काठमाडौं- तनहुँमा ज्यान मार्ने उद्योगमा फरार एक अभियुक्त १८ वर्षपछि पक्राउ परेका छन्।
तनहुँ जिल्ला अदालतबाट ज्यान मार्ने उद्योगमा ८ वर्ष कैद र ५२ हजार रुपैयाँ जरिवानाको फैसला भएका पपे भन्ने पपेन्द्र राना पक्राउ परेका हुन्।
तनहुँको व्यास नगरपालिका-१ स्थायी ठेगाना भई हाल सोही नगरपालिकाको वडा नम्बर ५ पतेनी बस्ने रानालाई तनहुँ प्रहरीले सोमबार पक्राउ गरेको हो।
१२ असार २०६० मा फरार भएका रानालाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि सोमबार अदालत पेस गरिएको र सोमबार नै अदालतको आदेश बमाेजिम कारागार चलान गरिएको तनहुँका प्रहरी प्रवक्ता डीएसपी युवराज तिमिल्सिनाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।