• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

महामारीमा भारी बोक्न नपाएका रामप्रसादको प्रश्न- यो सरकार कसको हो?

धनु विश्वकर्मा बुधबार, असार ३०, २०७८  ०७:००
1140x725

साँघुरो गल्लीमा मेरो चोक छ
यहाँ के छैन? सबथोक छ।

उहिले भूपी शेरचनले कवितामा लेखेको त्यो चोक असनको इन्द्रचोक पनि हुनसक्छ। जस्तो, यहाँ नपाउने सामान कमै छ। तर, यति धेरै सामान भएर पनि रामप्रसाद उप्रेती (६२) का लागि केही छैन।

उनको चारैतिर अनेक खानेकुरा छन्। अन्नको थुप्रो छ। उनी भने भोकै छन्। दिउँसो २ बजेको छ, काम पाउने आशामा इन्द्रचोकको कालभैरव वंशेश्वर महादेव मन्दिरको पेटीमा बसेका छन्। 

उनी असनमा व्यापारीका भारी बोकिदिन्छन्। तर, कोरोना महामारीको संकटमा उनले नियमित काम पाएका छैनन्। बन्दाबन्दीअघि दिनमा चार/पाँच सय कमाउँथे। तर, अहिले त जीवन धान्नै मुस्किल परेको छ। 

कसैले सामान बोक्न बोलाइहाले पनि काम कुरेर बसेकाहरुको तँछाडमछाड हुन्छ। उनीसँगै मन्दिरको पेटीमा लहरै भरिया बसेका छन्। सबैको समस्या उस्तै छ। पेट भोको छ। उनी अरुसँग प्रतिस्पर्धा गरेर सामान भए ठाउँसम्म पुग्न सक्दैनन्। ‘म बूढो मान्छे, बोलाएको ठाउँमा दौडेर पुग्न सक्दिन। शारीरिक अवस्थाले गर्दा पनि मुखैमा परेको आहारा फुत्किँदो रहेछ।’

उनले काठमाडौंका साँघुरा गल्लीमा भारी बोक्न थालेको करीब ४५ वर्ष भइसकेको छ। दोलखाको सिंगटीबाट दुःख बोकेर काठमाडौं झरेका थिए। तर, कतै बिसाउन पाएका छैनन्।

बागबजारमा कोठा भाडामा लिएर बस्छन्। श्रीमती, एक छोरा र एक छोरी गरी चार जनाको परिवार छ। तर, सुख छैन। छोराछोरी तितरबितर छन्। श्रीमती रोगी छिन्। कमाइको टुङ्गो छैन। ‘यस्तो परिवार पनि सुखी होला र?’, उनी प्रश्न गर्छन्।

छोरा कुलतमा फसेका छन्। पढाइ छाडिसके। डेरा आउने/नआउने निश्चित हुन्न। काठमाडौंका गल्ली र एकान्तमा साथीहरुसँग बरालिएर र लठ्ठिएर हिंड्छन्। छोराबारे सुनाउँदा सुनाउँदै लामो सुस्केरा हाल्छन् र भन्छन्, ‘जहाँ गए पनि अभागी कर्म हो।’

Ncell 2
Ncell 2
nimb
nimb

छोरी १२ कक्षामा गीतामाता स्कुलमा पढ्छिन्। पढाइ राम्रो छ। उनी पनि साथीसँग बस्छिन्, कोठा आउँदिनन्। पसलमा बजेका रेडियो र टिभीका समाचारहरू यदाकदा सुन्छन् र त्रसित हुन्छन्। दिनहुँको हत्या, अपहरण र बलात्कारले झस्किन्छन्। अनि फेरि सोच्छन्– छोरी साथीसँग नै बसोस्, भोकबाट त बाँच्छे।

उनले २०४२ सालमा विवाह गरेका हुन्। श्रीमती उनीभन्दा १० वर्ष जेठी छन्। वृद्ध श्रीमतीको सहारा उनी नै हुन्। श्रीमतीले सरकारले दिने वृद्ध भत्तासमेत पाउँदिनन्। नागरिकतामा उमेर घटाइदिएका कारण अहिले समस्या परेको छ।

उनकी श्रीमतीलाई दम र मधुमेह छ। रोगी भए पनि काम गर्नैपर्ने बाध्यता छ। उनी पनि इन्द्रचोकमा नै नाङ्लोमा चुरोट बेच्छिन्। कमाइ अलि–अलि हुन्छ। तर, बन्दाबन्दीमा त त्यो पनि ठप्प थियो।

बन्दाबन्दीमा न नाङ्गलाको चुरोट बिके, न उनको थाप्लोमा नाम्लो र पिठ्युमा भारी पर्‍यो। काम रोकिएपछि बाँच्न कम्ता सकस परेन। यसै बेला घरबेटीले भाडा मागे, दुई महिनाको रु.१० हजार। उनले अझै दिन सकेका छैनन्। ‘खान त पाएको छैन। कोठा भाडा मैले कसरी तिर्नु र?’, कुरा गर्दागर्दै उनका आँखा रसाए।

त्यही मन्दिरको पेटीमा उनको आडैमा बसिरहेका सिन्धुली, भिमानका गोरे खपाङ्गीको पनि समस्या उस्तै छ। चार महिनादेखि घर भाडा तिर्न नसकेपछि घरबेटीले कोठामा चाबी लगाइदिए। ग्याँस, चामल, तरकारी लुगा सबै कोठामै थियो। अहिले उनी सडकमा सुतिरहेका छन्। 

‘धन्न, बिहे गरिएनछ,’ उनी भन्छन्, ‘खाने मुख मात्र थपेर के गर्नु? न गाँस, न बास छ।’ राजधानीबाट करीब पाँच घन्टामा सिन्धुली उनको घर पुगिन्छ। तर गएका छैनन्। ‘गाउँमा बूढा भएका आमाबाबु छन्, हातमा के लिएर जाने? नजिक भनेर ह्वात्त जान नसकिने रहेछ,’ उनी भन्छन्।

गोरे र रामप्रसादको उमेर मिल्दैन। गोरे बल्ल ३५ वर्ष पुग्दैछन्। तर, दुःख र पीरले उनीहरुलाई एकै ठाउँ ल्याइदिएको छ। काम भएको दिन अलिअलि पैसा हुन्छ। नभएको दिन निःशुल्क बाँड्ने खानाको खोजीमा जान्छन् र हात थाप्छन्।

रामप्रसादको गाउँ सिँगटीमा पनि अब आफन्त कोही छैनन्। तीन दाजुभाइमध्ये उनी माइला हुन्। जेठो दाइ चितवनतिर गए र त्यतै बिते। कान्छो भाइको गाउँमा खेती थियो, पहिरोले सिनित्तै पारेर बगायो। उनी पनि यतै छन्, गाउँ नफर्किएको वर्षौ भयो। 

अचेल त निशुल्क खाना दिन्छौं भन्नेसँग पनि उनको चित्त दुखाइ छ। ‘टपरीमा एक गाँस खान दिने र फोटो मात्र खिच्ने पनि छन्। कहिलेकाहीँ झुक्याउँछन्,’ उनी भन्छन्।

उनलाई मात्र होइन भारी बोकेर गुजारा गर्ने उनीजस्ता भरियालाई रोगभन्दा भोकको डर छ। अहिले निशेधाज्ञा हटेको छ। तर, उनको निराशा आशामा परिणत भएको छैन। अहिले पनि कोठामा ग्याँस र चामल छैन। उनले भने, ‘स्टोभका लागी एक लिटर मटितेल किनेको छु, चाउचाउ उमालेर खान्छौं।’ 

उनले टीभी कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्ण कँडेललाई धेरै पटक ‘धन्यवाद’ भने। कँडेलले उनलाई कोठामै पुगेर एक बोरा चामल, दाल, तरकारी, तेल र एक हजार रुपैयाँ दिएका रहेछन्। निकै दिन पुर्‍याएर खाए। त्यो राहत सकिएको दिनदेखि अरुले चौरमा बाँड्ने भातको भर पर्नु परेको छ।

राहत लिन पनि घरबेटीको नागरिकता चाहिने उनी बताउँछन्। ‘हामी घरबेटी पीडित छौँ, राहतका लागि पनि सहयोग गर्दैनन्,’ उनी भन्छन्। 

उनलाई सरकारको पनि भर लाग्दैन। भोट माग्ने बेला घरघर आउने र नमस्ते गर्ने नेताले भोकबाट मर्दा लास उठाउनसम्म सहयोग गर्दैनन् भन्ने उनले बुझेका छन्। ‘हामी सडकबासीको जिम्मा सरकारले लिनुपर्दैन? यो सरकार कसको हो?’, उनी प्रश्न गर्छन्। 

उनले ४५ वर्षदेखि असन देखिरहेका छन्। असनको रुप धेरै फेरिइसक्यो। तर, उनको दुःख फेरिएन। महादेवको मन्दिरमा पूजा गर्नेहरुको लस्कर लाग्छ। त्यही मन्दिरको पाटीमा भोकै रहेकालाई कसैले देख्दैन। भोक खपेर बाँचिरहेका उनीहरु त्यही भगवानको शरणमा छन्। तर, काम नपाएसम्म भगवानले पनि बचाउन सक्दैनन् भन्ने रामप्रसाद र उनका साथीले बुझेका छन्।

प्रकाशित मिति: बुधबार, असार ३०, २०७८  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
चीनमा सवारीसाधन जाँचका लागि एआई रोबोट प्रयोग शनिबार, असोज ३, २०८३
संविधान दिवसमा शीतलनिवासको विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपतिले के भने  ? शनिबार, असोज ३, २०८३
यूएन महासभामा यसपटक ‘सानो टोली’, परराष्ट्रमन्त्री भोलि जाँदै, प्रधानमन्त्री २२ सेप्टेम्बरमा न्युयोर्क जाने शनिबार, असोज ३, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान शनिबार, असोज ३, २०८३
ओली–प्रचण्डलाई गगनको आग्रह– संविधानको नाममा ध्रुवीकरण नगरौं, रास्वपासँग पनि सहकार्य गरौं शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्