काठमाडौं– जारी युरो कप फुटबलमा शनिबार क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछन्। पहिलो खेलमा चेक रिपव्लिकले डेनमार्कको सामना गर्दा दोस्रो खेलमा युक्रेन र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ।
नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुने चेक रिपब्लिक र डेनमार्कबीचको खेल अजरबैजानको बाकु ओलम्पिक स्टेडियममा हुनेछ। १२:४५ बजे सुरु हुने इंग्ल्यान्ड र युक्रेनबीचको खेल इटालीको रोममा हुनेछ।
यसअघि शुक्रबार राति भएका खेलमा इटली र स्पेनले सेमिफाइनलमा स्थान बनाएका छन्। बेल्जियमलाई २–१ गाेल अन्तरले पराजित गर्दै इटाली अन्तिम ४ मा पुगेको हो भने स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै स्पेनले सेमिफाइनल यात्रा तय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।