• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

यी तीन विषयमा अड्किएको छ एमाले एकता कार्यदल

64x64
डिबी खड्का बिहीबार, असार २४, २०७८  १७:११
1140x725
बुधबार साँझ मेरियट होटलमा भएको छलफलमा सहभागी नेताहरू। तस्वीर : प्रधानमन्त्रीको सचिवालय।

काठमाडौं- नेकपा (एमाले)को एकता जोगाउन भनेर गठन गरिएको कार्यदलको चार दिनदेखि जारी औपचारिक बैठकले ‘सहमति गर्ने’ सहमति गरेको छ। तर, सहमतिको मस्यौदा बनाइरहँदा कार्यदलभित्र मुख्य दुई बुँदालाई कसरी प्रस्तुत गर्ने भन्ने विषयमा भने अन्योल कायम छ। यहीकारण बिहीबार बिहान बसेको कार्यदल बैठक ‘थप गृहकार्य गर्न’ साँझ ७ बजेसम्मका लागि स्थगित गरिएको छ।

बुधबार राति काठमाडौंको मेरियट होटलमा एमालेका शीर्ष नेताद्वय, अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको संवादपछि बुधबार बिहान ११ः३० बाट सहमतिको मस्यौदा बनाउन कार्यदल बैठक बसेको थियो। एक घन्टा जति बसेको बैठकले पार्टीलाई २०७५ साल जेठ २ मा फर्काउने, सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा साझा धारणा बनाउने र अहिलेसम्म चलेको अन्तरसंघर्षका कारण पार्टी संरचना र नेता-कार्यकर्तामा देखिएको अन्तरविरोध मिलाउने विषयमा ‘साझा भाषा’ निर्माण गर्न सकेन। 

कार्यदलका एक सदस्यका अनुसार पार्टी संरचनालाई जेठ २ मा फर्काउने र अदालतको मुद्दामा साझा धारणा पहिल्याउने विषयमा दुवै पक्ष सहमत छन्। उनी भन्छन्, ‘जेठ २ मा फर्किने विषयमा रहेको समस्या हल भयो। तर, जेठ २ लाई कसरी परिभाषित गर्ने भन्ने विषयमा हामी थप छलफल गरिरहेका छौं। दुवै पक्षलाई मान्य हुने परिभाषा खोजिरहेका छौं।’

जेठ २ : पछि थपिएकाको व्यवस्थापन कसरी?
एमाले कार्यदलमा रहेका दुवै पक्षको साझा धारणा छ- जेठ २ मा फर्किनुपर्छ। तर, त्यहाँ फर्किरहँदा दुई पार्टीबीच (३ जेठ २०७५ मा) एकता हुँदा थपिएका र नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका केन्द्रीय सदस्यहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने समस्या सिर्जना भएको छ। 

कार्यदलका अर्का एक सदस्यका अनुसार यो अन्योल व्यावहारिक समस्या मात्रै होइन, कानुनी रुपमा पनि अड्चन आउन सक्ने समस्या हो। कार्यदलमा यही विषयमाथि भएको छलफलको एउटा अंश उनले हामीलाई सुनाए।

उनले सुनाएअनुसार कार्यदलका एक सदस्यले प्रस्ताव राखेका थिए, ‘माओवादी केन्द्रबाट आएकाहरुलाई ठाउँ दिने र नेकपाकालमा थपिएका एमालेकै नेताहरुलाई केन्द्रीय सदस्य मान्ने, तर उनीहरुलाई एमालेको नवौं महाधिवेशनबाट पारित विधानले चिन्दैन। भोलि कसैले मुद्दा हाल्यो भने उनीहरुले पद गुमाउँछन्। साथीहरुको अपमान हुन्छ।’

‘त्यसो भए कसरी समेट्ने त?’, अर्का सदस्यले प्रतिप्रश्न गरे।

कार्यदलकै एक नेताले उपाय सुझाए, ‘अहिले थपिएका मात्रै होइन, पछि थपिनेका लागि पनि एउटा निश्चित साझा धारणा बनाउँ र त्यसलाई वैधानिकता दिन पार्टी केन्द्रीय कमिटीबाटै निर्णय गराउने सहमति गरौं।’

Ncell 2
Ncell 2
nimb
nimb

यस्ता विषयलाई परिपक्व बनाउन विधान अधिवेशन डाक्ने र त्यहाँबाट अपुग विषयमा संशोधन गर्नुपर्ने सुझावसमेत कार्यदलले दिएर निष्कर्षमा पुग्ने विषयमा दुवै पक्षको सहमति जुटेको छ। तर, त्यसलाई उपयुक्त भाषामा कसरी प्रस्तुत गर्ने भन्नेबारे मतैक्य हुनसकेको छैन। त्यही भाषा तयार पार्नका लागि बैठक स्थगित गरिएको ती नेताको दाबी छ। 

यसैगरी जिल्ला कमिटी, प्रदेश कमिटी, पेशागत संगठनलगायतलाई पूर्ववत् रुपमा ब्युँताउने विषयमा पनि कार्यदल लगभग टुंगोमा पुगेको छ। त्यसरी ब्युँताउँदा आइपर्ने समस्या समाधानका लागि यही कार्यदललाई नै निरन्तरता दिने वा अर्को कार्यदल बनाउने प्रस्ताव गरिएको छ। ‘त्यसले बीचमा आउने समस्या छानविन गरेर उपयुक्त सुझाव दिन्छ र त्यहीअनुसार पार्टीले निर्णय गर्छ,’ कार्यदलका एक सदस्यले भने।

विघटन मुद्दा : फैसलापछि एक ठाउँ उभिने
अहिले एमालेभित्र सबैभन्दा पेचिलो बनेको विषय प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दा हो। यसले ल्याएको कम्पन यति ठूलो बन्यो कि त्यसकै प्रतिअसरस्वरुप एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका २३ जना सांसदले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन मागसहित सर्वोच्च अदालतमा दायर गरिएको रिटमा हस्ताक्षर गरेका छन्। सर्वोच्च अदालतले यो रिटमाथि असार २८ गते फैसला सुनाउँदैछ। 

यो विषयमा ओली र नेपाल, दुवै पक्षले ‘रियलाइजेसन’को अपेक्षा गरेका छन्। त्यो रियलाइजेसन के हो भन्नेबारे स्पष्ट भइनसकेपनि त्यसलाई सहमतिका बुँदामा प्रस्तुत गर्ने भाषा कस्तो हुने भन्नेबारे अहिले कार्यदलले छलफल गरिरहेको छ। 

कार्यदलका एक सदस्य भन्छन्, ‘नेपाल पक्षले समर्थन फिर्ता लिने वा ओली पक्षले त्यसलाई ठूलो मुद्दा बनाउने भन्ने कुरा छलफलको विषय नै रहेन। फैसलापछि निर्माण हुने राजनीतिक वातावरणमा एक ठाउँ हुने भन्ने कुरामा आधारभूत सहमति जुटाइएको छ। तर, अहिले त्यसलाई कसरी प्रस्तुत गर्ने भन्ने विषयमा केन्द्रित भएर छलफल गरिरहेका छौं।’ 

ओली पक्षको पूर्वमागअनुसार अदालतबाट हस्ताक्षर फिर्ता लिने समय घर्किइसकेको छ। त्यसैले उक्त माग अब असान्दर्भिक भएको छ। नेपाल पक्षले प्रतिनिधि सभा विघटन गर्नु गलत रहेको प्रधानमन्त्री ओलीको ‘रियलाइजेसन’ अपेक्षा गरेको थियो। त्यसको निर्क्योल पनि अब अदालतले गर्ने भएकाले नयाँ परिस्थितिमा एक ठाउँ हुने कुरामा कार्यदल लगभग सहमतिनजिक पुगेका नेताहरु बताउँछन्। 

‘अदालतको फैसला आएपछि अहिले प्रस्तावित प्रधानमन्त्री देउवाका पक्षमा नेपाल पक्षका साथीहरुले मतदान गर्नुपरे नगर्ने सहमति भएको छ,’ कार्यदलका एक सदस्यले भने, ‘हिजो परिस्थिति त्यस्तै भएकाले विभिन्न पक्षमा लाग्नुपर्‍यो, फैसलापछि एक ठाउँमा उभिन्छौं भन्ने कुरामा हामी सहमत छौं।’

यो विषयमा पनि आधारभूत बुझाइमा उनीहरु एक भएका छन्। तर, त्यसलाई प्रस्तुत गर्ने भाषामा भने केही मतभेद कायम छ। जसका कारण उनीहरु फेरि अनौपचारिक छलफलमा जुटेका हुन्। 

शक्ति बाँडफाँडभन्दा ‘कायम’मा जोड
एमालेलाई एकताबद्ध राख्ने प्रयास भइरहँदा शक्ति बाँडफाँड हुनुपर्ने विषय पनि उठेको छ। यो विषय वरिष्ठ नेता नेपालको अपेक्षा भएपनि उनले यसबारे मुख नखोलेको र अध्यक्ष ओलीले प्रस्ताव पनि नगरेको कार्यदलका ती सदस्य बताउँछन्। 

वरिष्ठ नेता नेपालले सुरुदेखि नै एमाले विधि र पद्दतिमा चल्नुपर्ने बताउँदै आएका छन्। विधिअनुसार नै शक्ति प्राप्त हुने वातावरण कार्यदलले बनाइदेओस् भन्ने चाहना उनले राखेको देखिन्छ। अध्यक्ष ओलीले भने सकेसम्म निशर्त सहमति गराउने वातावरण निर्माण गर्न खोजेका छन्। 

मंगलबार रातिको बैठकमा उनी ‘देश र पार्टी बर्बाद हुने भयो’ भन्दै भावुक भाषामा नेपालको साथ खोजिरहेका थिए। 

नेपालले पछि विधान संशोधन गरेर आफू पक्षकालाई भविष्यमा अन्यायमा नपार्ने ग्यारेन्टीको अपेक्षा गरेका छन्। ‘त्यो भनेको भोलि हुने निर्वाचनमा टिकट बाँड्दा वा गर्नुपर्ने नियुक्तिमा नेपालको सहमति वा सिग्नेचर हुनुपर्ने कुराको ग्यारेन्टी होला,’ कार्यदलका सदस्यको आकलन छ। 

हाललाई भने एमालेमा रहँदा आफूसँग शक्ति कायम रहने कुराको ग्यारेन्टी नेपालले चाहेका छन्। एमालेका जिल्ला कमिटीमा नेपालको राम्रो पकड थियो भने अन्य जनसंगठनमा पनि नेपाल पक्ष प्रभावशाली छ। त्यसका लागि कार्यदल बनाउने विषयमा छलफल भएको हो। ‘अन्याय’ भएको अवस्थामा कार्यदलले उजुरी लिने र छानविन गरेर प्रतिवेदन बुझाउने कुरा वर्तमान कार्यदलमा चलिरहेको छ। 

कार्यदलका एक सदस्यका अुनसार राजनीतिक घटनाक्रमले प्रधानमन्त्री ओलीलाई रक्षात्मक बनाउँदै लगेको छ। टाढिँदै गएका नेपाल भने अहिले ‘जित्नका लागि संसार छ, गुमाउनु केही छैन’को स्थितिमा छन्। त्यसैले झगडाको बिउ खोज्ने भन्दा पनि एकताको त्यान्द्रो पहिल्याउने गरी लाग्न आफूलाई सहज भइरहेको उनले बताउने गरेका छन्।

प्रकाशित मिति: बिहीबार, असार २४, २०७८  १७:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नुवाकोटका बाढी प्रभावितको अवस्था, अस्थायी तथा स्थायी... शुक्रबार, भदौ १९, २०८३
प्रधानमन्त्री भन्छन्– विपत्तिमा धैर्यको परीक्षा हुन्छ प्रधानमन्त्री बालेन शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन्। शुक्रबार, भदौ १९, २०८३
बालेन अमेरिका जान लागेका हुन् ? अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री शाह जान लागेको बताइएको छ । बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट अर्का व्यक्तिको पनि जीवित उद्धार शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार गरियो शुक्रबार, भदौ १९, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढी : १ हजार २९० शव फेला, ४ हजार ७९८ बेपत्ताको खोजी जारी शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
मन्त्रिपरिषद् बैठक: यस्ता छन् सात निर्णय बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्