काठमाडाैं- जारी युराेकप २०२० हेर्न गएका करिब २ हजार स्कटल्याण्डका फुटबल समर्थकमा काेराेना संक्रमण पुष्टि भएकाे दाबी गरिएकाे छ।
स्कटल्याण्डकाे स्वास्थ्य मन्त्रालयका अनुसार फेला परेका १ हजार ९९१ संक्रमितमध्ये करिब दुई तिहाइ अर्थात ३९७ फुटबल समर्थक युराेकप फुटबल हेर्न लण्डनस्थित बम्वेली स्टेडियम पुगेका थिए।
ग्लास्गो र ह्याम्पडेनमा भएकाे दुई घरेलु खेलमा सहभागी फुटबल समर्थकमा भने अपेक्षाकृत थोरै संक्रमण पुष्टि भएकाे बताइएकाे छ।
घरेलु मैदान ग्लास्गोमा खेल हेर्न गएका ५५ जनामा संक्रमण पुष्टि भएकाे छ भने ह्याम्पडेनमा गएका ३८ जनामा संक्रमण पुष्टि भएकाे छ।
समूह ‘डी’ मा रहेको स्कटल्याण्डले क्रोएसिया र चेक रिपब्लिकविरुद्धको खेल घरेलु मैदानमा खेलेको थियो भने इंग्ल्याण्डविरुद्धको खेल बम्वेली स्टेडियममा खेलेको थियो।
काेराेना प्राेटाेकलका कारण बम्वेली मैदानमा भएकाे खेलमा २६ सय समर्थकलाई मात्रै स्टेडियम प्रवेश गर्न अनुमति दिइएकाे थियाे। यद्यपि, स्टेडियम प्रवेश गर्नका लागि टिकट नभएका हजाराैं समर्थक लण्डन पुगेका थिए।
मध्यपूर्व लण्डनमा धेरै समर्थकहरु समूहमा भेला भएका थिए। लिसेस्टर स्क्वायरमा भेला भएका उनीहरुलाई प्रहरीले हाफ टाइम पछि हटाएकाे थियाे।
पब्लिक हेल्थ स्कटल्याण्डका अनुासर फेला परेका १ हजार ९९१ संक्रमितमध्ये १ हजार २९४ जनाले लण्डन गएकाे स्वीकार गरेका छन्। उनीहरुमध्ये ३९७ जनाले भने स्टेडियम भित्र गएर खेल हेरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।