काठमाडाैं- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले युएईका क्रिकेटरद्वय अमिर हायात र अश्फाक अहमेदलाई सबै खाले प्रतियोगितामा प्रतिबन्ध लगाएको छ।
आईसीसीले बिहीबार एन्टी करप्सन नियम उल्लघंन गरेको भन्दै उनीहरुलाई आठ वर्ष प्रतिबन्ध लगाइएकाे जनाएको छ।
आईसीसीले दुबै खेलाडीलाई गत वर्षको भदौमा अस्थायी निलम्बन गरेको थियो।
यसअघि गत वर्ष अक्टोबरमा आईसीसी पुरुषको टी २० विश्वकप क्वालिफायरको बेला एमिरेट्स क्रिकेट बोर्डले पनि अश्फाकलाई निलम्बन गरेको थियो।
उनीहरुको प्रतिबन्ध २०२० को सेप्टेम्बर १३ बाट सुरु भएको आईसीसीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।