• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, साउन १०, २०८३ Sun, Jul 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

बढ्दो अपराध नियन्त्रण हुन नसक्नुका ७ कारण

64x64
हेमन्त मल्ल ठकुरी शनिबार, असार १९, २०७८  १४:५६
1140x725

पछिल्लो पाँच वर्षको अपराध तालिका हेर्ने हो भने हत्या र आत्महत्याका घटनामा लगातार वृद्धि भएको देखिन्छ। यसले दिने अर्थ झन् गम्भीर छ। किनभने घर भनेको कुनै पनि व्यक्तिको सबभन्दा सुरक्षित ठाउँ हो। तर, घरभित्रै अनि परिवारका सदस्यबाटै हुने हत्याका घटना बढ्दै जाँदा अब कहाँ गएर सुरक्षित हुने हो भन्ने प्रश्नचिन्ह खडा भएको छ। यसलाई कसरी नियन्त्रण गर्ने भन्नेबारे बेलैमा सोच्नुपर्ने भएको छ।

यो कति गम्भीर कुरा हो भने यसले परिवारभित्रै एकअर्काबाट असुरक्षित महसुस गर्न थालेपछि पारिवारिक र सामाजिक संरचना नै बिथोलिन सक्ने भय बढेको छ। यो किन पनि डरलाग्दो छ भने भात काँचो भएको, तरकारी मिठो नभएको जस्ता स–साना विषयलाई लिएरसमेत परिवारका सदस्यबाट हत्या भएको देखिन्छ।

त्यसैगरी विगत पाँच वर्षमा आत्महत्या पनि बढ्दै गएको देखिन्छ। आफ्नो र आफ्नो परिवारका सदस्यको भविष्य अन्धकार देखेर बच्चालाई समेत सँगै लिएर समेत आत्महत्या गरेका घटनाबाट अवस्था कति विकराल हुँदै गएको छ भनेर सजिलै बुझ्न सकिन्छ। 

पछिल्लो समय महिलामाथिका अपराधका घटनामा कमी हुनुको कारण चाहिँ कोरोना महामारी हो भन्न सकिन्छ। नभए सबैखाले अपराध बढिरहेका छन् र ती घटनामा परिवार र परिवारका सदस्यको संलग्नता पनि बढ्दै जानु भनेको डरलाग्दो अवस्था हो।

माओवादी द्वन्द्वको ‘बाइप्रडक्ट’
पछिल्लो समय नेपाली समाज र त्यसम पनि परिवारहरुको संरचना बिथोलिएको छ। समाज आक्रामक र उत्तेजक भएको छ। हातहतियारको मात्र के कुरा, दैनिक प्रयोगमा आइरहने घरेलु साधन पनि अपराधका साधन भएका छ्न। मुलुकमा १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्वले जातीय तथा सामाजिक विषयमा समाजलाई बिथोल्ने काम गर्यो। हत्या, हिंसा भयो र ठूलो संख्यामा नेपालीहरु देश भित्रै र बाहिर समेत विस्थापित भए। त्यसले समाजलाई असहनशील र उत्तेजक बनाउन भुमिका खेलेको छ। कतिसम्म भने समाजभित्र हतियारको प्रयोग कुनै न कुनै हिसाबले सहज र स्वीकार्य बनेको छ। भन्नुको तात्पर्य समाज विस्तारै अपराधीकरणको बाटोमा अग्रसर हुँदै गएको छ। 

अध्ययन नगर्ने बानी
कुनै पनि समस्याको कारण पहिचान तथा त्यो समस्याको समाधान र नियन्त्रणको बाटो अध्ययनले देखाउने हो। नेपालमा सानो स्तरमा स्रोत र विज्ञताबिना नै प्रहरीले अध्ययन गर्दै आएको छ। यो आफैमा सम्पूर्ण होइन। सरकारले वर्षमा कम्तीमा पनि एक पल्ट अपराधबारे विज्ञहरु सम्मिलित टोलीबाट विस्तृत अध्ययन गर्न जरुरी छ। त्यसबाट आएका सुझावलाई आधार बनाएर काम गर्दा र त्यसअनुसार इन्टरभेन्सन गर्दा मात्र त्यसले केही हदसम्म सकारात्मक नतिजा ल्याउन सक्छ।

त्यसैगरी समाजसँग जोडिएका विभिन्न विषयबारे सम्बन्धित मन्त्रालय र विभागहरुले पनि अध्ययन गर्न जरुरी छ। त्यसो हुन सक्दा समाजका विभिन्न पक्षमा आएका परिवर्तन र समस्याको अद्यावधिक जानकारी हासिल हुनसक्छ। 

सुरक्षा निकायको मानसिकता
हाम्रा सुरक्षा निकायहरुको जिम्मेवारी संविधान र कानूनबाट निर्दिष्ट छ। कानूनले नै जिम्मेवारी तोकेको भए पनि परिस्थिति आफ्नो अनुकुल हुँदा सुरक्षा निकायहरुले नै एक अर्काको क्षेत्राधिकारमा हस्तक्षेप गर्ने, अर्काको जिम्मवारी खोस्नसमेत प्रयत्न गर्ने घटनाक्रम हुँदै आएको पाइन्छ।

nimb
nimb
Ncell 2
Ncell 2

अर्को कुरा हो, भिन्न दुई मुलुकका सुरक्षा निकायबीचको सम्बन्ध। राजनीतिक सम्बन्ध एउटा कुरा हो, अपराध नियन्त्रणका लागि दुईवटा देशका सुरक्षा निकायबीच पनि सम्बन्ध हुने गर्छ। किनभने कामका हिसाबले अपराध नियन्त्रण एउटा विशुद्ध प्राविधिक काम हो। दुनियाँका धेरै देशमा राजनीतिक खिचातानीका बीच पनि सुरक्षा निकायहरुले आफ्नो काम गरिरराखेका हुन्छन्। त्यो काममा सरकारले हस्तक्षेप गर्दैन। संविधान, एन र नियमबाट सुरक्षा निकायले पाएका जिम्मेवारीमा हस्तक्षेप हुन थाल्यो भने हरेक कुरामा ‘माथि’को आदेश पर्खने या कामै नगर्ने मानसिकता बन्न थाल्छ। यसबाहेक सुरक्षा निकायमा आफ्नो व्यक्तिगत स्वार्थमात्र हेर्ने मानसिकता पनि हदैसम्म चुलिएको छ। त्यस्तो मानसिकता अर्थात् आफ्नो व्यक्तिगत स्वार्थका लागि जे गर्न पनि पछि नपर्ने सुरक्षा निकाय स्वयम् पनि यसमा जिम्मेवार छन्।

सामाजिक सञ्जालको असर र प्रभाव
पछिल्लो समय सामाजिक सञ्जालको प्रभाव यति बढिसकेको छ कि कोही पनि त्यसबाट अछुतो रहन सक्ने अवस्था छैन। कुनै कुनै सामाजिक सञ्जाल राम्रा पनि छन् र सन्देशमुलक छ्न्। तर, धेरैजसो सामाजिक सञ्जालमा बनाईएका कार्यक्रम, सन्देश समाज, सरकारी निकायप्रति वितृष्णा र अनास्था फैलाउने र समाजलाई भाँड्ने खालका पनि छन्। नेता र राजनीतिक दलले एक अर्कालाई खुइल्याउन र बदनाम गर्न सामाजिक सञ्जालकै प्रयोग गरेको तथ्य पनि कतैबाट छिपेको छैन।

इन्टरनेट दुनियाँमा युट्युबको आफ्नै संसार छ। यसका आफ्नै ‘सुपरस्टार’ छ्न्। जसले भ्रमको खेती गरिराखेका छन्। उनीहरुले आफ्नै यस्तो धारणा र मान्यता स्थापित गरेका छ्न् जुन समाज र नयाँ पुस्ता गलत सुचना दिएर विष भर्ने काममा केन्द्रित छन्। समयमा यसलाई नियन्त्रण गर्न जरुरी छ।

तथाकथित नागरिक समाज र सामाजिक अभियन्ता 
पछिल्लो समय यता नागरिक समाज र सामाजिक अभियन्ताका प्रसंग निकै चर्चामा छन्। आफूलाई अभियन्ता भन्नेहरुमध्ये केहीले रचनात्मक काममार्फत् समाजलाई सुसूचित गर्ने प्रयत्न पनि गरिरहेका छन्। तर, पछिल्लो समय केही ‘नयाँ नश्ल’का अभियन्ता र नागरिक समाजको पनि समाजमा बिगबिगी छ। त्यस्ता तथाकथित अभियन्ता र नागरिक समाजबाट समाजमा फोहोरी, आपत्तिजनक र समाजलाई नै भड्काउने खालको सन्देश प्रेषित भइराखेको छ। उनीहरुका हर्कत् यस्ता छन् कि समाजमा त्यही कुरा सही हो भन्ने डरलाग्दो मान्यतासमेत स्थापित हुनथालेको छ।

त्यस्ता व्यक्ति र समूह राजनीतिक दल र कतिपय विदेशी मुलुक तथा दातृसंस्थाबाट सञ्चालित रहेको आरोप पनि लाग्दै आएको छ। यसलाई नियन्त्रण गर्न जरुरी छ। राजनीतिक दलहरुले यिनीहरुबाट आफुलाई टाढा राख्न सक्नुपर्छ। किनभने यी अभियन्ताहरु गोयबल्स्लाई पनि माथ गर्ने खालका छन्। यस्ता व्यक्तिहरुले आफ्नो स्वार्थअनुसार छिनछिनमै कित्ता फेर्न सक्छन् र कुनै दिन आफूलाई संरक्षण दिने दल र नेतालाई नै डुबाइदिन सक्छन्।

उनीहरुको उद्देश्य नै झुटो र भ्रमित सन्देश पैषित गरेर समाजलाई उत्तेजित गर्ने, सामाजिक सद्भाव बिथोल्ने, परिवारमा विग्रह ल्याउने र त्यसैगरी समाजलाई पनि विभाजित गर्ने हुनेगर्छ। यस्तो गर्नु भनेको समाजलाई गलत बाटोमा डोर्‍याउनु हो। 

'राजनीति'का लागि राजनीति
राजनीति सबै नीतिहरुको पनि नीति अर्थात् मूलनीति हो र यो ठीक भएमा धेरै कुरा ठीक हुन्छ। धेरै कुरा नियन्त्रणमा हुन्छ। तर, दुई पटक भएका जनआन्दोलनपछि नेपालमा राजनीति मात्र ‘राजनीति’ भइरहेको छ। यस्तो राजनीति कि हरेक क्षेत्रमा राजनीतिक हस्तक्षेप छ। कर्मचारीतन्त्रले स्वतन्त्र रुपले काम गर्न नपाउँदा आफूलाई प्राप्त जिम्मेवारी सही ढंगले बहन गर्न सकेको छैन।

यसकै असर अपराध अनुसन्धान र नियन्त्रणमा परेको छ। सेवा प्रवाहमा पनि त्यसकै असर छ। यतिसम्म कि राजनीति र अपराध एकै सिक्काका दुई पाटा हुन् भन्ने बहसले समाजमा व्यापकता पाएको छ। नीतिगत तहमा भष्टाचार अचाक्ली बढ्यो भनेर ट्रान्सपरेन्सी इन्टरनेशनलले समय–समयमा भनिरहेकै छ। उसले यस्तो प्रतिवेदन नै सार्वजनिक गरिरहेको छ। 
सत्तारुढ वा शक्तिशाली पार्टीनजिक हुनेले अपराध र भ्रष्टाचारबाट उन्मुक्ति पाएको भनेर सञ्चारमाध्यमहरुले नै बारम्बार प्रमाणसहित सार्वजनिक गरिरहेका छन्। तर, त्यसको कुनै असर परेको छैन। राज्यसञ्चालनमा राजनीति हाबी भएमा अन्ततः हुने यही नै हो।

सहनशील तर नक्कल गरेर छिटो दौडिने समाज
कोभिड महामारीका कारण घरमा थुनिएर बस्दा पनि नबोल्ने सहनशील समाज हो यो। आफूमाथि थिचोमिचो हुँदा पनि सहेरै बस्ने समाज हो यो। नेपाली समाज आफैमा सहनशील छ। तर, त्यो सहनशीलताले सिमा नाघ्यो भने उथलपुथल नै हुनेगरी विरोधमा निस्कने गरेका उदाहरण पनि छन्।

अहिले समाजमा राजनीति र नेताहरुप्रति हदैसम्मको वितृष्णा चुलिएको छ। व्यवस्थासँग समाज रिसाएको छ। अर्थात् समाजमा असन्तुष्टि र आक्रोश विष्फोट हुने तहमा पुगेको देखिन्छ। जुन समाज सरकारसँग असन्तुष्ट हुन्छ, त्यस्तो समाज उत्तेजक हुन्छ, असहनशील हुन्छ र त्यस्तो समाजमा अपराध पनि सामान्य हुन्छ। 

संविधान बनाउँदा होस् या अरु कानुन निर्माण गर्दा, हामीले विदेशीको नक्कल धेरै गर्यौं। त्यसरी नक्कल गर्नेक्रममा विदेशी स्वार्थ पनि हाबी हुनपुग्छन्। त्यसरी बनाएका कानुन व्यावहारिक हुँदा रहेनछन् भन्ने पनि अब स्थापित हुँदै गएको छ। यसरी नक्कल गरेर व्यावहारिकताबारे सोच्दै नसोच्ने र हतारिएर गरिएका अर्कै धरालतबाट नक्कल गरेर ल्याइएका परिवर्तन दिगो पनि हुँदैनन्। त्यसले परिवार, समाज र राज्य सबैतिर बिचलन ल्याउँछ। झन् माओवादीले त मार्क्स, एंगेल्स्का ठेली पढेर अग्रगामी छलाङको कुरा गर्यो र त्यहीअनुसार समाजलाई उद्धेलित बनायो। यसले कसैको स्वार्थपूर्ति त गर्ला तर, दीर्घकालमा कस्तो सामाजिक विचलन निम्त्याउँछ, तयो विचलनबाट नै अपराधमा वृद्धि हुन्छ भनेर बुझ्न चाहेको देखिन्न या बुझेर पनि बुझ पचाएको देखिन्छ।

अरुको नक्कल गरेर, नेपालको वास्तविक धरातल नबुझेर समाजले सहज रुपमा ग्रहण गर्न नसक्ने अव्यावहारिक कुराहरु थोपर्दै जाने हो भने समाजमा विचलन आउँछ। अपराध नियन्त्रणका लागि समाजमा आइरहेका यस्ता परिवर्तन र घटनाहरूको निरन्तर अध्ययन गर्नु जरुरी छ। अध्ययनले नै यसको नियन्त्रण र सुधारका लागि रणनीति बनाउन सहज हुन्छ।

- ठकुरी नेपाल प्रहरीका पूर्वनायव महानिरीक्षक (डीआईजी) हुन्।

प्रकाशित मिति: शनिबार, असार १९, २०७८  १४:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त मल्ल ठकुरी
नेपाल प्रहरीका पूर्वडीआइजी
लेखकबाट थप
सुपारीको नेपाल यात्रा
ढुंगा हान्नु पर्छ
नेताहरुले खिल्ली उडाएको कुटनीति र देशको स्वाभिमान
सम्बन्धित सामग्री
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले देशमा आपतकाल घोषणा गर्दै भारतलाई खुला जेलजस्तै अवस्थामा पुर्‍याइन्। आखिर आपतकाल कसरी घोषणा भ... शनिबार, साउन ९, २०८३
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन रावणका दश शिरलाई धेरैले मानवका दश अवगुणको प्रतीक मान्छन्। ती हुन्, काम, क्रोध, लोभ, मोह, मद (घमण्ड), मत्सर, अहंकार, स्वार्थ, अन्याय... सोमबार, असार २९, २०८३
नेपालको राजनीतिमा जवाफदेहिताको संकट फरक समय, फरक दल र फरक पात्र भए पनि विवादको व्यवस्थापन गर्ने तरिका भने आश्चर्यजनक रूपमा समान देखिन्छ। आरोप लाग्ने, छानबिन समिति बन्ने... शुक्रबार, जेठ २९, २०८३
ताजा समाचारसबै
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति शनिबार, साउन ९, २०८३
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? शनिबार, साउन ९, २०८३
कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा शनिबार, साउन ९, २०८३
भारतीय शिक्षामन्त्री प्रधानको राजीनामापछि जन्तर-मन्तरमा खुसीयाली, प्रधानले के भने? शनिबार, साउन ९, २०८३
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा शनिबार, साउन ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ शुक्रबार, साउन ८, २०८३
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी शुक्रबार, साउन ८, २०८३
२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन, हिंसामा नउत्रिन आग्रह शुक्रबार, साउन ८, २०८३
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना शनिबार, साउन ९, २०८३
वर्षा-पहिरोले नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध शुक्रबार, साउन ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
अमेरिकाले आफूविरुद्धको आक्रमण नरोकेपछि इरानले कुवेत र जोर्डनमाथि खसाल्यो मिसाइल र ड्रोन शनिबार, साउन २, २०८३
अल्टिमेटम दिँदै इतर पक्षले तय गर्‍यो राष्ट्रिय भेलाको मिति बुधबार, साउन ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्