काठमाडौं- बलिउडका दिवंगत अभिनेता दिलीप कुमारलाई अभिनयका साथ साथै निर्देशकका रुपमा काम गर्ने इच्छा थियो। तर, उनको यो इच्छा सपनामा मात्रै सीमित भयो। पूरा हुन पाएन।
त्यसो त, निर्देशकबिनै उनले ९० को दशकतिर एक फिल्म बनाएका थिए। जसको नाम थियो कलिङ। तर, फिल्म कहिल्यै प्रर्दशनमा आउन पाएन।
उनको मनमा आफूले बनाएको फिल्म देखाउने रहर थियो तर, पूरा हुन सकेन। भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मको निर्माता संगित अहार फिल्म प्रर्दशन गर्ने सोचिरहेका छन्। दिलीप कुमारको श्रद्धाञ्जलीस्वरुप फिल्म प्रर्दशन हुने भारतीय सञ्चारमाध्यमले लेखेका छन्।
फिल्ममा मिनाक्षी शेषद्री, जेकी श्रफ, शिल्पा शिरोडकर, राज बब्बर, राज किरण, किरण जुनेजा लगायत स्वयं दिलीप कुमारको अभिनय छ।
फिल्मको मुम्बइमा छायांकन गरिएको थियो। निर्माता सुधाकर बोकाडेसँग दिलीप कुमारको मतभेदका कारण फिल्म पूरा हुन सकेको थिएन। फिल्म बनेको २५ वर्षभन्दा धेरै भएकाले कलाकार कता पुगे भन्ने समेत पत्तो छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।