काठमाडाैं- युराेकप २०२० को पहिलो क्वाटरफाइनल अन्तर्गत स्पेनले स्विट्जरल्यान्डविरुद्ध पहिलो हाफमा अग्रता लिएकाे छ।
रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा जारी खेलको पहिलो हाफ सकिँदा स्पेनले १-० गोलको अग्रता बनाएको हाे।
खेलको सुरुवातदेखि नै आक्रमण बुनेको स्पेनले आठौं मिनेटमा नै अग्रता लिएको थियो।
कर्नरमा कोकेको प्रहार सबैलाई बिट गर्दै गएपछि पेनाल्टी क्षेत्र बाहिर रहेका जोर्डी अल्बाले बल पाएका थिए। उनले गरेको प्रहार डेनिस जाकारियालाई लाग्दै गोलमा परिणत भएकाे थियो।
यस खेलको विजेताले युरोको सेमिफाइनलमा इटाली र बेल्जियमको विजेतासँग खेल्नेछ। यो दोस्रो क्वाटरफाइनल खेल आज मध्यरात १२:४५ बजे सुरु हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।