• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

गण्डकी प्रदेशमा कांग्रेस : जिल्ला सभापति बन्ने दौडमा को-को छन्?

64x64
लिलु डुम्रे बिहीबार, असार २४, २०७८  ११:४८
1140x725

काठमाडौं- नेपाली कांग्रेसको आसन्न महाधिवेशनका लागि केन्द्रीय समीकरणको प्रतिक्षामा गण्डकी प्रदेशका जिल्ला नेताहरु छन्। केन्द्रको समीकरण अनुसार जिल्लामा उम्मेदवारी दिने जिल्ला तहका नेताहरुको तयारी छ। केही जिल्ला नेताहरुले भने आफूलाई भावी सभापतिको लाइनमा उभ्याउँदै मत माग्न सुरु गरिसकेका छन्।

गण्डकी प्रदेशको मुकाम कास्कीमा आधा दर्जन बढीले जिल्ला सभापतिको दाबी गरेका छन्। प्रदेश कार्यसमितिमा पद सुनिश्चित हुने नदेखे वर्तमान सभापति कृष्ण केसी जिल्ला सभापतिमा दोहोरिन खोजेका छन्। उपसभापति आइबहादुर गुरुङ र सचिव सुदीपमोहन भट्टराईले पनि सभापतिको दाबी गर्दैछन्। पूर्वजिल्ला सचिव पोषनाथ शर्मा पनि सभापतिको आकांक्षी छन्। जिल्ला नेता कृष्ण कार्की, किशोरदत्त बराल, मनोज गुरुङ लगायतको पनि सभापतिमा दाबी छ।

केन्द्रीय राजनीति अनुसार समीकरण बन्ने भएकाले जिल्ला नेताहरु पक्षधरता खुलाउन हिच्किचाइरहेका छन्। कास्कीका सिनियर नेता शुक्रराज शर्माले जिल्ला नेतृत्व बनाउन भूमिका खेल्न सक्ने बताइएको छ। 

स्याङ्जामा मोहन पाण्डेय, राजु थापा, छायाराम खनाल, कुमार राना, कल्पना तिवारी, प्रकाश मल्ललगायत सभापति दाबी गर्ने तयारीमा छन्। थापा संविधानसभाका सदस्य हुन्। उनी कांग्रेसमा खुमबहादुर खड्कानिकट भनेर चिनिन्छन्। पछिल्लो समय उनको कित्ता क्लियर नभएको बताइन्छ। जिल्लामा वरिष्ठ नेता रामचन्द्र पौडेलपक्ष निकट देखिने उनी केन्द्रमा देउवा पक्षमा देखिन्छन्।

सभापति बनाउन गोपालमान श्रेष्ठको भूमिका पनि स्याङ्जामा महत्त्वपूर्ण मानिन्छ। उनीनिकट कुमार राना, छायाराम खनाल र प्रकाशविक्रम मल्लले सभापतिमा दाबी गरेका छन्। राना कार्यवाहक सभापति हुन्। खनाल भिरकोट नगरपालिका मेयर हुन् भने मल्ल प्रदेश सभा सदस्य हुन्। खनाल जिल्लाका सिनियर नेतासमेत हुन्।

प्रतिनिधि सभा सदस्य मोहन पाण्डे वरिष्ठ नेता पौडेल पक्षबाट जिल्ला सभापति बन्ने ध्याउन्नमा छन्। विगतमा उनी संस्थापनका नेता गोपालमान श्रेष्ठ निकट थिए। महामन्त्री डा शशांक कोइराला निकट रहेकी वालिङ नगरपालिकाकी उपमेयर संस्थापनइतरबाट उम्मेदवारी दिने तयारीमा छन्। तिवारी गत अधिवेशनमा पराजित भएकी थिइन्। 

बागलुङमा जगदिशचन्द्र उपाध्याय सभापतिको उम्मेदवारका लागि अघिल्लो लाइनमा छन्। १३ औं महाधिवेशनमा जिल्ला सभापति प्रत्यासी भएका उनी पराजित भएका थिए। उनी एक कार्यकाल जिल्ला उपसभापति पनि भएका थिए। 

२०७२ सालको अधिवेशनमा मणिभद्र शर्मा, दिपेन्द्रबहादुर थापा र उपाध्याय प्रतिस्पर्धी थिए। शर्मा र थापा संस्थापन पक्षका हुन्। उपाध्याय वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर हुन्। तीन जना प्रतिस्पर्धी बन्दा पहिलो स्थानमा उपाध्याय आएका थिए। दोस्रो र तेस्रो स्थानमा रहेका थापा र शर्मा एकठाउँमा उभिएपछि उपाध्याय पराजित भएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

वर्तमान पार्टी सभापति  दिपेन्द्रबहादुर थापा दोहोरिन चाहेका छन्। सभापतिका अर्का आकांक्षीमा जगन्नाथ आचार्य पनि देखिएका छन्। उनी कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन्।

वागलुङमा संस्थापन पक्ष नै दुई समूहमा विभाजित छ। प्रदेश सांसदसमेत रहेका मणिभद्र र वर्तमान जिल्ला सभापति थापाको छुट्टाछुट्टै समूह छ। पार्टी सचिव रहेका नवराज पौडेललाई मणिभद्रको समर्थन रहेको बताइएको छ। पौडेल केन्द्रमा भने नेता कृष्णप्रसाद सिटौला पक्षका हुन्। मणिभद्रकै लाइनबाट जगन्नाथ आचार्यको नाम पनि चर्चामा छ। संस्थापन पक्षमा विभाजन देखिँदा वरिष्ठ नेता पौडेलपक्षका जिल्ला नेता उपाध्यायले जित निकाल्ने आकलन गरिएको छ। 

निवर्तमान पार्टी सभापति प्रकाश शर्मा पौडेल फेरि एकपटक सभापति बन्ने ध्याउन्नमा छन्। उनी संविधानसभा सदस्य पनि बनेका थिए।

वरिष्ठ नेता पौडेलको गृहजिल्ला तनहुँमा नेतृत्व चयनका लागि जिल्ला नेताहरुको दौडधुप कम छ। केन्द्रको आधारमा जिल्लामा गठबन्धन हुनसक्ने भएकाले जिल्ला नेताहरु केन्द्रको मुख ताकेर बसेका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

विगतमा रामचन्द्र पौडेल, प्रदीप पौडेल, शंकर भण्डारी एकातिर लागेर गोविन्दराज जोशी पक्षलाई हराउने रणनीति बन्दै आएको थियो। जोशीपक्ष अहिले कमजोर बनेको छ। उपसभापति विमलेन्द्र निधिको प्रतिनिधित्व तनहुँमा केन्द्रीय नेता गोविन्द भट्टराईले गरेका छन्। 

जितप्रकाश आले पनि सभापतिमा उठ्ने तयारी गरेका छन्। उनी हाल कार्यबाहक सभापति छन्। आलेको सम्बन्ध केन्द्रमा दुबै पक्षसँग समधुर रहेको बताइन्छ। पौडेल पक्षले आलेलाई समर्थन नगरेर बैकुण्ठ न्यौपानेलाई नै अघि सार्ने सम्भावना पनि छ। न्यौपानले जिल्ला सभापतिको भूमिका पनि निर्वाह गरिसकेका छन्। पौडेल पक्षबाट नै महासमिति सदस्य डा कृष्ण गौतमको नाम पनि चर्चामा छ।

सचिवद्वय विश्व बाँस्तोला र लक्ष्मी आचार्य सभापतिका आकांक्षी देखिएका छन्। व्यास नगर सभापति तथा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले पनि सभापति बन्ने इच्छा देखाएका छन्।

केन्द्रीय नेताहरुको रुचि पनि जिल्ला नेतृत्वमा देखिने भएकाले उनीहरुको चाहना अनुसार तनहुँको नेतृत्व चयन हुने भएको छ।

लमजुङमा देउवा समूहबाट डा टकराज गुरुङको चर्चा छ। संस्थापनइतरबाट भेषबहादुर पौडेल सभापतिको आकांक्षी छन्। सोही समूहबाट जिल्ला सचिव हरि बराल र मध्यनेपाल नगरपालिका मेयर एवम् महासमिति सदस्य रमेशकुमार पाण्डेको नाम पनि चर्चामा छ।

पूर्वउपसभापति गमप्रसाद गुरुङले पनि सभापतिमा उठ्ने इच्छा देखाएका छन्। २०७२ सालको अधिवेशनमा देउवा समूह झिनो मतले पराजित भएको थियो। गत अधिवेशनमा पराजित टकराज गुरुङलाई पुनः भिडाएर जित निकाल्ने सुरमा संस्थापन पक्ष छ। 

म्याग्दीमा वर्तमान सभापति खमबहादुर गर्वुजा (खमवीर) नै दोहोरिन खोजेका छन्। उनी देउवापक्षका हुन्। सहमतिमा आफू नै पुनः सभापति बन्ने गर्वुजाले दाबी गरे।

पूर्वसभापति रेशमबहादुर बानियाँ र पूर्वसह–सभापति नेत्रबहादुर महतले पनि सभापतिमा दाबी गर्ने सोच बनाएका छन्। जिल्ला सचिव क्याप्टेन मिनबहादुर कार्की र जिल्ला सदस्य केवी भण्डारी समेतले आन्तरिक तयारी सभापतिका लागि गरेको बताइएको छ। 

कर्मा घले र चिन्ताबहादुर घले मनाङमा सभापतिका आकांक्षी हुन्। दुबै जना महामन्त्री डा शशांक कोइराला निकट छन्। उपसभापति यज्ञप्रसाद घले सभापति बन्ने लाइनमा छन्। उनी संस्थापक पक्षका हुन्। सचिव सुरेन्द्र गुरुङले पनि सभापति हुने इच्छा देखाएका छन्। मनाङमा निर्वाचन नभई सर्वसहमतिमा चयन हुने पररम्पराको निरन्तरता हुने बताइएको छ।
पर्वतमा यामबहादुर मल्ल, युवराज जोशी, खगेन्द तिवारी र गंगाधर तिवारीले सभापतिको दाबी गरेका छन्। मल्ल जलजला गाउँपालिकाका अध्यक्ष तथा पार्टीको जिल्ला कोषाध्यक्ष सदस्य हुन्। जोशी केन्द्रीय सदस्य अर्जुन जोशीका भाइ हुन्।

सभापतिका अर्का आंकाक्षी तिवारी पैयुँखोला गाउँपालिकाका अध्यक्ष तथा महासमिति सदस्य हुन्। अर्का आकांक्षी गंगाधर तिवारी महासमिति सदस्य हुन्। खगेन्द्र तिवारी महामन्त्री शशांक कोइराला निकट मानिन्छन्। अन्य आकांक्षी संस्थापन पक्षका हुन्। सभापतिका आकांक्षी मल्ल बालकृष्ण खाँणको निकटका जिल्ला नेता हुन्। 

पूर्व सभापति नवराज गुरुङले एकपटक सोही पदमा उठ्ने इच्छा राखेका छन्। देउवा निकट रहेका गुरुङको जिल्लामा भने अर्जुन जोशीसँग निकट सम्बन्ध रहेको छैन। आकांक्षी मध्ये मल्लको सम्भावना बढी रहेको बताइएको छ।

गोरखामा बलियो दाबेदारीका रुपमा नेता डा शेखर कोइराला पक्षका जिल्ला नेता देखिएका छन्। जिल्ला सचिव रहेका नन्दप्रसाद न्यौपानेले दुई वर्षअघि देखि सभापतिमा उठ्ने बताउँदै आएका थिए। केन्द्रीय नेता चिनकाजी श्रेष्ठ, कमला पन्त र जिल्ला सभापति हरि घलेको समर्थनसहित जिल्ला सभापति बन्ने लाइनमा न्यौपाने छन्।

राजनराज पन्त देउवा खेमाबाट सभापतिमा उठ्ने बताइएको छ। उनी गोरखा नगरपालिकाका मेयरसमेत हुन्। केन्द्रीय नेता सुरेन्द्र पाण्डेका उनी आफन्त पनि हुन्। भीमसेन गाउँपालिकाका अध्यक्ष इश्वर पाण्डेय संस्थापन पक्षबाट नै उम्मेदवारी दिने तयारीमा छन्। पाण्डेय विगतमा दुई पटक सभापतिको प्रत्यासी बनेर पराजित भएका थिए। पार्टीका पूर्व उपाध्यक्ष मोहन पोखरेलले पनि आकांक्षी देखिएका छन्।

मुस्ताङमा गुट-उपगुट नभइ सहमतिमा सभापति चयन हुने नेता रोमी गौचन थकालीले जानकारी दिए। हालसम्म मुस्ताङमा सभापतिको दाबी गर्ने कोही देखिएका छैनन्। 

नवलपुरमा विष्णु लामिछानेले सभापतिमा दोहोरिन चाहेका छन्। संस्थापनइतरका प्रदेश सभा सदस्य समेत रहेका उनले प्रदेश कार्यसमितिमा बल गर्ने सोच पनि बनाएका छन्। प्रदेश कार्य समितिमा महामन्त्री हुने अवस्था नदेखे उनले जिल्लामा दोहोरिने बताइएको छ। नवलपुरमा अन्य आकांक्षी खुलेका छैनन्।

प्रकाशित मिति: बिहीबार, असार २४, २०७८  ११:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्