काठमाडाैं- इजिप्सियन फुटबल स्टार मोहम्मद सालाहको टोकियो ओलम्पिक सहभागीता अनिश्चित बनेकाे छ।
इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलले उनलाई बीचमा छोड्न नमिल्ने जानकारी दिएकाे हाे।
‘लिभरपुलले हामीलाई जानकारी दिइसकेको छ, उनीहरूले सालाहलाई ओलम्पिक खेल्न छुट्टि दिने छैनन्,’संघका अध्यक्ष मेघहदले इजिप्टको टेलिभिजन अनटाइम स्पोर्ट्सलाई जानकारी दिए।
२९ वर्षीय सालाह भने ओलम्पिक खेल्न इच्छुक छन्। उनले लिभरपुलको व्यवस्थापनसँग कुरा गरेर दुई–तीन दिनभित्र टुँगो लगाउने बताएका छन्।
सन् २०१२ को लण्डन ओलम्पिकमा राष्ट्रिय टिममा उनी सहभागी थिए। उनले समूह चरणको तीन खेल ब्राजिल, न्युजिल्याण्ड र बेलारुसविरूद्ध गोल गरेका थिए।
टोकियो ओलम्पिकमा इजिप्ट समूह ‘सी’ मा छ। यो समूहमा दुई पल्टको च्याम्पियन अर्जेन्टिना, स्पेन र अस्ट्रेलिया समावेश छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।