• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

कोपा अमेरिका : ब्राजिल-अर्जेन्टिना ‘क्लासिक’ फाइनल भिडन्त

64x64
नेपाल लाइभ शनिबार, असार २६, २०७८  १८:४०
1140x725

सन् २०१९ मा अर्जेन्टिनाविरुद्ध भएको मैत्रीपूर्ण खेलमा १–० ले पराजित भए यता ब्राजिलले कुनै खेल हारेको छैन। कोपा अमेरिका कप फूटबल प्रतियोगिताको गत संस्करणको विजेता ब्राजिल नै हो।

यसपटक कोपा अमेरिकाको आयोजक पनि ब्राजिल हो। त्यही कारण उसलाई दाबेदार मानिएको छ। समूह चरणमा लगातार तीन जित निकालेर ब्राजिलले आफू दाबेदार भएको छनक पनि दिएको थियो। समूह चरणमा प्रत्येक टीमले चार खेल खेलेका थिए। चौंथो खेलमा ब्राजिल बराबरीमा रोकिएको थियो।

ब्राजिलले समूह चरणको पहिलो खेलमा भेनेजुएलालाई ३–० ले हराउँदै सानदार सुरुवात गर्‍यो। दोस्रो खेलमा पेरुलाई ४–० ले सहजै हरायो। दुई खेलमै ७ गोल गरेको ब्राजिलले तेस्रो खेलमा भने जितका लागि संघर्ष गर्नुपर्‍यो। उसले कोलम्बियामाथि २–१ को पुनरागमन जित निकाल्यो। तर, ब्राजिलले गरेको एउटा गोल निकै विवादास्पद भयो।

यसअघि लुइस डियाजको गोलबाट कोलम्बियाले अग्रता लिएको थियो। ‘सब्स्टिच्युट फरवार्ड’ रोबर्टो फिर्मिनो र कासेमिरोले गोल गरेपछि घरेलु टोली ब्राजिल विजयी भयो। जसमा ७८औं मिनेटमा फिर्मिनोले गरेको गोल विवादित भयो। नेयमारको क्रस रेफ्री नस्टर पिटानालाई लाग्दै लुकास पाक्वेटासम्म पुगेको थियो। उनले दिएको पासमा रेनान लोडीले पुनः क्रस गर्दा फिर्मिनोले हेड गोल गरे।

नेयमारको क्रस रेफ्रीलाई लागेपछि पनि खेल नरोकेकोमा कोलम्बियाका खेलाडीले असहमति जनाए। तर, रेफ्रीले गोललाई मान्यता दिए। फिर्मिनो ४६औं मिनेटमा एभर्टन रिबइरोको स्थानमा मैदान छिरेका थिए। उनको बराबरी गोलपछि दोस्रो हाफमा १० मिनेट थपिएको इन्जुरी टाइमको अन्तिम मिनेटमा कासेमिरोले गोल गर्दै ब्राजिललाई जित दिलाए।

दक्षिण अमेरिका फुटबल महासंघको नियमअनुसार रेफ्रीलाई बलले छोएर बल मैदानमै भएको अवस्थामा विपक्षीको पोस्टमा गोलको प्रयास गरे वा सीधै गोल हुने अवस्था भए वा एक टीमबाट अर्को टीमले बल पाए खेल रोक्नुपर्छ। तर, रेफ्रीले उक्त नियम पछ्याएनन्। त्यस निर्णयले आफ्ना खेलाडीको एकाग्रता भंग भएको कोलम्बियाका प्रशिक्षक रेइनाल्डो रेउडाले प्रतिकृया जनाए।

दक्षिण अमेरिका फुटबल महासंघको नियमअनुसार रेफ्रीलाई बलले छोएर बल मैदानमै भएको अवस्थामा विपक्षीको पोस्टमा गोलको प्रयास गरे वा सीधै गोल हुने अवस्था भए वा एक टीमबाट अर्को टीमले बल पाए खेल रोक्नुपर्छ। तर, रेफ्रीले उक्त नियम पछ्याएनन्।

Ncell 2
Ncell 2
nimb
nimb

ब्राजिलको खेलमाथि प्रश्न उठिरहेकै समयमा प्रशिक्षक टिटेले अर्को खेलमा स्टार फरवार्ड नेयमारलाई विश्राम दिए। इक्वेडरविरुद्धको खेलमा ब्राजिल १–१ को बराबरीमा रोकियो र अंक बाँड्न बाध्य भयो। टिटेको लक्ष्य थियो, क्वाटरफाइनल सजिलो टोलीसँग खेलेर फाइनलमा पुग्ने।

ब्राजिलको भेट समूह ‘ए’को चौथो स्थानमा रहेको चिलीसँग भयो। ब्राजिलले १–० को संघर्षपूर्ण जित निकाल्यो। ब्राजिलले चिलीसँग त्यसअघि ७२ खेल खेलेको थियो। जसमा ५१ पटक जित हात पारेको थियो। चिली १३ खेलमा विजयी हुँदा आठ खेल बराबरीमा सकिएको थियो।

दोस्रो हाफको सुरुमा रोबर्टो फिर्मिनोको ठाँउमा मैदान प्रवेश गरेका लुकास पाक्वेटाले ब्राजिलका लागि खेलको एक मात्र गोल गरेका थिए। उनले मैदान प्रवेश गरेको एक मिनेटभन्दा कम समयमा गोल गरेका हुन्।

खेलमा अग्रता लिएको दुई मिनेटपछि नै ब्राजिल १० खेलाडीमा सिमित भयो। गाब्रियल जिससले रातो कार्ड पाए। तर, चिलीले त्यसको फाइदा उठाउन सकेन। रातो कार्डकै कारण जिससले पेरुविरुद्धको सेमिफाइनल गुमाए।

Xtrem

Xtrem

सन् २०१९ को कोपा अमेरिका फाइनलमा ब्राजिलले पेरुलाई नै ३–१ ले हराउँदै नवौंपटक उपाधि जितेको थियो। यी दुई टोलीले समूह चरणमा पनि प्रतिस्पर्धा गरेका थिए। जसमा ब्राजिल ४–० को जित निकाल्न सफल भएको थियो।

यी दुई टोलीको पछिल्लो नौ भेटमा ब्राजिलले ७ खेल आफ्नो पक्षमा पारेको छ। दुई खेल पेरुले जितेको छ। यसपटकको सेमीफाइलन भने समूह चरणजस्तो एक पक्षीय भएन। ब्राजिलले १–० को संघर्षपूर्ण जित निकाल्यो र फाइनलमा स्थान पक्का गर्‍यो।

अघिल्लो पटक ब्राजिलले उपाधि जित्दा नेयमार घाइते थिए। उनी प्यारापिटमा बसेर खेल हेर्न बाध्य भएका थिए। तर, यसपटक उनीद्वारा प्रेरित ब्राजिल निकै बलियो छ। त्यसैले दुई वर्षअघि जितेको उपाधि रक्षा गर्ने दाउमा छ।

कमजोर छैन अर्जेन्टिना
दुवै टोली बीच हालसम्म १११ खेल भएको छ। जसमा अर्जेन्टिना र ब्राजिलले २५ खेल बराबरी खेलेका छन्। हालसम्म अर्जेन्टिनाले ४६ खेलमा ब्राजिललाई हराएकाे छ भने ४० खेलमा पराजित भएकाे छ।

अर्जेन्टिना २०१४ मा ब्राजिलमै आयोजित विश्वकपमा फाइनल पुगेको थियो। तर, जर्मनीसँग १–० ले पराजित भयो। अर्जेन्टिनाको फाइनल खेलको रेकर्ड निराशाजनक छ।

दुई वर्ष पहिले ब्राजिलमै भएको कोपा अमेरिकामा अर्जेन्टिना सेमिफाइनलमा घरेलु टोलीसँग पराजित हुँदै बाहिरिएको थियो। त्यस अगाडी लिओनल मेस्सीको टीम अर्जेन्टिना सन् २००७, २०१५ र २०१६ को कोपा अमेरिकामा पनि फाइनलमा पुगेको थियो। तर, २००७ मा ब्राजिलसँग र पछिल्ला दुवै खेलमा चिलीसँग पराजित हुँदै उपाधिबाट बन्चित भयो।

जारी प्रतियोगितामा अर्जेन्टिना अपराजित छ। पहिलो खेलमा चिलीसँग १–१ गोलको बराबरी खेलेको अर्जेन्टिनाले पछिल्ला चार खेलमा लगातार जित निकालेको छ। समूह चरणको अन्तिम खेलमा बोलिभियालाई ४–१ गोलले हराएको अर्जेन्टिनाले क्वाटरफाइनलमा इक्वेडरलाई ३–० ले पराजित गर्‍यो।

अर्जेन्टिना २०१९ यताका लगातार १८ खेलमा अपराजित छ। ११ खेलमा जित निकालेको छ भने सात खेल बराबरी खेलेको छ। अर्जेन्टिनाले सन् १९९३ पछि कोपा अमेरिकाको उपाधि जित्न सकेको छैन।

छ पटकका बलोन डि ओर विजेता लिओनल मेस्सी जारी कोपा अमेरिकाको सर्वाधिक गोलकर्ता हुन्। चार गोल गरेका उनले पाँच गोलका लागि बल उपलब्ध गराएका छन्।

मेसीका लागि कोपा अमेरिकाको उपाधि जित्ने सम्भवतः अन्तिम अवसर हुन सक्छ। यसअघि तीन पटक कोपा अमेरिका फाइनल खेलेर पनि उपाधि दिलाउन नसकेका उनी ढल्कदो उमेरका कारण कोपा अमेरिकाको आगामी संस्करणमा नदेखिन सक्छन्।

यसअघि उनले कोपाको तीन र विश्वकपको एक गरी चार फाइनल खेलिसकेका छन्। तर, उपाधि जिताउन सकेका छैनन्। कोपा अमेरिकाको उपाधि उरूग्वेले सर्वाधिक १५ पटक जितेको छ। अर्जेन्टिनाले १४ पटक र ब्राजिलले नौ पटक जितेका छन्।

रेफ्रीमाथि अविश्वास
फाइनल खेल नजिकिँदै गर्दा पाराग्वेका लेजेण्ड जोस लुइस चिलाभर्टले दक्षिण अमेरिकी फुटबल फेडेरेसन ‘कन्मेबोल’माथि आक्रामक अभिव्यक्ति दिएका छन्। फाइनलका रेफ्री इस्टेबन ओस्टोजिचले ब्राजिलको पक्षमा निर्णयहरु गर्न सक्ने उनले आरोप लगाएका छन्।

उपाधिको खडेरी तोड्ने लक्ष्यमा रहेका मेसीले शनिबार इतिहास बनाउन सक्ने चिलाभर्ट बताउँछन्। मेसीले अर्जेन्टिनाका लागि अहिलेसम्म ७६ गोल गरेका छन्। दक्षिण अमेरिकी राष्ट्रहरुमा ब्राजिलका पेलेले ७७ अन्तराष्ट्रिय गोल गरेका छन्।

चिलाभर्टले रेडियो कन्टिनेन्टलसँगको कुराकानीमा भनेका छन्, ‘कन्मेबोल र रेफ्री खतरनाक छन्। उनीहरुले पाराग्वे र पेरुविरुद्धको खेलको विवादास्पद निर्णयपछि पनि ओस्टोजिचलाई फाइनल खेलका लागि छानेका छन्। उनले अन्यायपूर्ण तरिकाले पाराग्वेका कप्तान गोमेज र पेरुका खेलाडी आन्द्रे क्यारिल्लोलाई मैदान बाहिर पठाएका थिए।’

मेस्सीले ब्राजिल र कन्मेबोलसँग फाइनलमा प्रतिस्पर्धा गर्नुपर्ने उनले बताए। ‘मेस्सीको टीमले ब्राजिलको टीम, नेयमार, भीएआर र रेफ्रीलाई हराउनका लागि तयार हुनुपर्छ,’ उनले भने। यदि खेलको क्रममा केही अन्योल उत्पन्न भए निर्णय आयोजककै पक्षमा जाने उनको दाबी छ।

उपाधिको खडेरी तोड्ने लक्ष्यमा रहेका मेस्सीले आइतबार बिहान इतिहास बनाउन सक्ने चिलाभर्ट बताउँछन्। मेस्सीले अर्जेन्टिनाका लागि अहिलेसम्म ७६ गोल गरेका छन्। दक्षिण अमेरिकी राष्ट्रहरुमा ब्राजिलका पेलेले ७७ अन्तराष्ट्रिय गोल गरेका छन्।

यता, खेल अगाडि नै ब्राजिलका राष्ट्रपति जइर बोल्सोनारोले कोपाको फाइनलमा ब्राजिलले अर्जेन्टिनालाई ५–० ले पराजित गर्ने विवादस्पदक अभिव्यक्ति दिएका छन्। दक्षिण अमेरिकी नेताहरुको बैठकमा बोल्सोनारोले अर्जेन्टिनी राष्ट्रपति अल्बर्टो फर्नान्डेजसँग ब्राजिलले नै उपाधि जित्ने दाबीसमेत गरे।

‘अर्जेन्टिना र ब्राजिलबीच दुश्मनी भनेको शनिबार मारकाना रंगशालामा हो,’ बोल्सोनारोले ५ औंला देखाउँदै भने, ‘ब्राजिलले ५–० ले जित्नेछ।’

दुई ‘हेभिवेट्स’को क्लासिक भिडन्त
दुई सुपरस्टार खेलाडी मेस्सी र नेयमार फरक टीमबाट मैदान उत्रिँदा हेभिवेट्सबीच क्लासिक भिड्न्त हुनेछ। यी दुई देश परम्परागत रुपमै विश्वका उत्कृष्ट फूटबल टीम हुन्। ‘हामी हाम्रो परम्परागत प्रतिद्वन्द्वीविरुद्ध फाइनल खेल्न गइरहेका छौं। यी दक्षिण अमेरिकाका दुई शक्तिशाली राष्ट्रिय टीम हुन्। हामीलाई आशा छ, यो खेल उत्कृष्ट हुनेछ,’ अर्जेन्टिनाका प्रशिक्षक लिओनल स्कोलानीले भने।

यता, ब्राजिलका खेलाडी मार्किन्होस ब्राजिल र अर्जेन्टिनाले फुटबलको इतिहासलाई प्रतिनिधित्व गर्ने बताउँछन्। ‘ब्राजिल भर्सेस अर्जेन्टिनाको जर्सीले विश्वलाई यो खेल हेर्न माहोल बनाउँछ। जसले ब्राजिल र अर्जेन्टिनाको इतिहासलाई पनि प्रतिनिधित्व गर्छ,’ उनले भनेका छन्।

कस्तो छ खेलाडीको अवस्था?
ब्राजिली फरवार्ड गाब्रियल जेससले अर्जेन्टिनाविरुद्धको फाइनल खेल गुमाउने छन्। कन्मेबलले जेससलाई थप एक खेलमा प्रतिबन्ध लम्ब्याउने निर्णय गरेसँगै अर्जेन्टिनाविरुद्धको फाइनल खेल गुमाउने पक्का भएको हो। जेससले क्वाटरफाइनलमा चिलीका इयुजिनियो मेनाको अनुहारमा किक प्रहार गरेपछि रातो कार्ड पाएका थिए।

आफूबाट भूलबस किक प्रहार भएको भन्दै उनले माफी मागिसकेका छन्। उनको स्थानमा अब एभर्टनले मौका पाउने सम्भावना छ। एभर्टनले सेमिफाइनलमा पेरुविरुद्ध पनि मौका पाएका थिए।

पेरुलाई पराजित गर्दा ब्राजिलले लिभरपुलका रोबर्टो फिर्मिनो, फ्लेमेङ्गोका गाब्रिएल बारबोसा र रियल मड्रिडका भिनिसियस जुनियरलाई बेन्चमै राखेको थियो। मिडफिल्डमा लिभरपुलका फाबिन्हो पनि खेलेनन्। उता म्यानचेष्टर युनाइटेडका फ्रेडले अवसर पाएका थिए।

यस्तै अर्जेन्टिनामा एन्जल डि मारियाले अधिकांश समय बेन्चमा बस्नु परेको छ। बार्सिलोनामा अनुबन्ध भएका सर्जियो अगुएरोले पनि बिरलै अवसर पाएका छन्। मेस्सी र इन्टर मिलानका लाउटारो मार्टिनेजले अर्जेन्टिनाको आक्रमण सम्हालिरहेका छन्।

ब्राजिल तथा रियल मड्रिडका मिडफिल्डर कासेमिरो उनीहरु विश्वस्तरीय खेलाडी रहेको बताउँछन्। तर, आफूहरुले यी दुई जनालाई मात्रै ‘मार्क’ गरेर नखेल्ने उनले बताएका छन्।

‘अर्जेन्टिना भनेको लाउटारो र मेस्सी मात्र होइन। हामीले उनीहरुलाई मात्र ध्यान दिएर हुँदैन,’ उनले भनेका छन्, ‘अर्जेन्टिना फाइनल पुगेको सबै खेलाडीले समूहमा खेलेर हो।’

दीप सुवेदी, एजेन्सीको सहयोगमा

प्रकाशित मिति: शनिबार, असार २६, २०७८  १८:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग
सम्बन्धित सामग्री
रोनाल्डोले छाडे पोर्चुगलको क्याम्प पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेपछि उनको अन्तर्राष्ट्रिय फुटबल करिअरबारे फेरि... बिहीबार, असोज १५, २०८३
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित लिओनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेपछि पहिलोपटक मैदानमा उत्रिएको अर्जेन्टिनाले बोलिभियामाथि सहज जित निकालेको... बिहीबार, असोज १५, २०८३
चेकविरुद्ध इङ्ल्यान्डको जित इङ्ल्यान्डले नेसन्स लिगमा चेक गणतन्त्रलाई २–० ले पराजित गरेको छ। प्रागमा भएको खेलमा घरेलु टोली २३औं मिनेटमै पाभेल शुल्च रातो कार्ड प... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो बिहीबार, असोज १५, २०८३
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग बिहीबार, असोज १५, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सतर्कता केन्द्रको अनुगमन : गुल्मीका कार्यालयमा हाजिरीदेखि पोशाकसम्म बेथिति, कतै सबै कर्मचारी समयमै बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्