छ।
प्रदेश १ को ईलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, पाँचथर, उदयपुर, ताप्लेजुङ, सोलुखम्बु, संखुवासभा, ओखलढुङ्गा, खोटाङ, भोजपुर, प्रदेश २ को बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, बागमती प्रदेशको दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, रसुवा, धादिङ, काठमाडौं, चितवन, मकवानपुर, गण्डकी प्रदेशको गोरखा, लमजुङ, तनहुँ, नवलपुर, स्याङ्गजा, कास्की, म्याग्दी, बाग्लुङ,पर्वत, लुम्बिनी प्रदेशको परासी, पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, कपिलबस्तु, रोल्पा, दाङ, सुदूरपश्चिम प्रदेशको दार्चुला, बैतडी, डडेल्धुरा, डोटी, अछाम, कैलाली, कंचनपुर र आसपास जिल्ला भई बहने स-साना नदीहरुमा बहाव केही बढ्ने र केहीमा आकस्मिक वहाव हुन सक्ने पूर्वानुमान रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।