काठमाडौं– जारी युरोकप फुटबलको पहिलो सेमिफाइनल खेल आज (मंगलबार) राति हुँदै छ। इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने पहिलो सेमिफाइनलमा इटाली र स्पेन प्रतिस्पर्धा गर्दै छन्। सेमिफाइनल खेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ।
इटाली र स्पेनबीचको विजेताले फाइनलमा इंग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ। इंग्ल्यान्ड र डेनमार्कबीचको दोस्रो सेमिफाइनल बुधबार राति हुनेछ।
इटाली फिफा वरीयताको शीर्ष टिम बेल्जियमलाई हराउँदै सेमिफाइनलमा पुगेको हो भने स्पेनले क्वाटरफाइनलमा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गरेको थियो।
इटाली र स्पेनबीच हालसम्म ३३ खेलमा प्रतिस्पर्धा भएको छ। जसमा स्पेनले १२ खेल जितेको छ। १२ खेल नै बराबरीमा सकिँदा ९ खेल इटालीले जितेको छ।
युरोपियन च्याम्पियनसिपमा दुई टिमबीच सातौं पटक प्रतिस्पर्धा हुन लागेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।