• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

कांग्रेस महाधिवेशन : बागमती प्रदेशका जिल्लामा यस्ता छन् सभापतिका आकांक्षी

64x64
लिलु डुम्रे आइतबार, असार २७, २०७८  ११:४८
1140x725

काठमाडाैं- बागमती प्रदेशका जिल्लामा सभापतिको प्रत्यासी बनाउन कांग्रेसको संस्थापनइतर पक्षलाई गाह्रो हुने देखिएको छ। आकांक्षीको संख्या बढी हुँदा संस्थापनइतरलाई नाम टुंग्याउन मुस्किल पर्ने देखिएको हो।

बढी प्रतिनिधि छानिने चितवनमा संस्थापनइतरलाई प्रत्यासी चयन गर्न कठिनाइ उत्पन्न हुने भएको छ। सभापति शेरबहादुर देउवा पक्षलाई जिल्ला सभापति अघि सार्न तुलनात्मक रुपमा केही सहज हुने देखिएको छ। संस्थापनइतरभित्रका पनि समूहले एकल उम्मेदवार चयन गर्न मुस्किल पर्ने देखिन्छ।

बागमतीमा धादिङ, रसुवा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर र चितवन जिल्ला रहेका छन्। संघीय सरकारको केन्द्रसमेत रहेको यस प्रदेशबाट कांग्रेसका सर्वाधिक महाधिवेशन प्रतिनिधि चुनिने छन्।

साउन २३ र २६ गरी जिल्ला अधिवेशन हुने कांग्रेसले निर्णय गरेको छ। त्यसअनुसार सभापतिको आकांक्षीहरुले मतदाता आफूतिर तान्न प्रयास सुरु गरेका छन्। साथै, जिल्ला सभापतिको उम्मेदवार बन्नका लागि केन्द्रमा लबिइङ पनि सुरु गरिसकेका छन्।

काठमाडौं 
नेपाली कांग्रेसको काठमाडौं जिल्ला सभापतिका लागि त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ। काठमाडौंमा संस्थापन पक्ष (शेरबहादुर देउवा), संस्थापनइतरका नेता प्रकाशमान सिंह र केन्द्रीय सदस्य भीमसेनदास प्रधान समूहबीच प्रतिस्पर्धा हुने भएको छ।

जिल्लामा तुलनात्मक रुपमा प्रकाशमान सिंह समूह बलियो छ। उनीपक्षीय कृष्ण सबुज बानियाँ सभापतिको उम्मेदवार बन्ने भएका छन्। बानियाँ दोस्रोपटक सभापति बन्नका लागि अघि सरेका छन्।

देउवापक्षबाट उपेन्द्र कार्की र राजु श्रेष्ठको नाम चर्चामा छ। कार्की काठमाडौं-२ र श्रेष्ठ काठमाडौं-‍४ का क्षेत्रीय सभापति हुन्। श्रेष्ठले देउवापक्षको आधिकारिक उम्मेदवार आफू भएको भन्दै प्रचार थालिसकेका छन्।

काठमाडौंमा जिल्ला सभापति बनाउन नेता भीमसेनदास प्रधानको चासो हुने गर्दछ। उनले आफ्नो समूह नै खडा गरेका छन्। प्रधानपक्षबाट गौरी दवाडी र हरिहर अधिकारीको नाम चर्चामा आएको छ। भीमसेनदास जिल्ला सभापति हुँदा दवाडी उपसभापति रहेका थिए। महासमिति सदस्य अधिकारी गत निर्वाचनमा टोखा नगरपालिकाको मेयरका प्रत्यासी थिए।

Ncell 2
Ncell 2
nimb
nimb

२०७२ सालको जिल्ला अधिवेशनमा देउवापक्षले सबुज बानियाँलाई सहयोग गरेका थिए। विगतका दुई अधिवेशनमा देउवा समूहको छुट्टै उम्मेदवार थिएनन्। प्रकाशमान सिंह र भीमसेनदास समूह प्रतिस्पर्धामा उत्रने गरेको थियो। यसपटक वडा तहदेखि नै देउवापक्षले तयारी गरेको छ। देउवा समूह अघि बढेपछि यसपटक त्रिपक्षीय भिडन्त हुने भएको छ।

प्रकाशमान सिंहले आफू पक्षीय संरचना तल्लो तहसम्म बनाएका छन्। सिंह बलियो हुनुको लाभ सभापतिका प्रत्यासी बानियाँले उठाउने छन्। त्रिपक्षीय भिडन्त हुने हुँदा दुई पक्ष नमिली निर्वाचनमा जित निकाल्न कठिन पनि देखिन्छ। संस्थापनइतरकै नेता भए पनि भीमसेनदासले अर्का नेता प्रकाशमान सिंह पक्षलाई भने स्वीर्कान सक्दैनन्।

भीमसेनदासले संसदीय दलको नेतामा सिंहलाई मत नदिएर देउवालाई दिएका थिए।

यस हिसाबले पनि माथिल्लो तहका नेताले जिल्ला अधिवेशन प्रभावित पार्ने सम्भावना छ। अन्तिम चरणमा देउवा पक्ष र प्रधान समूहको साझा उम्मेदवार बन्ने सम्भावना पनि रहेको छ। त्यसबेला बानियाँले दुई समूहसँग प्रतिस्पर्धा गर्नुपर्ने हुनसक्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

चितवन
चितवनमा वरिष्ठ नेता रामचन्द्र पौडेलपक्ष बलियो छ। बलियो पक्षलाई नै जिल्ला सभापतिको उम्मेदवारी चयन गर्न हम्मे-हम्मे पर्ने देखिएको छ। पौडेलपक्षबाट सभापतिमा दाबी गर्ने आधा दर्जनभन्दा बढी छन्। अर्कोतर्फ देउवापक्षबाट सभापतिका उम्मेदवार एकल छन्।

चितवनमा वरिष्ठ नेता पौडेलले डा. सूर्यकान्त घिमिरेलाई अघि सार्न खोजेका छन्। घिमिरेले गत स्थानीय निर्वाचनमा कांग्रेसका तर्फबाट भरतपुर महानगरपालिकाको मेयर उठ्न प्राध्यापकबाट राजीनामा दिएका थिए। तर, उनी उठ्न पाएनन्। सभापति देउवापक्षबाट प्रदेश सभा सदस्य मिलनबाबु श्रेष्ठ सभापतिको प्रत्यासी बन्ने भएका छन्। संस्थापनइतरबाट क्षेत्र नम्बर १ का महासमिति सदस्य राजेन्द्र बुर्लाकोटी, क्षेत्र नम्बर २ का राजेश्वर खनाल र क्षेत्र नम्बर ३ का विजय भुषाल सभापतिको चुनावी प्रतिस्पर्धामा उत्रने तयारी गरेका छन्।

सभापतिमा आकांक्षा राख्ने अन्यमा हालका उपसभापति कैलाश कोइराला र सचिव उत्तम जोशी छन्। साथै, जगन्नाथ पौडेल सभापति बन्ने लाइनमा छन्। पूर्वसभापति टेकप्रसाद गुरुङ पनि आकांक्षी छन्। उनीहरु सबै संस्थापनइतरका जिल्ला नेताहरु हुन्।

मकवानपुर
मकवानपुरमा संस्थापन इतरले सभापतिको उम्मेदवार पाउन नै सकेको छैन। रामचन्द्र अर्याल ‘माइकल’ संस्थापनइतर पक्षको रोजाइमा छन्। पार्टी फुट्दा प्रजातान्त्रिकतर्फ लागेका उनी अहिले पौडेल खेमामा छन्। तर, जित निकाल्न उनलाई कठिन छ।

मकवानपुरमा संस्थापन समूह बलियो छ। प्रदेश सभापति पाएनन् भने देउवानिकट इन्द्र बानियाँ दोहोरिने सम्भावना रहन्छ। उनी प्रदेश सभामा संसदीय दलका नेतासमेत हुन्। उनी प्रदेश समितिमा जाने अवस्था बने सोही समूहबाट आनन्द पराजुलीले जित निकाल्न सक्छन्। जिल्लाको राजनीतिमा संस्थापन पक्षमा देखिएका पराजुली केन्द्रमा शेखर कोइरालानिकट रहेको बताइन्छ।

ललितपुर 
जिल्ला सभापति मदन अमात्य र तरुण दलका पूर्वअध्यक्ष उदयशमसेर राणा संस्थापन भए पनि उनीहरुबीच उम्मेदवार चयनमा मतैक्यता हुन नसक्ने बताइएको छ।

संस्थापनबाट रामकृष्ण चित्रकार र मीनकृष्ण महर्जनको नाम अग्रपङ्तिमा आएको छ। अघिल्लोपटक हारेका जितेन्द्र श्रेष्ठलाई फेरि उठाउने संस्थापनइतरको तयारी छ। उनी नभए प्रेमकृष्ण महर्जनलाई अघि सार्ने बताइएको छ। महासमिति सदस्य मथुरा घिमिरेले पनि जिल्ला सभापतिको आकांक्षा देखाएका छन्।

दीपेन्द्र मलेगु, प्रकाशरञ्जन जोशी, गजेन्द्र महर्जन र रविन शर्मा पनि सभापतिको आकांक्षी देखिएका छन्।

भक्तपुर
भक्तपुरमा संस्थापनइतर धेरै कमजोर छ। संस्थापनइतरबाट विनोद कायस्थ, गणेशमान चक्रधर, अष्ट कवे र बाबुराजा जोशीमध्ये एकले उम्मेदवारी दिने बताइएको छ। गत अधिवेशनमा दुर्लभ थापासँग कवे पराजित भएका थिए। देउवा क्याम्पबाट दुर्लभ थापा दोहोरिने बताइएको छ।

काभ्रे 
काभ्रेको कांग्रेस राजनीतिमा मधु आचार्य र शिव हुमागाईंले प्रभाव पार्दछन्। दुवै समूह संस्थापनइतर भए पनि जिल्लामा एक हुन भने सक्दैनन्। नेता कृष्णप्रसाद सिटौलानिकट देखिने हुमागाईं पदीय भागवण्डामा देउवासँग पनि जोडिन पुग्दछन्।

वरिष्ठ नेता पौडेलनिकट आचार्य प्रदेश सभापतिको उम्मेदवार हुने अवसर पाए जिल्लामा नदोहोरिने पक्षमा छन्। देउवा पक्षबाट पूर्वसांसद तीर्थ लामालाई अघि सार्ने तयारी गरिएको छ। देउवा र हुमागाईं पक्षको गठबन्धन बन्ने सम्भावना पनि रहन्छ।

संस्थापनइरबाट आचार्य नउठेको अवस्थामा उपसभापति अच्युत पौडेललाई अघि सार्ने बताइएको छ। साथै, विगतमा देउवापक्षमा रहेर संस्थापनइतरमा लागेका जिल्ला नेता महेश खरेललाई पौडेल प्यानलबाट उम्मेदवार बनाउने चर्चा पनि छ। उनको विकल्पमा कञ्चन वादेलाई अघि सारिने भएको छ।

उपाध्यक्ष अच्युत पौडेल, क्षेत्रीय सभापति रमेश हुमागाईं, जिल्ला सचिव दिनेश लामा, जिल्ला नेता कुमार लामिछाने पनि सभापतिको आकांक्षी छन्। सिटौला पक्षमा देखिएका जिल्ला सचिव लामाले सभापतिको दाबी गरेका छन्।

धादिङ
संस्थापनइतरबाट रामनाथ अधिकारी, रमेश धमला र बासु तिमल्सिना रामचन्द्र प्यानलबाट जिल्ला सभापति बन्ने लाइनमा छन्। प्रदेश समितिमा आउने अवस्था रहे अधिकारीले दाबी छोड्ने बताइएको छ। अधिकारी यसअघि दुई कार्यकाल जिल्ला सभापति बनिसकेका छन्। धमला जिल्ला सभापतिमा दोहोरिन चाहेका छन्।

देउवापक्षबाट भीम ढुङ्गाना प्रत्यासी हुन्। उनी गत अधिवेशनमा धमलासँग पराजित भएका थिए। ढुङ्गाना नीलकण्ठ नगरपालिकाका प्रमुख हुन्। देउवा समूहबाट दिलमान पाख्रिन पनि आकांक्षी हुन्। तर, ढुङ्गाना उम्मेदवार बन्ने सम्भावना बढी रहेको बताइएको छ।

नुवाकोट
संस्थापनइतरबाट केसी र डा रामशरण महत पक्ष एक स्थानमा उभिए नुवाकोटमा उक्त समूहले जित निकाल्नसक्ने आकलन गरिएको छ। केसी परिवारकै सदस्य डा. केदारनरसिंह केसी सभापति बन्ने लाइनमा छन्। अर्कोतर्फ रामशरण महतका भतिज रमेश महत पनि चुनावी मैदानमा देखिने पक्षमा छन्। सोही समूहबाट हालका सचिव सुरेन्द्र अधिकारी पनि आकांक्षी छन्।

संस्थापनपक्षबाट पूर्वसभापति ध्रुव अधिकारीको नाम चर्चामा छ। जगदिश्वर नरसिंह केसीले चार कार्यकाल सभापति बनेका छन्। त्यसअघि अधिकारी सभापति थिए। जिल्ला नेताद्वय शोभराज शाक्य र सन्तमान तामाङ पनि सभापतिको दौडमा छन्।

सिन्धुली
उज्जवल बराल सभापतिमा दोहोर्‍याउन खोजेका छन्। तर, उनले उम्मेदवारी घोषणा गरिसकेका छैनन्। संस्थापनइतरले उनलाई नै दोहोर्‍यान खोजेको छ। बरालको विकल्पमा पूर्वसचिव उपेन्द्र पोखरेललाई अघि सारिने भएको छ।

देउवापक्षबाट प्रेमचन्द्र दाहालको नाम चर्चामा छ। सोही समूहबाट नरेन्द्रजंग थापाले पनि सभापतिको दाबी गरेका छन्। दाहाल र थापा दुवै जना संघीय निर्वाचनमा दुई क्षेत्रबाट पराजित भएका थिए। जिल्लामा सभापतिको दाबी गर्ने नाममा माणिक ढकालको नाम पनि आएको छ।

सिन्धुपाल्चोक
सिन्धुपाल्चोकमा संस्थापनपक्ष गत अधिवेशनमा पराजित हरिशरण श्रेष्ठलाई उम्मेदवारी बनाउने बताइएको छ। श्रेष्ठको साथै सोही समूहबाट बालकृष्ण बस्नेत र प्रेमध्वज लामाको नाम पनि चर्चामा छ।

संस्थापन इतरबाट विकास लामा दोहोरिन पनि सक्छन्। उनी पुनः प्रत्यासी नभए पौडेल खेमाले भूपू सभापति भोपेन्द्र थापा वा वंशलाल तामाङलाई उम्मेदवार बनाउन खोजेको छ। सोही पक्षबाट आइतमान तामाङ र पासाङ दोङले पनि सभापतिको दाबी गरेका छन्। 

यस्तै नेता कृष्ण सिटौला खेमाका नेविसंघ महामन्त्री वलदेव तिमल्सिनाले सभापतिको दाबी गरेका छन्।

रसुवा 
पूर्वसभापति लामा कार्पु र अहिलेका सभापति पेम्बा छिरिङ तामाङ आकांक्षी छन्। सहमतिमा जिल्ला नेतृत्व चयन हुने तामाङले जानकारी गराएका छन्। दुवै देउवापक्षका जिल्ला नेता हुन्। दुधर्के लामा र जनक जीवन उपाध्याय पनि सभापतिका आकांक्षी हुन्। प्रतिनिधि सभा सदस्य मोहन आचार्यको समर्थन रहने उम्मेदवारले जित निकाल्न सक्छन्। 

रामेछाप
संस्थापनइतरले लवश्री न्यौपानेलाई दोहोर्‍याउन खोजेको छ। न्यौपानेको विकल्पमा अर्जुन केसी वा कृष्णबहादुर महतोलाई अघि सार्न खोजिएको छ। देउवापक्षका प्रत्यासी उम्मेदवार कान्छाराम तामाङ हुन्। देउवाले तामाङलाई निवासमा बोलाएर जिल्ला सभापतिमा लड्न निर्देशन दिएका थिए।

दोलखा
संस्थापनबाट उम्मेदवार चयन गर्न जिपछिरिङ लामाको हात रहन्छ। संस्थापनबाट रुद्र खड्कालाई नै दोहोर्‍याउने तयारी भएको बताइएको छ। संस्थापनइतरबाट वर्मा लामाको नाम अघि ल्याइएको छ। लामाको नाममा संस्थापनइतरमा सहमति भइसकेको बताइएको छ।

प्रकाशित मिति: आइतबार, असार २७, २०७८  ११:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्