काठमाडौं– अर्जेन्टिना जारी कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार बिहान सम्पन्न खेलमा इक्वेडरलाई ३–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिमा अन्तिम चारमा पुगेको हो।
अर्जेन्टिनाकाे जितमा कप्तान लियोनेल मेस्सीले उत्कृष्ट प्रर्दशन गरे। उनले एक गोल गरे भने दुई गोलको लागि पास मिलाइदिए। अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेज र रोड्रिगो डेले एक/एक गोल गरे।
खेलको ४०औं मिनेटमा रोड्रिगोले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। मेस्सीको पासलाई पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेका डेले सहजै गोल गरेका थिए।
खेलेको ८४ औँ मिनेटमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए । उनले कप्तान मेस्सीकै पासमा गोल गरेका थिए।
खेलको ९३औं मिनेटमा कप्तान मेस्सीले फ्रिकिकमार्फत गोल गर्दै अर्जेन्टिनालाई सानदार जित दिलाए। डिमारियालाई इक्वेडरको डफेन्डरले पेनाल्टी क्षेत्रभन्दा थोरै बाहिर लडाएपछि अर्जेन्टिनाले फ्रिकिक पाएको थियो।
फाइनल प्रवेशको लागि अर्जेन्टिनाले कोलम्बियाको सामना गर्नेछ भने अर्को सेमिफाइनलमा पेरु र ब्राजिल भिड्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।