चुनाव आउँदै छ
सुपारीले
नेपाल घुम्ने निम्तो पाएको छ
जहाज चढेर खुरुक्क आए हुने
पानी जहाज र ट्रक चढेर
भारत हुँदै नेपाल आउने रे
भारत हुँदै नेपाल आएर
फेरि भारतै जाने रे
त्यो पनि लुकेर
बोरामा
पोका पुन्तुरामा
गाडामा
ट्रक, ट्रयाक्टरमा
नेपाल प्रहरी, सशस्त्र प्रहरीसँग
कहीँ अंकमाल गर्दै
कतै लुकामारी खेल्दै
भ्रमणमा के का लागी
भनेको त
चुनाव ताका
सुपारी लाई निम्ताउने चलन रहेछ
छोकडा, मरिच, केराउ, ल्वाङ
पनि बिस्तारै
फुर्सदमा आउँदा रहेछ्न
आएको थाहा पाएर
चित्त न बुझेका कराउँदा रहेछन्
पत्रिकामा छाप्दा रहेछन्
निम्ता पठाउनेको
छि छि हुँदो रहेछ
इज्जत हुनेको पो बेइज्जत हुन्छ
सुपारी आए चुनावको रौनक
अर्कै हुंदो रहेछ
चुनाव जित्ने पैसा सुटकेस, बोरा
भरी भरी आउँदो रहेछ
चुनाव मात्रै होइन
आफ्नो व्यवस्थासमेत
उकासिँदो रहेछ
सुपारी भ्रमणले
पार्टी सत्तामा पुग्दो रहेछ
सत्तामा पुगेपछिको चर्तिकला
फेरि बेग्लै छ
यस्तै हो बीच बीचमा
सरकारी निम्तामा आउनै पर्छ
माहौललाई तरंगित गर्नै पर्छ
अर्थव्यवस्था थोरै भए पनि
चलायमान गर्नै पर्छ
आँट छ भने
रोकेर देखाऊ
नत्र चुपचाप बस
होइन भने त्यही सुपारीले
प्वाक्क दिउँला।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।