काठमाडाैं– नाइजेरियन डिफेन्डर पिटर सेगुन सातदोबाटो युथ क्लबमा अनुबन्धित भएका छन्।
गत फागुनमा मात्रै ए डिभिजनमा बढुवा भएको सातदोबाटोले आउने लिगका लागि पहिलो खेलाडीका रुपमा सेन्ट्रल डिफेन्डर सेगुनलाई अनुबन्धन गरेकाे हाे।
उनले मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार र पहिलो फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल) ललितपुर सिटी एफसीबाट समेत खेलिसकेका छन्।
यस्तै उनले पछिल्लोपटक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लबबाट खेलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।