काठमाडाैं- मनाङ मर्स्याङ्दी क्लबका कप्तान कमल श्रेष्ठ च्यासल युथ क्लबमा अनुबन्ध भएका छन्।
आगामी असोजमा शुरु हुने तयारीमा रहेको नयाँ सिजनको ए डिभिजन लिगका लागि उनी च्यासलमा अनुबन्ध भएका हुन्।
जेठमा सम्पन्न नेपाल सुपर लिग (एनएसएल)मा ललितपुर सिटीबाट खेलेका कमल मासिक १ लाख २५ हजारमा च्यासलमा अनुबन्ध भएका हुन्।
ब्वाइज युनियन क्लबबाट ए डिभिजन लिग खेल्न थालेका कमलले मनाङबाट ५ वर्ष खेलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।