• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

बढ्दो अपराध नियन्त्रण हुन नसक्नुका ७ कारण

64x64
हेमन्त मल्ल ठकुरी शनिबार, असार १९, २०७८  १४:५६
1140x725

पछिल्लो पाँच वर्षको अपराध तालिका हेर्ने हो भने हत्या र आत्महत्याका घटनामा लगातार वृद्धि भएको देखिन्छ। यसले दिने अर्थ झन् गम्भीर छ। किनभने घर भनेको कुनै पनि व्यक्तिको सबभन्दा सुरक्षित ठाउँ हो। तर, घरभित्रै अनि परिवारका सदस्यबाटै हुने हत्याका घटना बढ्दै जाँदा अब कहाँ गएर सुरक्षित हुने हो भन्ने प्रश्नचिन्ह खडा भएको छ। यसलाई कसरी नियन्त्रण गर्ने भन्नेबारे बेलैमा सोच्नुपर्ने भएको छ।

यो कति गम्भीर कुरा हो भने यसले परिवारभित्रै एकअर्काबाट असुरक्षित महसुस गर्न थालेपछि पारिवारिक र सामाजिक संरचना नै बिथोलिन सक्ने भय बढेको छ। यो किन पनि डरलाग्दो छ भने भात काँचो भएको, तरकारी मिठो नभएको जस्ता स–साना विषयलाई लिएरसमेत परिवारका सदस्यबाट हत्या भएको देखिन्छ।

त्यसैगरी विगत पाँच वर्षमा आत्महत्या पनि बढ्दै गएको देखिन्छ। आफ्नो र आफ्नो परिवारका सदस्यको भविष्य अन्धकार देखेर बच्चालाई समेत सँगै लिएर समेत आत्महत्या गरेका घटनाबाट अवस्था कति विकराल हुँदै गएको छ भनेर सजिलै बुझ्न सकिन्छ। 

पछिल्लो समय महिलामाथिका अपराधका घटनामा कमी हुनुको कारण चाहिँ कोरोना महामारी हो भन्न सकिन्छ। नभए सबैखाले अपराध बढिरहेका छन् र ती घटनामा परिवार र परिवारका सदस्यको संलग्नता पनि बढ्दै जानु भनेको डरलाग्दो अवस्था हो।

माओवादी द्वन्द्वको ‘बाइप्रडक्ट’
पछिल्लो समय नेपाली समाज र त्यसम पनि परिवारहरुको संरचना बिथोलिएको छ। समाज आक्रामक र उत्तेजक भएको छ। हातहतियारको मात्र के कुरा, दैनिक प्रयोगमा आइरहने घरेलु साधन पनि अपराधका साधन भएका छ्न। मुलुकमा १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्वले जातीय तथा सामाजिक विषयमा समाजलाई बिथोल्ने काम गर्यो। हत्या, हिंसा भयो र ठूलो संख्यामा नेपालीहरु देश भित्रै र बाहिर समेत विस्थापित भए। त्यसले समाजलाई असहनशील र उत्तेजक बनाउन भुमिका खेलेको छ। कतिसम्म भने समाजभित्र हतियारको प्रयोग कुनै न कुनै हिसाबले सहज र स्वीकार्य बनेको छ। भन्नुको तात्पर्य समाज विस्तारै अपराधीकरणको बाटोमा अग्रसर हुँदै गएको छ। 

अध्ययन नगर्ने बानी
कुनै पनि समस्याको कारण पहिचान तथा त्यो समस्याको समाधान र नियन्त्रणको बाटो अध्ययनले देखाउने हो। नेपालमा सानो स्तरमा स्रोत र विज्ञताबिना नै प्रहरीले अध्ययन गर्दै आएको छ। यो आफैमा सम्पूर्ण होइन। सरकारले वर्षमा कम्तीमा पनि एक पल्ट अपराधबारे विज्ञहरु सम्मिलित टोलीबाट विस्तृत अध्ययन गर्न जरुरी छ। त्यसबाट आएका सुझावलाई आधार बनाएर काम गर्दा र त्यसअनुसार इन्टरभेन्सन गर्दा मात्र त्यसले केही हदसम्म सकारात्मक नतिजा ल्याउन सक्छ।

त्यसैगरी समाजसँग जोडिएका विभिन्न विषयबारे सम्बन्धित मन्त्रालय र विभागहरुले पनि अध्ययन गर्न जरुरी छ। त्यसो हुन सक्दा समाजका विभिन्न पक्षमा आएका परिवर्तन र समस्याको अद्यावधिक जानकारी हासिल हुनसक्छ। 

सुरक्षा निकायको मानसिकता
हाम्रा सुरक्षा निकायहरुको जिम्मेवारी संविधान र कानूनबाट निर्दिष्ट छ। कानूनले नै जिम्मेवारी तोकेको भए पनि परिस्थिति आफ्नो अनुकुल हुँदा सुरक्षा निकायहरुले नै एक अर्काको क्षेत्राधिकारमा हस्तक्षेप गर्ने, अर्काको जिम्मवारी खोस्नसमेत प्रयत्न गर्ने घटनाक्रम हुँदै आएको पाइन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

अर्को कुरा हो, भिन्न दुई मुलुकका सुरक्षा निकायबीचको सम्बन्ध। राजनीतिक सम्बन्ध एउटा कुरा हो, अपराध नियन्त्रणका लागि दुईवटा देशका सुरक्षा निकायबीच पनि सम्बन्ध हुने गर्छ। किनभने कामका हिसाबले अपराध नियन्त्रण एउटा विशुद्ध प्राविधिक काम हो। दुनियाँका धेरै देशमा राजनीतिक खिचातानीका बीच पनि सुरक्षा निकायहरुले आफ्नो काम गरिरराखेका हुन्छन्। त्यो काममा सरकारले हस्तक्षेप गर्दैन। संविधान, एन र नियमबाट सुरक्षा निकायले पाएका जिम्मेवारीमा हस्तक्षेप हुन थाल्यो भने हरेक कुरामा ‘माथि’को आदेश पर्खने या कामै नगर्ने मानसिकता बन्न थाल्छ। यसबाहेक सुरक्षा निकायमा आफ्नो व्यक्तिगत स्वार्थमात्र हेर्ने मानसिकता पनि हदैसम्म चुलिएको छ। त्यस्तो मानसिकता अर्थात् आफ्नो व्यक्तिगत स्वार्थका लागि जे गर्न पनि पछि नपर्ने सुरक्षा निकाय स्वयम् पनि यसमा जिम्मेवार छन्।

सामाजिक सञ्जालको असर र प्रभाव
पछिल्लो समय सामाजिक सञ्जालको प्रभाव यति बढिसकेको छ कि कोही पनि त्यसबाट अछुतो रहन सक्ने अवस्था छैन। कुनै कुनै सामाजिक सञ्जाल राम्रा पनि छन् र सन्देशमुलक छ्न्। तर, धेरैजसो सामाजिक सञ्जालमा बनाईएका कार्यक्रम, सन्देश समाज, सरकारी निकायप्रति वितृष्णा र अनास्था फैलाउने र समाजलाई भाँड्ने खालका पनि छन्। नेता र राजनीतिक दलले एक अर्कालाई खुइल्याउन र बदनाम गर्न सामाजिक सञ्जालकै प्रयोग गरेको तथ्य पनि कतैबाट छिपेको छैन।

इन्टरनेट दुनियाँमा युट्युबको आफ्नै संसार छ। यसका आफ्नै ‘सुपरस्टार’ छ्न्। जसले भ्रमको खेती गरिराखेका छन्। उनीहरुले आफ्नै यस्तो धारणा र मान्यता स्थापित गरेका छ्न् जुन समाज र नयाँ पुस्ता गलत सुचना दिएर विष भर्ने काममा केन्द्रित छन्। समयमा यसलाई नियन्त्रण गर्न जरुरी छ।

तथाकथित नागरिक समाज र सामाजिक अभियन्ता 
पछिल्लो समय यता नागरिक समाज र सामाजिक अभियन्ताका प्रसंग निकै चर्चामा छन्। आफूलाई अभियन्ता भन्नेहरुमध्ये केहीले रचनात्मक काममार्फत् समाजलाई सुसूचित गर्ने प्रयत्न पनि गरिरहेका छन्। तर, पछिल्लो समय केही ‘नयाँ नश्ल’का अभियन्ता र नागरिक समाजको पनि समाजमा बिगबिगी छ। त्यस्ता तथाकथित अभियन्ता र नागरिक समाजबाट समाजमा फोहोरी, आपत्तिजनक र समाजलाई नै भड्काउने खालको सन्देश प्रेषित भइराखेको छ। उनीहरुका हर्कत् यस्ता छन् कि समाजमा त्यही कुरा सही हो भन्ने डरलाग्दो मान्यतासमेत स्थापित हुनथालेको छ।

Xtrem

Xtrem

त्यस्ता व्यक्ति र समूह राजनीतिक दल र कतिपय विदेशी मुलुक तथा दातृसंस्थाबाट सञ्चालित रहेको आरोप पनि लाग्दै आएको छ। यसलाई नियन्त्रण गर्न जरुरी छ। राजनीतिक दलहरुले यिनीहरुबाट आफुलाई टाढा राख्न सक्नुपर्छ। किनभने यी अभियन्ताहरु गोयबल्स्लाई पनि माथ गर्ने खालका छन्। यस्ता व्यक्तिहरुले आफ्नो स्वार्थअनुसार छिनछिनमै कित्ता फेर्न सक्छन् र कुनै दिन आफूलाई संरक्षण दिने दल र नेतालाई नै डुबाइदिन सक्छन्।

उनीहरुको उद्देश्य नै झुटो र भ्रमित सन्देश पैषित गरेर समाजलाई उत्तेजित गर्ने, सामाजिक सद्भाव बिथोल्ने, परिवारमा विग्रह ल्याउने र त्यसैगरी समाजलाई पनि विभाजित गर्ने हुनेगर्छ। यस्तो गर्नु भनेको समाजलाई गलत बाटोमा डोर्‍याउनु हो। 

'राजनीति'का लागि राजनीति
राजनीति सबै नीतिहरुको पनि नीति अर्थात् मूलनीति हो र यो ठीक भएमा धेरै कुरा ठीक हुन्छ। धेरै कुरा नियन्त्रणमा हुन्छ। तर, दुई पटक भएका जनआन्दोलनपछि नेपालमा राजनीति मात्र ‘राजनीति’ भइरहेको छ। यस्तो राजनीति कि हरेक क्षेत्रमा राजनीतिक हस्तक्षेप छ। कर्मचारीतन्त्रले स्वतन्त्र रुपले काम गर्न नपाउँदा आफूलाई प्राप्त जिम्मेवारी सही ढंगले बहन गर्न सकेको छैन।

यसकै असर अपराध अनुसन्धान र नियन्त्रणमा परेको छ। सेवा प्रवाहमा पनि त्यसकै असर छ। यतिसम्म कि राजनीति र अपराध एकै सिक्काका दुई पाटा हुन् भन्ने बहसले समाजमा व्यापकता पाएको छ। नीतिगत तहमा भष्टाचार अचाक्ली बढ्यो भनेर ट्रान्सपरेन्सी इन्टरनेशनलले समय–समयमा भनिरहेकै छ। उसले यस्तो प्रतिवेदन नै सार्वजनिक गरिरहेको छ। 
सत्तारुढ वा शक्तिशाली पार्टीनजिक हुनेले अपराध र भ्रष्टाचारबाट उन्मुक्ति पाएको भनेर सञ्चारमाध्यमहरुले नै बारम्बार प्रमाणसहित सार्वजनिक गरिरहेका छन्। तर, त्यसको कुनै असर परेको छैन। राज्यसञ्चालनमा राजनीति हाबी भएमा अन्ततः हुने यही नै हो।

सहनशील तर नक्कल गरेर छिटो दौडिने समाज
कोभिड महामारीका कारण घरमा थुनिएर बस्दा पनि नबोल्ने सहनशील समाज हो यो। आफूमाथि थिचोमिचो हुँदा पनि सहेरै बस्ने समाज हो यो। नेपाली समाज आफैमा सहनशील छ। तर, त्यो सहनशीलताले सिमा नाघ्यो भने उथलपुथल नै हुनेगरी विरोधमा निस्कने गरेका उदाहरण पनि छन्।

अहिले समाजमा राजनीति र नेताहरुप्रति हदैसम्मको वितृष्णा चुलिएको छ। व्यवस्थासँग समाज रिसाएको छ। अर्थात् समाजमा असन्तुष्टि र आक्रोश विष्फोट हुने तहमा पुगेको देखिन्छ। जुन समाज सरकारसँग असन्तुष्ट हुन्छ, त्यस्तो समाज उत्तेजक हुन्छ, असहनशील हुन्छ र त्यस्तो समाजमा अपराध पनि सामान्य हुन्छ। 

संविधान बनाउँदा होस् या अरु कानुन निर्माण गर्दा, हामीले विदेशीको नक्कल धेरै गर्यौं। त्यसरी नक्कल गर्नेक्रममा विदेशी स्वार्थ पनि हाबी हुनपुग्छन्। त्यसरी बनाएका कानुन व्यावहारिक हुँदा रहेनछन् भन्ने पनि अब स्थापित हुँदै गएको छ। यसरी नक्कल गरेर व्यावहारिकताबारे सोच्दै नसोच्ने र हतारिएर गरिएका अर्कै धरालतबाट नक्कल गरेर ल्याइएका परिवर्तन दिगो पनि हुँदैनन्। त्यसले परिवार, समाज र राज्य सबैतिर बिचलन ल्याउँछ। झन् माओवादीले त मार्क्स, एंगेल्स्का ठेली पढेर अग्रगामी छलाङको कुरा गर्यो र त्यहीअनुसार समाजलाई उद्धेलित बनायो। यसले कसैको स्वार्थपूर्ति त गर्ला तर, दीर्घकालमा कस्तो सामाजिक विचलन निम्त्याउँछ, तयो विचलनबाट नै अपराधमा वृद्धि हुन्छ भनेर बुझ्न चाहेको देखिन्न या बुझेर पनि बुझ पचाएको देखिन्छ।

अरुको नक्कल गरेर, नेपालको वास्तविक धरातल नबुझेर समाजले सहज रुपमा ग्रहण गर्न नसक्ने अव्यावहारिक कुराहरु थोपर्दै जाने हो भने समाजमा विचलन आउँछ। अपराध नियन्त्रणका लागि समाजमा आइरहेका यस्ता परिवर्तन र घटनाहरूको निरन्तर अध्ययन गर्नु जरुरी छ। अध्ययनले नै यसको नियन्त्रण र सुधारका लागि रणनीति बनाउन सहज हुन्छ।

- ठकुरी नेपाल प्रहरीका पूर्वनायव महानिरीक्षक (डीआईजी) हुन्।

प्रकाशित मिति: शनिबार, असार १९, २०७८  १४:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त मल्ल ठकुरी
नेपाल प्रहरीका पूर्वडीआइजी
लेखकबाट थप
सुपारीको नेपाल यात्रा
ढुंगा हान्नु पर्छ
नेताहरुले खिल्ली उडाएको कुटनीति र देशको स्वाभिमान
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म बुधबार, असोज ७, २०८३
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त बुधबार, असोज ७, २०८३
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए बुधबार, असोज ७, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? बुधबार, असोज ७, २०८३
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्