काठमाडाैं- युरोकप २०२० फुटबलको फाइनलमा अहिले इङ्ल्यान्ड र इटालीबीच प्रतिस्पर्धा भइरहेको छ।
वेम्बली स्टेडियमा जारी खेलमा इङ्ल्यान्डले पहिलाे हाफ सकिँदा १-० गोलको अग्रता बनाएको छ।
खेलको दोस्रो मिनेटमा लुक शाले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिलाएका हुन्।
किएरन ट्रिपिएरले फार पाेस्टमा दिएकाे लामाे पासलाई अनमार्कमा रहेका शाले बल नियन्त्रणमा लिँदै गरेकाे प्रहार इटालीका डिफेन्डर र गाेलरक्षकलाई बिट गर्दै गाेलमा परिणत भएकाे थियाे।
प्रशिक्षक ग्यारेथ साउथगेटले रणनीतिमा परिवर्तन गर्दै विंगर बुकायो साकाको स्थानमा डिफेन्डर ट्रिपिएरलाई पहिलो रोजाइमा उतारेका थिए। उनी वाल्कर राइट ब्याकबाट सेन्टर ब्याक खेल्नेछन्।
आज दुबै टिम उपाधि जित्ने लक्ष्यमा रहेका छन्। इङ्ल्यान्ड पहिलोपटक युरोकपको फाइनल खेलिरहेकाे छ।
एक पटकको च्याम्पियन इटाली भने चौंथो पटक फाइनल खेलिरहेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।