सिन्धुपाल्चोक- अविरल वर्षासँंगै आएको बाढीले दुई झोलुङ्गे पुल बगाउँदा सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३ गुम्बाका चार गाउँ नाकाबन्दीमा परेका छन्।
अति विकटमा पर्ने गुम्बाको नेसमखोलाको झोलुङ्गे पुल बगाउँदा तेम्बाथाङ, दीपु, निमाडोल्मा र साघुलिङसहित चार गाउँका दुई सयभन्दा बढी बासिन्दा आवतजावत गर्नबाट वञ्चित भएका हुन्।
तेम्बाथाङ र गुम्बागाउँ जोड्ने नेसमखोलाको झोलुङ्गेपुल यही असार १ गतेको बाढीले बगाएको थियो। त्यस्तै वडा नम्बर २ गोल्चे र गुम्बा जोड्ने दीपुस्थित अर्को झोलुङ्गेपुल दुई दिनअघिको बाढीले बगाएको थियो।
जुगल हिमशृङ्खलाको फेदीमा पर्ने उक्त बस्ती दुर्गम हुनाका साथै दैनिक वर्षा भइरहने हुँदा साउन लागेपछि मात्र अर्को झोलुङ्गेपुल निर्माण गर्नेतर्फ अघि बढ्ने गाउँपालिकाका उपाध्यक्ष सिर्जना तामाङले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।