काठमाडौं– जारी कोपा अमेरिका फुटबलमा कोलम्बिया सेमिफाइनलमा प्रवेश गरेको छ। प्रतियोगिता अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा उरुग्वेलाई पेनाल्टी सुट आउटमा हराएउँदै कोलम्बिया अन्तिम चारमा पुगेको हो।
निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। जसमा कोलम्बिया ४–२ ले विजयी बन्यो।
उरुग्वेका जोसे जिमिनेज र मार्टिया भिनाले गोल गर्न सकेनन्। कोलम्बियाका किपर डेविड ओस्पिनाले दुई पेनाल्टी प्रहार रोक्दै उरुग्वेलाई स्तब्ध बनाएका थिए।
कोलम्बियाले फाइनल प्रवेशका लागि अर्जेन्टिना र इक्वेडरबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।