काठमाडाैं- युरोकप २०२० बाट जर्मनी बाहिरिएसँगै मिडफिल्डर टोनी क्रुसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन्।
३१ वर्षीय क्रुसले क्रुसले शुक्रबार सन्यास लिने घोषणा गरेका हुन्। जर्मनी इंग्ल्यान्डविरुद्धको अन्तिम १६ को खेलमा २–० ले पराजित हुँदै बाहिरिएकाे थियाे।
स्पेनिस क्लब रियल मड्रिडबाट व्यवसायिक फुटबल खेल्दै आएका क्रुसले जर्मन टिमबाट १०६ खेल खेलेका छन्। अब उनी कतारमा सन् २०२२ मा हुने विश्वकपमा टिममा हुनेछैनन्।
सन् २००७ मा वायर्न म्युनिखबाट करिअर सुरु गरेका उनले क्लबबाट २ सय खेल खेलेका थिए। उनी सन् २०१४ मा रियल आबद्ध भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।