काठमाडौं– ब्राजिल जारी कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेकाे छ।
मंगलबार बिहान सम्पन्न सेमिफाइनलको पहिलो खेलमा पेरुलाई १–० गोल अन्तरले पराजित गर्दै ब्राजिल फाइनल प्रवेश गरेको हो।
ब्राजिलका लागि लुकास पाक्केटाले गरेको एकमात्र गोल नै निर्णायक बन्यो। खेलको ३५औं मिनेटमा नेयमारको पासमा लुकासले गोल गरेका हुन्।
ब्राजिलले उपाधिका लागि अर्जेन्टिना र कोलम्बियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो सेमिफाइनलको खेल बुधबार बिहान हुँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।