काठमाडौं- आजदेखि कोरोनाविरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा लगाइँदै छ। ५५ वर्ष र सो माथिका उमेर समूहलाई भेरोसेलको पहिलो मात्रा लगाउन लागिएको हो। खोप साउन २ गतेसम्म लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकलाई भेरोसेलको पहिलो मात्रा खोप लगाउन सुरु गरिएको हो।
यस्तै, सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्ति र खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरुले पनि भेरोसेल खोपको पहिलो मात्रा पाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
नेपालले चीनसँग नन् डिस्कोलजर एग्रिमेन्ट अनुसार खरीद गरिएको ४० लाख खोप अन्तर्गत असार २४ गते पहिलो चरणमा ८ लाख डोज खोप आएको छ।
यो खोप अभियान हाल तीन वटा प्रदेशमा मात्र सञ्चालन हुनेछ। परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले गण्डकी, बागमती र लुम्बिनी प्रदेशमा मात्र भेरोसेल खोप लगाइने जानकारी दिए।
यी हुन् काठमाडौंका ४४ वटा खोप केन्द्र


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।