काठमाडाैं- नेपाल एएफसी यू-२३ एसियन कप छनोटमा समूह बी मा परेको छ।
एसियाली फुटबल महासंघ (एएफसी)ले शुक्रबार सार्वजनिक गरेको ड्र अनुसार नेपालको समूहमा ताजिकिस्तानसँगै इरान र लेबनान रहेका छन्। यस समूहको सम्पूर्ण खेल ताजिकिस्तानमा आयोजना हुनेछ।
एएफसीले ४२ टिमलाई शुक्रबार ११ समूहमा विभाजन गरेको हो। ११ सूमहबाट १५ टिम सन् २०२२ मा उज्वेकिस्तानमा हुने एएफसी यु-२३ प्रतियोगितामा छनोट हुनेछन्।
प्रत्यक समूहको शीर्ष टोलीले सिधै अन्तिम प्रतियोगितामा स्थान बनाउने छन्। त्यस्तै, दोस्रो स्थान हासिल गर्ने शीर्ष ४ टोली पनि छनोट हुनेछन्।
उज्वेकिस्तान आयोजकको रुपमा स्वत: छनोट भएको प्रतियोगितामा १६ टिम भिड्नेछन्। छनोट प्रतियोगितामा आगामी अक्टोबर २३ देखि २१ सम्म हुने तय छ।
नेपालले पाँचौ पटक यू-२३ छनोट खेल्न लागेको हो। नेपालले हालसम्म एएफसीको यू-२३ एसियन कप प्रतियोगिताको छनोट चरण पार गर्न सकेको छैन।
पछिल्लो दुई संस्करणमा नेपाल जितविहिन हुँदै छनोटबाट घर फर्केको थियो। दुवै संस्करणमा नेपालले गोल गर्न सकेको थिएन।
इराक, जापान, उज्बेकिस्तान र दक्षिण कोरियाले १-१ पटक प्रतियोगिताको उपाधि जितेका छन्।
यस्तो छ समूह विभाजन
समूह ए : सिरिया, कतार (आयोजक), यमन, श्रीलंका
समूह बी : इरान, ताजकिस्तान (आयोजक), लेवनान, नेपाल
समूह सी : इराक, बहराइन (आयोजक), अफगानिस्तान, माल्दिभ्स
समूह डी : साउदी अरेबिया, बंगलादेश, कुवेत (आयोजक), उज्वेकिस्तान
समूह ई : युएई (आयोजक), ओमान, भारत, किर्गिस्तान
समूह एफ : जोर्डन (आयोजक), प्यालेस्टाइन, तुर्केमिनिस्तान
समूह जी : अस्ट्रेलिया, चीन, इन्डोनेसिया (आयोजक), ब्रुनाइ
समूह एच : दक्षिण कोरिया, सिंगापुर (आयोजक), इस्ट टिमोर, फिलिपिन्स
समूह आई : भियतनाम, म्यानमार, हङकङ, चाइनिज ताईपेई (आयोजक)
समूह जे : थाइल्यान्ड, मलेसिया, लाओस, मंगोलिया (आयोजक)
समूह के : उत्तर कोरिया, जापान, कम्बोडिया
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।