काठमाडाैं- सहिद स्मारक ए डिभिजन क्लब न्यूरोड टिम (एनआरटी)ले प्रशिक्षकमा राजुकाजी शाक्य निरन्तरता दिएको छ।
राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान तथा प्रशिक्षक शाक्यले लामो समय एनआरटीलाई प्रशिक्षण दिएका छन्।
दुई अफ्रिकी खेलाडी मेसुके ओलुमो र स्टेफन समिरलाई अनुबन्धन गर्ने शनिबारको पत्रकार सम्मेलनमा एनआरटीले शाक्यलाई प्रशिक्षकका रुपमा प्रस्तुत गरेको थियो।
प्रशिक्षणका हिसाबले शाक्य नेपाली प्रशिक्षकमा उत्कृष्ट मध्येका मानिन्छन्। उनी नतिजाभन्दा बढी प्रदर्शनलाई महत्व दिने गर्छन्। यद्दपि उनले कुनै क्लबलाई लिग जिताउन भने सकेका छैनन्।
शाक्यले एनआरटीबाहेक विभागीय त्रिभुवन आर्मी, मछिन्द्र, संकटा, मनाङ–मस्र्याङ्दी र च्यासल युथ क्लबलाई प्रशिक्षण दिसकेका छन्।
उनी २०७६ सालमा पुनः एनआरटी फर्केका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।