• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

युरोकप २०२० फाइनल : इङ्ल्यान्डका दर्शक इटालीलाई चुनौती!

64x64
नेपाल लाइभ आइतबार, असार २७, २०७८  १८:०२
1140x725

काठमाडाैं- युरोकप २०२० को उपाधिका लागि आज राति इङ्ल्यान्ड र इटालीबीच प्रतिस्पर्धा हुँदैछ। खेल लन्डनस्थित वेम्बली रंगशालामा नेपाली समयअनुसार राति १२:४५ बजे सुरू हुनेछ।

यी दुई टाेली पहिलोपटक युरोकपको फाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन्। मुख्य प्रतियोगितामा इङ्ल्यान्डले ५५ वर्षपछि फाइनल खेल्न लागेको हो।यसअघि इङ्ल्यान्डले युरो १९६८ र १९९६ तथा विश्वकप १९९० र २०१८ को सेमिफाइनल पुगेर हार बेहोरेको थियो।

यस्तै,सन् २०१९ को नेसन्स लिगमा पनि सेमिफाइनलमै पराजित भएको थियो। त्यसअघि इङ्ल्यान्डले १९६६ को विश्वकप जितेको थियो। यो नै इङ्ल्यान्डको पहिलो र एक मात्र ठूलाे उपाधि हो। 

यता, चार पटकको विश्वकप विजेता इटालीले युरोकप भने एक पटक मात्र जितेको छ। सन् १९६० देखि सुरु युरोकपको तेस्रो संस्करणको आयोजना गर्दा इटालीले सन् १९६८ मा उपाधि नै जितेको थियो। तर, १९८० मा दोस्रो पटक आयोजक बन्दा भने इटाली सेमीफाइनलबाटै बाहिरिएको थियो। त्यसबाहेक सन् २००० र २०१२ को फाइनल पुगे पनि उपविजेतामा सिमित भयाे।

इटालीले पछिल्लोपटक २००६ मा विश्वकप जितेको थियो। इटाली पछिल्ला ३३ खेलमा अपराजित छ। जारी युरोकपको सेमीफाइनलमा इटालीले स्पेनलाई टाई ब्रेकरमा पराजित गरेको थियो। यी दुईबीचको खेल निर्धारित र अतिरिक्त समयमा १-१ गोलको बराबरीमा सकिएको थियो।

इङ्ल्यान्डले भने सेमिफाइनलमा डेनमार्कमाथि २-१ को जित निकालेर फाइनलमा स्थान बनाएको हो। युरोकपमा पहिलोपटक च्याम्पियन बन्ने लक्ष्यमा रहेकाे इङ्ल्यान्ड पछिल्लो १२ खेलमा अपराजित छ।

यी दुई टोली हालसम्म २७ खेलमा आमने–सामने भइसकेका छन्। जसमा इटाली ११ खेलमा विजयी भएको छ भने इङ्ल्यान्डले आठ खेल आफ्नो पक्षमा पारेको छ। आठ खेल बराबरीमा सकिएको छ। सन् २०१५ यता यी टोली दुई पटक मात्र खेलेका छन्। दुवै खेल १–१ गोलको बराबरीमा सकिएका थिए।

के भन्छन् प्रशिक्षक ?
इङ्ल्यान्डका मुख्य प्रशिक्षक ग्यारेथ साउथगेट फाइनल जित्नकै लागि खेल्ने बताउँछन्। ‘हामी फाइनलमा छौं। तर, हामीलाई अर्को एक ठूलो अवरोध छ। इटाली उत्कृष्ट टिम हो। पछिल्लो दुई वर्ष उनीहरु उत्कृष्ट लयमा छन्। तर, हामी जित्नकाे लागि खेल्छाैं,’ उनले भने। यसपटक इङ्ल्यान्डसँग लयमा रहेका कप्तान ह्यारी केन, रहिम स्टर्लिङ, बुकायो साका जस्ता खेलाडी छन्।

Ncell 2
Ncell 2
nimb
nimb

केन र स्टर्लिङलाई गोल्डेन बुट जित्ने अवसर छ। केनले क्रिस्टियानो रोनाल्डोलाई उछिन्दै गोल्डेन बुट जित्न कम्तीमा दुई गोल आवश्यक छ। स्टर्लिङलाई पनि गोल्डेन बुट जित्न तीन गोलको खाँचो छ।

इङ्ल्यान्डसँग च्याम्पियन्स लिग जितेका चेल्सीका दुई खेलाडी रिस जेम्स, बेन चिलवेल र मेसन माउन्टसमेत छन्। माउन्ट रोजाइमा परे पनि युरोकपमा जेम्स र चिलवेलले खासै अवसर पाएका छैनन्। प्रशिक्षक साउथगेटका लागि यी खेलाडी खेलको अन्त्यतिर उतार्ने विकल्प छ। 

यता, पछिल्लो तीन वर्ष अपराजित रहेकाे इटालीका मुख्य प्रशिक्षक रोबर्टो मान्सिनी यस उपाधिका लागि लामो समयदेखि आफूले मेहनत गरिरहेकाे बताउँछन्। कुनै हालतमा याे माैका खेर नफाल्ने उनको दाबी छ। ‘हामीले धेरै वर्षदेखि यसका लागि मेहनत गरिरहेका छौं। त्यसैले हामी धेरै खुसी छौं र खेलाडीहरूलाई यस कामका लागि धन्यवाद दिन चाहन्छु,’ उनले भने, ‘हामीले अहिलेसम्म केही जितेनौं। अब जित्नु पर्नेछ।’

इङ्लिस प्रिमियर लिग उपाधि जितेको अनुभव भएका मान्सिनीसँग युरोपका ठूला केही क्लब सम्हालेको इतिहास पनि छ। उनी खेलाडी छँदा जस्तै प्रशिक्षकमा पनि खारिएका छन्। उनले टीमको मध्यपंक्ति स्तरीय र अनुभवी बनाएका छन्। मार्को भेराट्टी मध्यपंक्तिका विश्वस्तरीय खेलाडी हुन्।

Xtrem

Xtrem

जोर्गिन्हो युरोपेली च्याम्पियन्स लिग विजेता टीम चेल्सीका सदस्य हुन्। उनी टिमको रक्षापंक्तिको ठीकअगाडि रहेर खेल्छन्। यस्तै, २४ वर्षका निकोलो बरेला इटालीको लिग विजेता इन्टर मिलानका सदस्य हुन्। यिनै तीन खेलाडीमा इटालीको मध्यपंक्ति टिकेको छ।

यद्यपि, मान्सिनीले घरेलु टीमसँग फाइनलमा ध्यान दिएर खेल्ने बताए। ‘इङ्ल्यान्डको पछाडि पूरै स्टेडियम हुनेछ। उनीहरुले हामीलाई दबाबमा राख्ने छन्। फाइनल अन्य खेलभन्दा फरक हुन्छ। हामीले ध्यान दिएर खेल्नु पर्छ,’ उनले भने।

इङ्ल्यान्डका समर्थकको संख्या मात्र नभएर उनीहरुको व्यवहार पनि इटालीका खेलाडीका लागि चुनौती हुनसक्छ। सेमीफाइनलमा डेनमार्कविरुद्धको खेलमा इङ्ल्यान्डका दर्शकको व्यवहार विवादित बनेको थियो। इङ्ल्यान्डका ह्यारी केनले पेनाल्टी प्रहार गर्नुअघि डेनमार्कका गोलरक्षक क्यास्पर स्माइकलको ध्यान भंग गर्न इङ्लिस समर्थकले मानव स्वास्थ्यका लागि खतरनाक मानिएको ‘लेजर लाइट’ उनका आँखामा पर्ने गरी बालिदिएका थिए।

घरेलु टाेलीविरुद्ध इटालीका खेलाडीकाे रणनीति के छ?
भेराट्टी स्पेनविरुद्ध सेमिफाइनल खेल्नु र इङ्ल्यान्डको सामना गर्नुमा फरक रहेकाे बताउँछन्। ‘फाइनलमा मध्यपंक्तिको खेल नै निर्णायक साबित हुनसक्छ। सायद हामी यो क्षेत्रमा केही अगाडि छौं र खेलमा फरक पार्न सक्छौं। हामीले खेललाई गति दिन सक्नुपर्छ ,’ उनले भने।

यता, इटालीका लियोनार्दो बोनुची युरोकपको फाइनल इङ्ल्यान्डको घरेलु मैदानमा खेल्दा कुनै डर नहुने बताउँछन्। ‘त्यहाँ धेरै इंङ्लिस टीमका समर्थक रहन्छन्। तर,  एक हजार इटालियन समर्थकलाई वेम्बली रंगशालामा प्रत्यक्ष खेल हेर्न अनुमति प्रदान गरिएको छ। यसले हामीलाई अतिरिक्त प्रेरणा दिनेछ,’ बोनुची भन्छन्।

बोनुचीले फाइनल खेललाई युवाविरुद्ध बूढो मान्छेको भिडन्तको रुपमा व्याख्या गरेका छन्। ‘उनीहरुसँग निकै आक्रमक खेलाडी छन्। हामीले उनीहरुलाई ध्यान दिन आवश्यक छ,’ उनले भने, ‘हामीलाई पार्नसक्ने अफ्ठ्याराका विषयमा जानकार छौं।’

-एजेन्सीको सहयोगमा

प्रकाशित मिति: आइतबार, असार २७, २०७८  १८:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग
सम्बन्धित सामग्री
रोनाल्डोले छाडे पोर्चुगलको क्याम्प पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेपछि उनको अन्तर्राष्ट्रिय फुटबल करिअरबारे फेरि... बिहीबार, असोज १५, २०८३
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित लिओनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेपछि पहिलोपटक मैदानमा उत्रिएको अर्जेन्टिनाले बोलिभियामाथि सहज जित निकालेको... बिहीबार, असोज १५, २०८३
चेकविरुद्ध इङ्ल्यान्डको जित इङ्ल्यान्डले नेसन्स लिगमा चेक गणतन्त्रलाई २–० ले पराजित गरेको छ। प्रागमा भएको खेलमा घरेलु टोली २३औं मिनेटमै पाभेल शुल्च रातो कार्ड प... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो बिहीबार, असोज १५, २०८३
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग बिहीबार, असोज १५, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सतर्कता केन्द्रको अनुगमन : गुल्मीका कार्यालयमा हाजिरीदेखि पोशाकसम्म बेथिति, कतै सबै कर्मचारी समयमै बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्