विराटनगर- श्रीमतीलाई काठको मुङ्ग्रोले हिर्काइ हत्या गरेकाे अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बेलबारी नगरपालिका ७ का ५६ वर्षीय अम्बिका घिमिरे रहेका छन्।
उनले शुक्रबार राति मदिरा सेवन गरी सुतिरहेकाे अवस्थामा ४८ वर्षीया श्रीमती सीता घिमिरेलाई हत्या गरेको बताइएको छ।
हत्यापछि फरार अम्बिकालाई प्रहरीले शनिबार बिहान घर नजिकैको खाली ग्वालीमा बसिरहेका अवस्थमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।