• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन ३०, २०८२ Sat, Mar 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

उपाधि दाबेदार इटाली र बेल्जियमको क्वार्टरफाइनल भिडन्त

64x64
नेपाल लाइभ शुक्रबार, असार १८, २०७८  १८:१७
1140x725

काठमाडौं- फिफा वरीयताअनुसार विश्व फुटबलमा नम्बर १ टोलीका रूपमा परिचित बेल्जियमलाई अहिले स्वर्णिम पुस्ताको साथ छ।

बेल्जियमको अहिलेको टोलीमा प्रतिभाको कुनै कमी छैन। टोलीमा थियाबट कोर्टवा, टोबी एल्डरवेल्ड, थोमस भेर्माएलन, भेट्रोगन, थोर्गन हाजार्ड र एक्सेल विट्सेल मात्र होइन, एडिन हाजार्ड, केभिन डी ब्रुएने र रोमेलु लुकाकुजस्ता प्रतिभावान खेलाडी पनि छन्।  

तर, यी खेलाडी धेरै दिनसम्म टोलीमा रहने छैनन्। पोर्चुगलविरुद्ध खेलेका बेल्जियमका सुरुआती-११ खेलाडीको औसत उमेर ३० वर्ष १ ४८ दिन थियो। यो उमेरको टोली जारी युरोकपमा सहभागी टोलीमध्ये सबैभन्दा पाको उमेरको टोली पनि हो।

यसअघि सन् २०१६ को युरोकपमा बेल्जियमलाई वेल्सले क्वार्टरफाइनलभन्दा अघि बढ्न दिएन। २०१८ को विश्वकपको सेमिफाइनल पुगेको बेल्जियम त्यसबेला च्याम्पियन फ्रान्ससँग हारेको थियो। विडम्बना, विश्वकै शीर्ष स्थानमा रहेको टोलीको स्वर्णिम पुस्तासँग देखाउनका लागि भने कुनै उपाधि हात परेको छैन।

यसपालिको युरोकप २०२० मा उसलाई त्यो उपाधि हात पार्ने मौका मिलेको छ। बेल्जियमले गत आइतबार राति साबिक विजेता पोर्चुगललाई अन्तिम १६ मा पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको छ। 

मुख्य प्रतियोगिता विश्वकप र युरोकपमा यो उसको लगातार दोस्रो पटक पाँचौँ जित हो। यसअघि पनि रोबर्टो मार्टिनेजको नेतृत्वमा बेल्जियमले लगातार पाँच खेलमा जित हात पारिसकेको छ।

एकसे एक खेलाडी भए पनि उपाधि उचाल्न नसकेको बेल्जियमले अब सेमिफाइनमा प्रवेशका लागि अर्को दाबेदार टोली इटालीको सामना गर्नेछ। शुक्रबार राति पौने एक बजे यी दुवै टोली सेमिफाइनल प्रवेशका लागि भिड्दै छन्।

इटाली त्यही टिम हो जसले पछिल्ला ३१ खेलमा हार व्यहोरेको छैन। अन्तिम १६ को खेलमा इटालीले अस्ट्रियालाई अतिरिक्त समयमा २-१ ले हराएर आफ्नो अपराजित खेलको यात्रा ३१ पुर्याएको थियो। 

Ncell 2
Ncell 2

इटालीलाई क्वार्टरफाइनल पुर्‍याउन फेड्रिको चिएसा र म्याटिओ पेसिनाले गोल गरेका थिए। 

चोटले पिरोलेको बेल्जियम
बेल्जियमलाई सेमिफाइनल यात्रा तय गर्ने हो भने स्टार खेलाडी केविन डी ब्रुएने र एडिन हाजार्डको साथ अपरिहार्य हुनेछ। 

तर, चोटका कारण उनीहरू खेल्ने अझै निश्चित भइसकेको छैन। डी ब्रुएनेले पोर्चुगलविरुद्ध दोस्रो हाफको सुरुमै खुट्टाको चोट बोकेर मैदान छाडेका थिए। कप्तान हाजार्डले भने खेलको अन्त्यतिर ह्याम्सट्रिङ इन्जुरी बोकेका थिए। 

फुटबल समर्थकहरू उनीहरूको अनुपस्थिति बेल्जियमका लागि ठूलो समस्या हुनसक्ने बताउँछन्। 

गत बुधबार दुवै खेलाडी अभ्यासमा पनि सहभागी भएनन्। तर, बेल्जियमको चिकित्सकीय टोलीले इटालीविरुद्धको खेलका लागि उनीहरूलाई तयार पार्न लगातार प्रयास गरिरहेको छ। प्रशिक्षक रोबर्टो मार्टिनेजले दुवै खेलाडी खेल अगाडि शतप्रतिशत तयार नहुने स्पष्ट पारिसकेका छन्। 

‘इटालीविरुद्धको खेलमा यी दुई खेलाडी उत्रने छन् वा छैनन् भन्ने कुरा फिटनेस नतिजामा निर्भर हुनेछ। यद्यपि, यी दुबै खेलाडीलाई खेलाउने प्रयास भने हाम्रो रहनेछ’, मार्टिनेजले भने। 

उनीहरूको अनुपस्थितिमा मार्टिनेजलाई अर्को विकल्प खोज्नुपर्ने हुन्छ। यस्तोमा एटलेटिको मड्रिडका यानिक कारास्कोले हाजार्ड र नेपोलीका फरवार्ड ड्रिज मार्टेन्स्ले डी ब्रुएनेको स्थान लिनसक्ने सम्भावना छ। 

यद्यपि, इटालीले सुरुआती मिनेटदेखि नै आक्रमणको प्रयास गर्ने र यो टिमको बनावट आफैंमा मजबुत भएको मार्टिनेज स्वीकर्छन्। बेल्जियमले यस्तोमा काउन्टर आक्रमण बुन्ने हो भने डी ब्रुएनेको उपस्थिति अनिवार्य जस्तै हुनेछ । 

कीर्तिमानी इटाली
पछिल्लो पटक २०१८ सेप्टेम्बरमा युइएफए नेशन्स लिगको समूह चरणमा पोर्चुगलसँग १-० ले पराजित भएको थियो इटाली। त्यसयता रोबर्टो मान्सिनीको प्रशिक्षणमा रहेको यो टोलीले कुनै खेल हारेको छैन।  

युरोकपमा समूह चरणमा शतप्रतिशत नतिजा निकालेको इटालीलाई अन्तिम ८ मा पुग्न भने संघर्ष गर्नुपर्यो। अन्तिम १६ मा इटालीले अस्ट्रियामाथि अतिरिक्त समयमा २-१ को निकै संघर्षपूर्ण जित निकालेको थियो।  

तीन खेलमा ७ गोल गरेको इटालीले त्योभन्दा अगाडि कुनै गोल खाएको थिएन। युरोकपको समूह चरणमा गोल नखाने दुई टोली हुन् इटली र इङ्ल्यान्ड। 

चार पटकको विश्वविजेता इटालीले यो प्रतियोगितामा आफ्नै कीर्तिमानसमेत तोडेको छ। अष्ट्रियाविरुद्ध युरोकपको अन्तिम १६ को खेल जितेर उसले १९३० को दशकमा कोरिएको आफ्नै कीर्तिमान भंग गर्यो। 

१९३५ देखि १९३९ सम्म पनि इटाली ३० खेलसम्म अपराजित थियो। त्यतिबेला इटालीका प्रशिक्षक थिए भिट्टोरियो पोज्जो। त्यस अवधिमा इटालीले १९३८ को विश्वकप उपाधि र १९३६ को ओलम्पिक खेलकुदमा स्वर्ण पदक जितेको थियो। 

त्यसपछि १९६८ मा युरोकपको विजेता इटाली सन् २००० र २०१२ मा उपविजेता बनेको थियो। पाँच वर्षअघि फ्रान्समा भएको युरोमा भने इटाली क्वार्टरफाइनलबाटै बाहिरिएको थियो।

अब हार्नु भनेको इटाली क्वार्टरफाइनलबाटै घर फर्कनु हो। त्यसैले इटाली कुनै हालतमा हार्न चाहँदैन। त्यसैले प्रशिक्षक मान्सिनीले यसलाई निरन्तरता दिन उत्तिकै बलियो टिम मैदानमा उतार्नुपर्ने छ।  

उनका लागि प्रमुख रोजाइ हुनेछन् जर्जिन्हो, फेडेरिको चिएसा र चिरो इमोबाइल। तर, जर्जिन्हो भने यो खेल रोमाञ्चकका साथै कठिन हुने आकलन गर्छन्। 

‘बेल्जियम आफैंमा उत्कृष्ट टिम हो। त्यसमाथि डी ब्रुएने छन्। उनको उपस्थितिले खेलमा धेरै फरक पार्न सक्छ। हामीले उनलाई रोक्नैपर्छ। उनलाई रोक्न सके खेल रोमाञ्चक हुन्छ,’ उनी भन्छन्।

यता, इटालीका विंगर चिएसा बेल्जियमसँग कुनै डर नभएको बताउँछन्। ‘अहिले इटालीको टिममा निकै उत्साह छ। यो प्रदर्शनका लागि टिमको प्रशंसा पनि हुनुपर्छ। यसको मुख्य जिम्मेवार प्रशिक्षक नै हुन्। उनले टिमलाई अब्बल दर्जाको बनाएका छन्। त्यसैले बेल्जियमसँग खेल्न कुनै डर छैन।’ 

प्रकाशित मिति: शुक्रबार, असार १८, २०७८  १८:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेकपा जिम्मेवार प्रतिपक्षको भूमिकामा रहने
धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको रिटमा सुनुवाइ सकियो
कांग्रेसले २० समानुपातिक सांसदको नाम भोलि आयोगमा बुझाउने
सम्बन्धित सामग्री
नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्ने नेपालले पछिल्लो पटक सन् २०२५ मा हंङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसअघि नेपाल र हङकङ ३७ वर्ष अगाडि एएफसी एसिया कप छनोटमा भिडे... बुधबार, फागुन १३, २०८२
साफ यु-१९ च्याम्पियनसिपमा नेपालले भुटानलाई हरायो पोखरा रंगशालामा आज भएको दोस्रो खेलमा नेपालले भुटानलाई २-१ गोलले हराएको हो । सोमबार, माघ १९, २०८२
साफ महिला च्याम्पियनसिप : आज नेपालले भुटानसँग भिड्दै पहिलो खेल बंगलादेश र भारतकाबीच मध्यान्ह १२ बजे सञ्चालन हुनेछ । सोमबार, माघ १९, २०८२
ताजा समाचारसबै
नेकपा जिम्मेवार प्रतिपक्षको भूमिकामा रहने शुक्रबार, फागुन २९, २०८२
धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
कांग्रेसले २० समानुपातिक सांसदको नाम भोलि आयोगमा बुझाउने शुक्रबार, फागुन २९, २०८२
पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीलाई पितृ शोक शुक्रबार, फागुन २९, २०८२
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
चुनावी समीक्षा बैठकमा ढलेका एमाले नेता कृष्ण थापाको निधन बिहीबार, फागुन २८, २०८२
ओलीप्रति एमाले नेताको  व्यङ्ग्य: सबै ठीक छ महाराज ! बिहीबार, फागुन २८, २०८२
कांग्रेसले २० समानुपातिक सांसदको नाम भोलि आयोगमा बुझाउने शुक्रबार, फागुन २९, २०८२
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा बिहीबार, फागुन २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्