• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार १२, २०८३ Fri, Jun 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

कोरोनाले कर्मनासा जस्तै उल्टो बगाइरहेछ जिन्दगी

धनु विश्वकर्मा बिहीबार, असार २४, २०७८  ०७:०२
1140x725

काठमाडौं– उल्टो (दक्षिणबाट उत्तरतिर) बग्ने नदीका नामले परिचित छ ललितपुरमा रहेको कर्मनासा। त्यही कर्मनासाको खरिबोट पुलछेउ ठूल्‌ठूलो स्वरमा ‘साना व्यापारी’ ग्राहक बोलाइरहेका हुन्छन्। वर्खामासमा बढेको खोलाले साना व्यापारीको ‘ठूलो’ आवाज दवाउन खोजिरहन्छ। व्यापारीहरु पनि खोलाको सुस्याहटलाई जित्न आवाज अझै चर्को बनाउँछन्। त्यही खोलाको पुलछेउमा पुरानो ठेलागाडामा घाम छेक्ने बडेमानको एउटा छाता ओढाइएको छ। छाताभित्रबाट कालो ब्लाउज र पहेँलो सारी लगाएकी महिलाको ‘पाको’ आवाज सुनिन्छ– ए सस्तो–सस्तो, सयको एक किलो आँप! एक दर्जन केराको...।

त्यो आवाज सर्लाही, फाणीपर्साकी ४० वर्षीया राम पुकारीको हो। जसले त्यहाँ ठेलागाडामा फलफूल बेच्न थालेको दुई दशक बित्यो।  यताउती हिँडिरहेका मान्छेलाई आफ्नो फलफूल पसलतिर दैनिकजसो यसैगरी बोलाइरहेकी हुन्छिन् उनी।

पहिले उनको तरकारी पसल पनि थियो यहीँ। अहिले फलफूल पसल मात्रै छ। पसलको काममा श्रीमान्‌ले पनि सघाइरहेका छन् उनलाई। हामी उनीछेउ पुग्दा एकजना ग्राहक फलफूल किनिरहेका थिए। त्यसपछि हामीतिर हेरिन्। सामान्य औपचारिकतापछि सोध्यौं– कत्तिको विक्री हुन्छ?

निराश भावमा लामो श्वास तान्दै उनले भनिन्, ‘जति कराउँदा पनि एक घण्टामा एकजना ग्राहक पाउन मुस्किल पर्छ।’

१४ वर्षको उमेरमा विवाह गरेकी उनी २१ वर्षको उमेरमा काठमाडौं आइन्। ठ्याक्कै तिथिमिति थाहा छैन, तर राजा वीरेन्द्रको वंशनास हुनेगरी भएको दरबार हत्याकाण्ड भएको साल श्रीमान्‌ले सँगै काम गर्ने भनेर काठमाडौं ल्याएको उनलाई याद छ। ठेलाको पसल त्यहीबेला सुरु गरेकी हुन् उनले।

राम पुकारी

काठमाडौंमै जन्मेका उनका दुईटी छोरीको विवाह भइसक्यो। डेरामा बस्दा बस्दै उनले ३ घर फेरिन्।  व्यापार गर्ने ठाउँ भने बद्लिएन। जीवन भने उनको कहिले यही कर्मनासा जस्तै उल्टो र कहिले बागमती जस्तै सुल्टो बगिरहेको छ। 

अहिले फेरि जीवनले कर्मनासाको दिशा पकडेको छ। जीवनको लय ठीकै चलिरहेका बेला कोरोना आइदियो। दिनदिनैको कमाइले गुजारा चलाउने परिवारको आर्थिक जीवनमा अघिल्लो लकडाउनदेखि आएको गडबडी अझै ठीक हुने संकेत देखेकी छैनन् उनले। 

उनी भन्छिन्, ‘पहिलो लकडाउनमा त यता खान बस्नै समस्या भएपछि गाउँतिर लाग्यौं।’ यसपालि उनीहरुले जस्तो परेपनि यतै बसेर लकडाउनको भोकसँग डट्ने अठोट गरे। एक छोरा, एक छोरी र दुई बुढाबुढी गरी जम्मा ४ जनाको परिवार छ। छोरी नजिकैको गम्भीर सामुदायिक विद्यालय र छोरा होप भ्याली एकेडेमीमा पढ्छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

लकडाउनदेखि उनलाई बालबच्चा पढाउन मात्रै होइन, खुवाउनलाई समेत समस्या छ। महिनाको १२ हजारको कोठाभाडामा बसेका उनीहरुले लकडाउन भएपछिका दुई महिनाको कोठाभाडा तिर्न सकेका छैनन्।  

व्यापार बन्द हुँदा त उनीहरुलाई दुई छाक खान कठिन भयो। राम पुकारी भन्छिन्, ‘कहिले तीन/चार किलो चामलले धेरै छाक टार्‍यौं। एक प्याकेट पिठो किनेर तिन छाक रोटी बनाएर खुवाएँ।’

ग्याँस सकिएका बेला झिँजा बटुलेर आगोमा खाना पकाउने उपाय उनीसँग नभएको होइन, तर घरबेटीले आगो बाल्न दिएनन्। त्यसैले सापटी मागेर ग्याँस किनिन्। ‘फेरि व्यापार चलाउनुपर्‍यो, फलफूल किनेर ल्याउने पैसा थिएन। सापटी मागेर व्यापार सुरु गर्‍यौं,’ उनले सुनाइन्, ‘घरभेटीले पैसा मागिरहेका छन्। २४ हजार रुपैयाँ हामीले कहाँबाट ल्याउनु?’

खानै नपाए सरकारले राहत दिने कुरा उनले सुनिन् मात्रै। राहत पाउने ठाउँको खोजी गरेकी पनि हुन्, तर राहत दिने सरकारको ठेगाना भेटाउन सकेकी छैनन् उनले। ‘हामी गरिबलाई राहत दिनु पर्ने नि, तर कोही दिन आएन,’ उनको गुनासो छ। 

उनलाई कोरोनाको डर कहिल्यै लागेन। किनभने त्योभन्दा धेरै डरलाग्दो उनका लागि भोक थियो। उनलाई कोरोना संक्रमणका वर्षैपिच्छेका ‘लहर’सँग खासै लिनुदिनु छैन। तर, सरकारले लकडाउन नगरिदिए हुन्थ्यो भन्ने लाग्छ। अहिले पनि उनी लकडाउन खुकुलो हुने दिनको प्रतिक्षामा छिन्। 

गाउँ छाडेको धेरै वर्ष भइसक्यो। गाउँ फर्किँदा पनि गर्ने काम छैन। आफ्नो खेत–बारी छैन, अरुकोमा बनिबुतो गर्दा खान–लाउनै नपुग्ने। छोरा–छोरी पढाउन भएपनि शहरमै पसिना बगाउनुको विकल्प छैन। गाउँमा बुढी सासुआमा मात्रै रहेको उनले सुनाइन्। 

लकडाउन केही खुकुलो भएका कारण सडकमा ठेला राख्न पाइएको छ। तर, व्यापार नहुँदा अझै पनि भान्सामा नुनतेल जोड्न गाह्रो छ। ‘हामी त कहिलेकाहिँ भोकै बस्छौं र बस्न सक्छौं, तर बच्चाहरुले मान्दैनन्। कसरी खुलाउने ?’ उनले आफ्नो पीडा राख्दै सोधिन्। 

कोरोना कहरले निम्त्याएको लकडाउनका कारण दैनिकी नै संकटमा पर्नेमध्येमै पर्छिन् अस्मिता श्रेष्ठ (३३)। मंगलबार साँझ करिब सात बज्नै लाग्दा पुरानो ठेलाअघि बसेर उनी ग्राहकको प्रतिक्षा गरिरहेकी थिइन्। ठेलागाडामा काउली, टमाटर, प्याज, आलु र फर्सीका मुन्टा, पिँडालुका पात, बोडी, भान्टा, खुर्सानी आदि छन्। रामेछाप दुन्साकी उनी विगत पाँच वर्षदेखि बालकुमारी आकाशे पुलभित्रको सानो चोकमा तरकारी बेच्दै आएकी छिन्। 

तीन छोराछोरी सहितको पाँच सदस्यीय उनको परिवार अहिले यही ठेलाबाट हुने व्यापारले साँझ–बिहान हातमुख जोर्छ। ठेक्कामा घरमा रङ लगाउने काम गर्ने उनका श्रीमान्‌को कोरोना कहरपछि खासै कमाइ छैन।

पहिले उनी गाउँमै र श्रीमान्‌ काठमाडौं बस्थे। आफ्नो जीवन दुःखमै बितेपनि छोराछोरीलाई राम्रो पढाउन सकिए ‘सुख बाँच्लान्’ भनेर यता आएको सुनाइन् उनले। काठमाडौं आएलगत्तै गरिखाने सजिलो उपाय यही ठेलागाडामा तरकारी व्यापार भयो।

अस्मिता श्रेष्ठ

पछिल्ला दुई वर्षमा उनको यो व्यापारमा कोरोनाका कारण गरिएको लकडाउनले समस्या पार्‍यो। श्रीमान्‌को कमाइ त झन् ठप्पै। दुईटा कोठा भाडामा लिएर बसेका छन्। छोराछोरी बोर्डिङमा भर्ना गरेका छन्। उनी भन्छिन्, ‘छोराछोरीको स्कुलको फि तिर्ने, घरभाडा तिर्ने र खाने आधार यही थियो। त्यो पनि लकडाउनमा चलेन।’

तरकारी पसल आम्दानीका हिसाबले खासै राम्रो नभएको उनको बुझाइ छ। ‘निकै बिक्री भयो भने दिनमा कमाइ ५ देखि ६ सय रुपैयाँ हुन्छ,’ उनले भनिन्, ‘आजको आजै बिक्री भए त हो। नत्र कुहिएर जान्छ।’

पहिले उनका श्रीमान्‌को पनि कमाइ थियो। त्यसैले उनको कमाइ त्यसैमा थपजस्तो थियो। अहिले उनको कमाइ नै प्रमुख भयो। त्यसैले उनलाई झन् बढी निराश तुल्याएको छ। ‘लकडाउन भएको दुई महिनापछि चार दिन भयो तरकारी बेच्न थालेको। बिहानबेलुकी खानै धौ–धो हुन थालेको छ। तीन महिना भयो, कोठाभाडा तिर्न सकेका छैनौं।’

दुई जनाको कमाइबाट छोराछारीको सुन्दर भविष्य बनाउने भनेर देखेको सपनाले पनि अहिले उनीहरुलाई अत्याउँछ। छोराछारीको स्कुलले शुल्क तिर्न भनिरहेको छ, तर उनीहरुले सकेका छैनन्। अनलाइन कक्षा पढिरहेका त छन्, तर एकैपल्ट उनीहरुको पढाइ शुल्क कसरी तिर्ने भन्ने कुराको चिन्ताले उनलाई सताउँछ।  

यस्तो संकटमा गाउँको याद आउँछ। तर, जाने अवस्था छैन। खेतबारी बाँझो भइसके। उनले भनिन्, ‘पहिलो लकडाउनमा वडा कार्यालयले पाँच केजी चामल, दाल, तेल, नुन र आलु दिएको थियो। तर, अहिले न राहत, न कुनै सेवासुविधा। केही पाइएन।’

प्रकाशित मिति: बिहीबार, असार २४, २०७८  ०७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
बालबालिकालाई मायाले दिइने 'गुलियो' नयाँ जनस्वास्थ्य संकट, के भन्छन् विज्ञ? भर्खरै दुई वर्ष पार गरेका यी बालकको जिब्रोले प्राकृतिक रैथाने खाना भन्दा बढी बजारका प्रशोधित र गुलिया खानेकुराहरु चकलेट, विस्कुट, लल... शुक्रबार, जेठ १५, २०८३
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
ताजा समाचारसबै
भेनेजुएला भूकम्प : मृतकको संख्या १८८ पुग्यो, १५०० भन्दा बढी घाइते शुक्रबार, असार १२, २०८३
रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध चयन शुक्रबार, असार १२, २०८३
रास्वपा केन्द्रीय सदस्यमा को–को निर्वाचित भए ? (मतपरिणामसहित) शुक्रबार, असार १२, २०८३
ट्युनेसियालाई हराएर नेदरल्यान्ड्स समूह विजेता, बराबरी खेलका स्विडेन र जापान नकआउट चरणमा शुक्रबार, असार १२, २०८३
पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
रास्वपा कोशी प्रदेशबाट केन्द्रीय सदस्यका उम्मेदवारमध्ये निशा मेहतालाई सर्वाधिक मत बिहीबार, असार ११, २०८३
पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश बिहीबार, असार ११, २०८३
रास्वपा केन्द्रीय सदस्यमा स्वर्णिमलाई सर्वाधिक मत बिहीबार, असार ११, २०८३
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्