काठमाडौं- महान्यायाधिवक्ता रमेश बडालले कानून व्यवसायीहरुको आम्दानीलाई करको दायरामा कडाइका साथ ल्याइने बताएका छन्।
आइतबार नेपाल कानून व्यवसायी परिषद्को प्रथम पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक गर्दै उनले आम्दानीलाई आगामी पाँच वर्षभित्र करको दायरामा ल्याइने बताएका हुन्।
‘कुनै सेवाग्राहीले दिएको पैसा खल्तीमा राखेर बस्ने होइन। वर्षमा कति कमायो, कमाएको भए त्यसवापतको कर तिर्नुपर्ने व्यवस्था हुन्छ, ’ उनले भने, ‘कमाएको छैन भने छैन भन्नुपर्यो, हैन भने कानून व्यवसायीको आम्दानी पनि करको दायरमा आउन पर्छ।’
परिषद्का अध्यक्ष रहेका बडालले कानून व्यवसायीहरुलाई अनुशासनमा राख्न जरुरी भइसकेको समेत बताए।
आचारसंहिता उल्लंघन गर्ने कानून व्यवसायी जतिसुकै ठूलो वरिष्ठ भएपनि कारबाही गर्नेगरी आचारसंहिता निर्माणको तयारी भइरहेको पनि उनले जानकारी दिए।
‘जतिसुकै वरिष्ठ भएपनि अनुशासन उल्लंघन गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ,’ उनले भने, ‘यसका लागि हामी छिटै आचारसंहिता बनाउछौं र लागू गर्छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।