• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असार ११, २०८३ Thu, Jun 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

इंग्लिस टोलीलाई अहिलेसम्म प्राप्त नभएको उपलब्धि हात पार्ने अवसर

64x64
नेपाल लाइभ बुधबार, असार २३, २०७८  २०:३४
1140x725

काठमाडाैं- फिफा वरीयतामा चौथो स्थानमा रहेको इंग्ल्यान्ड युरोपको प्रतिष्ठित महादेशीय फुटबल प्रतियोगिता, युरोकपको यस्तो ‘अनलक्की’ टोली हो, जो जुनसुकै ठूलो प्रतियोगितामा दाबेदारको रुपमा रहन्छ। तर, सन् १९६६ को विश्वकप विजेता इंग्ल्यान्डले अहिलेसम्म युरोकप उपाधि जित्न सकेको छैन। 

२०१८ को विश्वकपमा इंग्ल्यान्ड सेमिफाइनल पुगेको थियो। गारेथ साउथगेटको प्रशिक्षणमा रहेको इंग्ल्यान्डले अनपेक्षित रूपमा सेमिफाइनलसम्म यात्रा गरेको थियो। इंग्ल्यान्ड यहाँसम्म पुग्नेछ भनेर कमैलाई विश्वास थिएन। 

तर, क्रोएसियासँग सेमिफाइनलमा पराजित हुँदै टोली बाहिरियो। यसपटक हृयारी केनको नेतृत्वमा रहेको इंग्लिस टोलीलाई अहिलेसम्म प्राप्त गर्न नसकेको त्यही उपलब्धि हात पार्ने राम्रो अवसर मिलेको छ।  

त्यसका लागि इंग्लिस टोलीले जारी युरोकपको दोस्रो सेमिफाइनल खेलमा बुधबार घरेलु मैदानमा डेनमार्कसँग खेल्दै छ। 

खेल नेपाली समय अनुसार राति १२:४५ बजे शुरु हुनेछ। यो खेलले इंग्ल्यान्डले नयाँ इतिहास रच्ने वा फेरि पनि ‘अनलक्की’ ठहरिने निर्णय गर्नेछ। युरोकपमा इंग्ल्यान्ड योसहित तेस्रोपटक सेमिफाइनलमा पुगेको छ।

१९९० र २०१८ को विश्वकपमा अन्तिम चारमा रोकिएको इंग्ल्यान्ड युरोकप १९६८ र १९९६ मा पनि फाइनल पुग्न सकेको थिएन। २०१९ को यूईएफए नेसन्स लिगमा पनि इंग्ल्यान्ड नेदरल्यान्ड्ससँग सेमिफाइनलमा पराजित भएको थियो।

अघिल्लो दुवैपटक सेमिफाइनल चरणमै रोकिएको इंग्ल्यान्डले यसपटक फाइनल पुग्दै नयाँ इतिहास रच्नका लागि निश्चित मिहिनेत गर्नेछ। यदि इंग्ल्यान्डले खेल जितेमा युरो फाइनल पुग्ने १३ औं राष्ट्र बन्नेछ भने सन् २००४ पछि पहिलो नयाँ टिम बन्नेछ। २००४ मा पोर्चुगल र ग्रीस पहिलो पटक फाइनल पुगेका थिए।

इंग्लिस डिफेन्डर किरोन ट्रिपियर भन्छन्, ‘पछिल्ला केही वर्षमा हामीले निकै सुधारिएको खेल प्रदर्शन गरेका छौं। इंग्ल्यान्डले अहिलेसम्म युरोकपमा तय गरेको यात्राको प्रमुख कारण ठोस रक्षापंक्ति हो। मैले टिमका केही युवा सदस्यसँग छलफल गरेको छु। उनीहरूलाई भनेको छु- मनमा कुनै डर नराख्नु।’ 

nimb
nimb
Ncell 2
Ncell 2

इंग्ल्यान्डले पछिल्ला ५ खेलमा कुनै गोल खाएको छैन। वेम्बलीबाहिर रोममा खेलेको एकमात्र खेलमा इंग्ल्यान्डले क्वाटरफाइनल युक्रेनमाथि ४-० गोलको प्रभावशाली जित निकालेको थियो। 

युक्रेनलाई सहजै हराएको इंग्ल्यान्ड २५ वर्षपछि युरोको सेमिफाइनल पुगेको थियो। समूह चरणमा क्रोएसिया र चेक रिपब्लिकलाई पराजित गरेको  इंग्ल्यान्डले स्कटल्याण्डसँग गोलरहित बराबरी खेलेको थियो।

यस्तै, अन्तिम १६ मा जर्मनीलाई २-० ले पराजित गर्दै इंग्ल्यान्ड उपाधि दाबेदारको रुपमा अघि आएको थियो। प्रशिक्षक साउथगेट पुरानो अनुभवले पनि टोलीलाई यसपटक केही सहज हुने अपेक्षा गर्छन्।

‘विपक्षी टोली राम्रो छ भन्ने हेक्का छ। यो स्थितिमा यसअघि पनि खेलेकाले हामीलाई अहिले अनुभव पनि छ। हामी खेलका लागि तयार छौं। खेलाडी पनि तयार छन्। खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरेका छौं,’ उनले भने।

टोलीका कप्तान ह्यारी केन आफ्नो प्रदर्शनमा ध्यान केन्द्रित गर्ने बताउँछन्। ‘डेनमार्क राम्रो टिम हो। हामी आफ्नो प्रदर्शनमा ध्यान दिन्छौं। हामीले आफ्नो योजना अनुसार खेल्न सकेको खण्डमा फाइनलमा खेल्ने अवसर छ,’ उनले भने। 

इंग्ल्यान्डलाई डेनमार्कको चुनौती मुस्किल हुने पक्का छ। इंग्ल्यान्डले डेनमार्कलाई पछिल्लो ६ भेटमा एकपटक मात्र हराएको छ। 

सन् २००२ को राउन्ड अफ १६ मा इंग्ल्यान्ड ३-० ले विजयी भएको थियो। त्यसअघि सन् १९९२ को युरोकपमा डेनमार्कले उपाधि जित्दा समूह चरणमा यी दुईले गोलरहित बराबरी खेलेका थिए। अघिल्लो वर्ष नेसन्स लिगमा इंग्ल्यान्डले डेनमार्कसँग दुई खेलमा एक हार र एक बराबरीको नतिजा निकालेको थियो।

सन् १९९२ को विजेता टोली डेनमार्क जारी प्रतियोगिताको पछिल्लो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम चारमा आइपुगेको टोली हो। पहिलो खेलमै फिनल्याण्डसँग १-० ले पराजित भएको डेनमार्क त्यसपछि बेल्जियमसँग अग्रता लिएर पनि २-१ ले पराजित भयो। 

तर, तेस्रो खेलमा रुसलाई ४-१ ले पराजित गरेपछि समूह उपविजेता बन्दै नकआउट चरण पुगेको डेनमार्कले अन्तिम १६ मा वेल्सलाई ४-० ले हरायो। त्यसपछि क्वाटरफाइनलमा चेकलाई २-१ ले पराजित गरेको डेनमार्क अर्को जितको प्रतीक्षामा छ।

डेनमार्कका प्रशिक्षक कास्पर ह्युलमान्ड भन्छन्,‘हामीले यो खेल राम्रो हुने अपेक्षा गरेका छौँ। हामी यसमा पनि खुसी छौँ कि त्यहाँ हाम्रा पनि समर्थक हुनेछन्। हाम्रो लक्ष्य भनेको विपक्षी समर्थकलाई शान्त राख्ने हो। तर, त्यो लक्ष्य सहज भने हुने छैन।’

डेनिस मिडफिल्डर थोमस डिलानेले प्रतियोगिताको शुरुमा बेम्बलीमा पुग्ने लक्ष्य राखेको र अहिले पुगिएको बताए। उनी भन्छन्, ‘हामीले प्रतियोगिता सुरु हुँदादेखि नै वेम्बली स्टेडियममा यो खेल खेल्नेछौँ भन्ने योजना बनाएका थियौँ। त्यसैले हामी यो खेलका लागि तयार छौँ।’ 

प्रकाशित मिति: बुधबार, असार २३, २०७८  २०:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार
मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश स्थापना
ज्वाला संग्रौलाले दिइन् आयोगमा उजुरी, नामबाट ‘ज्वाला’ हटाइएकोबारे छानबिन माग
सम्बन्धित सामग्री
फिफाद्वारा एन्फा निलम्बित तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै पटक-पटक चेतावनी दिँदै आएको फिफाले अन्तत नेपाललाई निलम्बन गर्ने निर्णय गरेको हो। बिहीबार, असार ११, २०८३
स्टकल्यान्डलाई हराउँदै ब्राजिल बन्यो समूह विजेता बिहीबार, असार ११, २०८३
फिफा विश्वकप : कंगोलाई हराउँदै कोलम्बिया नकआउट चरणमा समूह के मा लगातार दुई खेल जित्दै कोलम्बियाले नकआउट चरणमा प्रवेश गरेको छ । कोद्यम्बियाले पहिलो खेलमा उज्वेकिस्तानलाई ३-१ ले पराजित गर... बुधबार, असार १०, २०८३
ताजा समाचारसबै
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश स्थापना बिहीबार, असार ११, २०८३
ज्वाला संग्रौलाले दिइन् आयोगमा उजुरी, नामबाट ‘ज्वाला’ हटाइएकोबारे छानबिन माग बिहीबार, असार ११, २०८३
व्यवस्थापकीय कमजोरीप्रति लज्जित छौँ : मनिष झा बिहीबार, असार ११, २०८३
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टेम्पो भिरबाट खसालेको घटनामा पीडित धनादेवीलाई ५ लाख क्षतिपूर्ति बुधबार, असार १०, २०८३
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश बिहीबार, असार ११, २०८३
रवि लामिछाने सभापतिमा निर्विरोध बुधबार, असार १०, २०८३
आज कहाँ-कहाँ हुनेछ वर्षा ? बुधबार, असार १०, २०८३
सुनचाँदीको मूल्य घट्यो बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्