काठमाडाैं- युरोकप २०२० फुटबल अन्तर्गत इङ्ल्यान्ड र इटालीबीच जारी फाइनल खेल अतिरिक्त समयमा धकेलिएकाे छ।
वेम्बली स्टेडियमा भइरहेकाे खेल निर्धारित समयमा १-१ काे बराबरीमा सकिएपछि अतिरिक्त समयमा धकेलिएकाे हाे।
खेलको दोस्रो मिनेटमा लुक शाले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिलाएका थिए। किएरन ट्रिपिएरले फार पाेस्टमा दिएकाे लामाे पासलाई अनमार्कमा रहेका शाले बल नियन्त्रणमा लिँदै गरेकाे प्रहार इटालीका डिफेन्डर र गाेलरक्षकलाई बिट गर्दै गाेलमा परिणत भएकाे थियाे।
प्रशिक्षक ग्यारेथ साउथगेटले रणनीतिमा परिवर्तन गर्दै विंगर बुकायो साकाको स्थानमा डिफेन्डर ट्रिपिएरलाई पहिलो रोजाइमा उतारेका थिए। ट्रिपिएर वाल्कर राइट ब्याकबाट सेन्टर ब्याक खेल्नेछन्।
शा युरोकप फाइनलमा सबैभन्दा छिटो गोल गर्ने खेलाडी बनेका छन्। उनले १ मिनेट ५६ सेकेन्डमा गोल गरेका थिए।
सबैखाले फुटबल प्रतियाेगितमा भने याे पाँचौ छिटो गोल हो। डिमिट्री किरिछेन्कोले रसिया र ग्रिसबीच सन् २००४ मा भएकाे खेलमा १ मिनेट ७ सेकेन्डमा गाेल गरेका थिए।
यस्तै,६७औं मिनेटमा इटाली खेलमा फर्कियाे। हुलमुलमा मार्को भेराट्टीले गरेकाे लाे हेडर पाेलमा लागेर फर्किएपछि गाेल लाइन नजिकै रहेका लिओनार्दो बोनुचीले बललाई फस्ट टचमा जाली चुमाएका थिए।
इटालीका लागि १०९औं खेल खेलिरहेका बोनुचीकाे याे ८औं गाेल हाे। उनकाे जारी प्रतियाेगितामा पहिलाे गाेलसमेत हाे। बोनुचीले अन्तिम पटक २०१९ मा ग्रिसविरुद्ध गाेल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।