काठमाडाैं- युराेकप २०२० अन्तर्गत तेस्रो क्वाटरफाइनलमा डेनमार्कले पहिलो हाफमा चेक गणतन्त्रविरुद्ध २-० को अग्रता लिएको छ।
बाकु ओलम्पिक स्टेडियममा जारी खेलमा सुरुवातीदेखि नै बल पोसेसनमा पकड जमाउँदै आक्रमण बुनेको डेनमार्कले पाँचौ मिनेटमा अग्रता लिएको थियो।
जेकब ब्रून लार्सनको कर्नरमा थोमस डिलेनीकाे हेडर भुइमा लाग्दै गोलमा परिणत भएको थियो।
४२औं मिनेटमा डेनमार्कका कास्पर डोलबर्गले अग्रता दोब्बर पारे। बाहिरी भागबाट जोकिम माहलेले दिएको पासलाई उनले फस्ट टचमा गोल गरे।
यस खेलको विजेताले चौथो क्वाटरफाइनलको विजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ। अन्तिम क्वाटरफाइनलमा इंग्ल्यान्ड र युक्रेन आज मध्यरात १२:४५ बजे खेल्दैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।