प्रतिकात्मक तस्वीर।
काठमाडौं- झापामा अर्धनग्न अवस्थामा एक युवतीको शव भेटिएको छ। बिर्तामोड नगरपालिका-५ स्थित पूर्वपश्चिम राजमार्ग नजिकै शव भेटिएको हो।
मृतक युवती सोही ठाउँ बस्दै आएकी २६ वर्षीया सिर्जना बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी तथा प्रवक्ता रोकश थापाले जानकारी दिए।
अर्धनग्न अवस्थामा शव भेटिएपछि धरानबाट फरेन्सिक विज्ञसहितको टोली बोलाइएर अनुसन्धान सुरु गरिएको छ। त्यस्तै, संघीय प्रहरी कार्यालय धरानबाट पनि तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान सुरु गरिएको डीएसपी थापाले जानकारी दिए।
मृत्युको कारण अहिलेसम्म खुल्न सकेको छैन। अर्धनग्न अवस्थामा शव भेटिएकाले बलात्कारपछि हत्या भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ।मृतक बस्नेत बिर्तामोडको सृजनशील सहकारीमा बजार प्रतिनिधिको रुपमा काम गर्दै आएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।