काठमाडाैं- नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको प्रारम्भिक बन्द प्रशिक्षण सुरु भएको छ। टोलीले आइतबारबाट एन्फा कम्प्लेक्सको मैदानमा बन्द प्रशिक्षण सुरु गरेको हो।
११ खेलाडीसहित २० जनामा कोरोना संक्रमण देखिएपछि गत साताबाट सुरु गर्ने भनिएको बन्द प्रशिक्षण रोकिएको थियो।
तर, पुन: दाेस्राे परीक्षण गराउँदा सबैकाे रिपाेर्ट नेगेटिभ आएसँगै एन्फाले आइतबारबाट बन्द प्रशिक्षण सुरु गरेकाे हाे।
राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले त्यही टाेलीमा ३२ जना खेलाडी थप्दै ५० खेलाडीलाई साफ च्याम्पियनसिप र एएफसी कपको छनोटको तयारी गर्न बन्द प्रशिक्षणमा बाेलाएका छन्।
यी हुन् बन्द प्रशिक्षणमा परेका खेलाडीहरु
अर्पण कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, विशाल सुनार, दीप कार्की, किरण कुमार लिम्बु, आशिष लामा, अभिषेक रिजाल, अमित तामाङ, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, भरत खवास, विवेक बस्नेत, विशाल राई, दर्शन गुरुङ, दिनेश राजवंशी, डोना थापा, गौरव बुढाथोकी, गौतम श्रेष्ठ, जर्ज प्रिन्स कार्की, कमल थापा, मनिष डाँगी, मिक्छेन तामाङ, नवयुग श्रेष्ठ, निरज बस्नेत, निशान खड्का, नितिन थापा, प्रकाश बुढाथोकी, प्रिजेन तामाङ, पुजन उपरकोटी, राजन गुरुङ, रजिन धिमाल, राजिब लोप्चन, रन्दिप पौडेल, रवी पासवान, रोहित चन्द, सन्जोग राई, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्बे, शिशिर लेखी, सुदिल राई, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यु ठकुरी, तेज तामाङ, त्रिदेभ गुरुङ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।