• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओलीको ‘अधिकतम एकता’ रणनीतिलाई माधव नेपालकै मलजल !

64x64
डिबी खड्का बिहीबार, असार १७, २०७८  २०:११
1140x725

काठमाडौं– नेकपा एमालेको ‘पूर्ण एकताका लागि’ अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल, दुवै पक्षका दोस्रो तहका नेताहरु निरन्तर वार्तामा छन्। आइतबारदेखि नियमित संवाद गरिरहेका उनीहरुले बिहीबार बिहान पनि छलफल गरे। तर, वरिष्ठ नेता नेपाल कुनै हालतमा पार्टीमा फर्किन नचाहेको निष्कर्ष निकाल्दै ओली पक्ष बुधबारदेखि फरक तरिकाले अगाडि बढेको छ। 

प्रधानमन्त्री तथा अध्यक्ष ओलीनिकट एक नेताका अनुसार अबको लक्ष्य ‘अधिकतम एकता’ हो। ‘अधिकतम एकता’ रणनीतिको बेलिविस्तार लगाउँदै उनले भने, ‘एमालेमै रहन चाहने नेपाल पक्षमा रहेका साथीहरुलाई लक्ष्य गरेर पछि हट्ने तर, नेपालले भनेअनुसार नै नगर्ने।’ नेपाल र वरिष्ठ नेता खनालको पक्षमा रहेका धेरै भन्दा धेरै नेता कार्यकर्ताहरुलाई तान्नका लागि विघटित दशौं महाधिवेशन आयोजक कमिटीले कारबाही फिर्तालगायतको निर्णय गरेको बताइएको छ।

नेपालसँग हाराहारीको सम्झौता नगर्ने 
अहिले एमालेका दुवै पक्षका दोस्रो तहका नेताहरु छलफलमा छन्। त्यही छलफल र नेपाल पक्षका नेताहरुको एकताको ‘स्पिरिट’को सम्मान गर्दै ओलीले कारबाही निष्प्रभावी हुने निर्णय गरेको ओली पक्षको दाबी छ। बुधबारको महाधिवेशन आयोजक कमिटीको बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले यसबारे जानकारी दिँदै भनेका थिए, ‘२०७८ वैशाख १२ गते दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको तेस्रो बैठक र जेठ १० गते बसेको स्थायी कमिटीको सातौं बैठकले पार्टीका कतिपय नेता तथा कार्यकर्तामाथि कारबाही गरिएको अवस्था थियो। महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरित गर्ने यो निर्णयसँगै त्यो कारबाही निष्प्रभावी भएको छ। अब त्यो कारबाहीको कुनै सन्दर्भ रहेन।’ 

यो  निर्णयले कार्यकर्तामाझ ओली लचिलो भएको सन्देश प्रवाह हुने आकलन ओली पक्षको छ। तर, अदालतले नै दशौं महाधिवेशन आयोजक कमिटी अवैधानिक बताइदिएपछि उक्त कारबाहीको औचित्य नै सकिइसकेको नेपाल पक्षले बुझेको छ। त्यसैले नेपाल पक्षले यो निर्णयलाई सहमतिको वातावरणका लागि बढाइएको हातका रुपमा लिएको छैन। 

अध्यक्ष ओलीको अहिलेको चाहना नेपालसँग सहमति गर्ने रहेको छैन। ओली पक्षका एक नेता भन्छन्, ‘अहिलेसम्म नेपालसँग एउटै पानामा दुईतिर हस्ताक्षर गरेको डकुमेन्ट एमालेको इतिहासमा रहोस् भन्ने चाहना ओलीको छैन। एकता नै हुने अवस्थामा पनि दोस्रो तहका वार्तामा सक्रिय नेताहरुले त्यहीँबाट टुंग्याऊन् भन्ने चाहनुहुन्छ।’ एकता हुने वातावरण बन्यो भने वार्ता गरिरहेका दुवै पक्षका नेताहरुले सहमति पत्रमा हस्ताक्षर गरुन् भन्ने ओलीले चाहेका छन्। 

बुधबारको बैठकलाई सम्बोधन गर्दै उनले यतैतर्फ संकेत गरेका थिए। उनले दुनियाँमा कहीँ पनि पार्टीभित्र सम्झौताको परिकल्पना नगरिने बताएका थिए। 

उनले जब पार्टीभित्र सम्झौता हुन थाल्छ, त्यो अस्वस्थताको पराकाष्ठा हो भनेर बुझ्नुपर्ने बताए। ओलीले त्यसक्रममा भने, ‘जब पार्टीभित्र सम्झौता हुन थाल्छ, त्यो अस्वस्थताको पराकाष्ठा हो भन्ने बुझ्नुपर्छ। पार्टी विधिबाट चलिरहेको छैन भन्ने कुरा बुझ्नुपर्छ। पार्टीभित्र छलफल हुन्छ। निर्णय हुन्छ। निर्णय अनुसार अगाडि बढिन्छ।’

यसअघि आफू केही लचिलो भएको बताउँदै अब आफू त्यसरी अघि नबढ्ने संकेत पनि सम्बोधनका क्रममा ओलीले गरेका थिए। ‘पार्टीको भविष्यलाई राष्ट्रिय भविष्यसँग जोडेर हेर्नुपर्ने अवस्था आयो। केही अस्वस्थ कुराहरूलाई, अनुचित कुराहरूलाई स्वीकार गर्यौं। पार्टीको एकता जोगाउँ भनेर लचिलो भयौं। पटक–पटक सम्झौता गर्‍यौं,’ उनले भनेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

नेपाल चुनावसम्मै कांग्रेससँग रहने विश्लेषण
वरिष्ठ नेता नेपालले विपक्षी गठबन्धनका दलहरु नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग चुनावसम्मकै लागि गठबन्धन गर्ने पक्का सहमति गरेको ओली पक्षको विश्लेषण छ। ओली पक्षका एक नेताको दाबी छ, ‘आगामी निर्वाचनमा नेपाल पक्षका लागि १५ देखि १७ सिट प्रत्यक्षमा सुनिश्चित गरिदिने कांग्रेस र माओवादीसँग सहमति भइसकेको छ।’ 

त्यो सहमति नेपालबाहेक भीम रावललगायत जम्मा ६ जना नेपाल पक्षका नेताको जानकारीमा रहेको ओली पक्षको दाबी छ। ओली पक्षसँग वार्ता गरिरहेका नेपाल पक्षका नेताहरुलाई पनि नेपालले शंकाको दृष्टिकोणले हेर्ने गरेकाले विपक्षी गठबन्धनको भित्री सहमति नसुनाएको भन्ने चर्चा ओली पक्षमा हुने गरेको छ। 

ओली रणनीतिमा मलजल पुर्‍याउने ‘मुभ’
एकताका लागि दोस्रो पुस्ताका नेताहरु लगातार छलफलमा रहेका बेला अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच ‘नोकझोक’ चलिरहेको छ। नोकझोक मात्र होइन, एकले अर्कालाई खुइल्याउने प्रयत्न नै भइरहेको छ। यसले वार्ताको वातावरण बिगारेको मात्र नभइ ओलीकै ‘अधिकतम एकता रणनीति’लाई मलजल पुगिरहेको नेपाल पक्षका नेताहरु नै बताउन थालेका छन्। 

आफूले बनाइरहेको वातावरण बिगार्न नेपालले कच्चा टिप्पणी गरेको भन्दै वार्तामा सहभागी नेताहरु समेत रुष्ट बनेका छन्। गत शनिबार राजनीतिक बिटका पत्रकारसँग विपक्षी पाँच दलका नेताहरुले गरेको छलफलका क्रममा नेपालले भने, ‘माधव नेपाललाई प्रधानमन्त्रीको अफर आउँछ होइन कि आइसक्यो। तर, प्रधानमन्त्री भइसकेको माधव नेपाल फेरि प्रधानमन्त्री बन्नलाई धोका दिने मान्छे होइन।’

गठबन्धनलाई धोका नदिने बताउँदै गर्दा ओली पक्षबाट आउँदै नआएको प्रधानमन्त्रीको प्रस्ताव आएको भनेर नेपालले बोल्न नहुने नेपाल पक्षकै नेताहरुको बुझाइ छ। ‘पृथ्वी सुब्बा गुरुङले सञ्चारमाध्यममा राखेका धारणलाई आधार बनाएर टिप्पणी गर्न हुँदैनथ्यो।’

प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधि सभा विघटनविरुद्ध पाँच दलीय गठबन्धनमा रहेको सहभागितालाई नेपाल पक्षका सवै नेताहरुको समर्थन छ। अदालतको मुद्दा प्रक्रिया पूरा नहुन्जेलसम्म गठबन्धनलाई साथ दिने कुरालाई सबैले नै जायज रुपमा लिएका छन्। 

तर, कुनै पनि बेला ओलीले प्रतिनिधि सभा विघटन गर्नु आफ्नो गल्ती रहेको महशुस गरेर एकताका लागि हात बढाउँदा तयार रहनुपर्ने नेपाल पक्षका दोस्रो पुस्ताका अधिकांश नेताहरुको बुझाइ छ। ‘अर्कै पार्टी गठन गरेर होइन, एमालेमै रहेर सत्यलाई स्थापित गर्नुपर्छ,’ वार्तामा सहभागी नेताहरुको साझा दृष्टिकोण छ।

नेपाल पक्षका यसअघिका अधिकांश बैठकमा ती नेताहरुले आफ्नो यो दृष्टिकोण पस्केका छन्। नेपाल पक्षका प्रभावशाली नेतामध्ये एक घनश्याम भूसालले नयाँ पार्टी निर्माण गर्ने नेपालको चाहना हो भने त्यसमा आफू नहुने उक्त समूहका विभिन्न बैठकका क्रममा बताइसकेका छन्। ‘यही अवस्थामा ओली पक्षमा त लाग्दिनँ तर, नेपालको नयाँ पार्टीमा पनि म हुन्न। बरु माक्र्सवादी अध्ययन केन्द्रमै रहेर धेरै भन्दा धेरैलाई माक्र्सवाद पढाउँछु,’ भूसालले भन्ने गरेका छन्।

यसैगरी अर्का स्थायी कमिटी सदस्य गोकर्ण विष्टले नयाँ पार्टी बनाउँदा नेतृत्व पनि नयाँ नै हुनुपर्ने बैठकका क्रममा बताउने गरेको नेपाल पक्षका एक नेता बताउँछन्। उनको भनाइ हुन्छ, ‘म स्थायी कमिटीको दोस्रो कान्छो सदस्यका नाताले प्रस्ताव राख्छु– नयाँ पार्टी बनाउने हो भने ऊर्जावान नयाँ साथीहरुको नेतृत्वमा पार्टी अघि बढाउँ। हामी सहयोग गरौं।’

यसैगरी योगेश भट्टराईले नेपाल पक्षका हरेक भेलामा निरन्तर एमालेमै संघर्ष गर्ने भन्दा पर नसोच्न नेताहरुलाई सम्झाउँदै आएका छन्। नेताहरु सुरेन्द्र पाण्डे, भीम आचार्य पनि एमाले एकताकै लागि सक्रिय भइरहेका छन्। 

नेताहरु घनिभूत छलफलमै रहेका बेला वरिष्ठ नेता नेपाल पक्षका नेपालनिकटस्थ भनेर बुझिएका बेदुराम भूसालले एमाले छाडेको संकेत दिए। स्वतन्त्र सांसद बन्न संसद सचिवालयमा भूसालले दर्ता गराएको पत्रलाई ओली पक्षले नेपालको अर्थपूर्ण ‘मुभ’ ठानेको छ। यसलाई समेत आधार बनाएर नेपालले एमाले बन्न नरुचाएको चर्चा ओलीपक्षले कार्यकर्तामाझ फिजाउन थालेको छ। यसलाई ओलीपक्षले पार्टी फुटाउन उद्दत भएको आरोपलाई पुष्टि गर्ने आधार बनाउन खोजेको देखिन्छ।

यसले ओली पक्षको नेपाललगायत केही नेताहरु नभएको एकता अर्थात् ‘अधिकतम एकता’ रणनीतिलाई मलजल पुर्‍याएको नेपाल पक्षको बुझाइ छ। नेपाल पक्षका एक नेता भन्छन्, ‘नेपालसँग सल्लाह नगरी भूसालले उक्त कदम चालेको हुन् भनेपनि रोक्नुपथ्र्यो। किनभने पार्टी फुटाउन ओलीलाई भन्दा नेपाललाई हतार भएको सन्देश गयो।’

बिहीबार बसेको नेपालपक्षका स्थायी कमिटी सदस्यहरुको बैठकले भने त्यसलाई केही हदसम्म चिर्ने प्रयत्न गरेको छ। बैठकले शुक्रबार ओलीपक्षले बोलाएको केन्द्रीय कमिटी बैठक अवैध रहेको ठहर गर्दै अहिलेकै अवस्थामा त्यो बठकमा सहभागी नहुने निर्णय गरेको छ। त्यो बैठकमा सहभागी हुन नेपालपक्षका नेताहरुलाई पनि पत्राचार गरिएको थियो। यसले ओलीको ‘अधिकतम एकता’को प्रयत्नमा भने केही धक्का लागेको छ।

प्रकाशित मिति: बिहीबार, असार १७, २०७८  २०:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नुवाकोटका बाढी प्रभावितको अवस्था, अस्थायी तथा स्थायी... शुक्रबार, भदौ १९, २०८३
प्रधानमन्त्री भन्छन्– विपत्तिमा धैर्यको परीक्षा हुन्छ प्रधानमन्त्री बालेन शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन्। शुक्रबार, भदौ १९, २०८३
बालेन अमेरिका जान लागेका हुन् ? अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री शाह जान लागेको बताइएको छ । बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट अर्का व्यक्तिको पनि जीवित उद्धार शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार गरियो शुक्रबार, भदौ १९, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढी : १ हजार २९० शव फेला, ४ हजार ७९८ बेपत्ताको खोजी जारी शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
मन्त्रिपरिषद् बैठक: यस्ता छन् सात निर्णय बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्