काठमाडौं– काठमाडौंको थानकोटबाट ६ जना जुवाडे पक्राउ परेका छन्। नेपाल आयल निगमको डिपोनजिक व्यक्तिको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको हो।
आयल निगमको डिपोनजिक जुवा अड्डा चलाइएको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले ६ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका–१ घर भइ काठमाडौंको चन्द्रागिरि नगरपालिका–३ आयलनिगम बस्ने किरण चापागाइँ, गोरखाको गोरखा नगपालिका–१३ घर भएका ४१ वर्षीय शेर बहादुर राई, मकवानपुरको थाहा नगरपालिका– ११ घर भएका ३३ वर्षीय पञ्च नारायण तामाङ छन्।
यस्तै, जिल्ला मकवानपुरकै थाहा नगरपालिका–५ घर भएका ३२ वर्षीय ज्ञान बहादुर गोले, थाहा–५ कै ३३ वर्षीय भरत ठोक्कर, काठमाडौंक चन्द्रागिरि नगरपालिका–१ घर भएका ३६ वर्षीय किशोर बखती र झापाको अर्जुनधारा नगरपालिका–१ घर भएका ३६ वर्षीय किरण चापागाईंलाई पनि प्रहरीले जुवा खालबाट पक्राउ गरेको छ।
प्रहरीले उनीहरुको साथबाट ४६ हजार ७९० र जुवाखालबाट ३ जार २८० रुपैयाँ गरी ५० हजार ७० रुपैयाँ बरामद भएको जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।