काठमाडौं- दलित भएकै कारण कोठा भाडामा नदिएको आरोप लागेकी बबरमहलकी घरबेटी सरस्वती प्रधानले रूपा सुनारविरुद्ध मानव अधिकार आयोगमा उजुरी दिएकी छिन्।
सुनारसँगै कोठा खोज्न आफ्नो घरमा आएका सुष्मा राई र सिर्जना राईलाई विपक्षी बनाउँदै सरस्वतीले बुधबार आयोगमा उजुरी दिएकी हुन्। उजुरीमा तीन वटा अभियोग लगाइएको छ।
निषेधाज्ञा उल्लघंन गरी पीसीआर रिपोर्टबिना माहामारी फैलाउने गरी मानव बिरोधी अपराध गरेको, कोठाको आवश्यक नै नरहँदा पनि आपराधिक कार्य गर्नकै लागि कोठा खोज्दै हिँडेको र आफ्नो मञ्जुरीबिना फोन रेकर्ड गरेको आरोप लगाएर उजुरी दिइएको छ।
सुनारसहित तीनै जनालाई कडा कारबाही हुनुपर्ने उजुरीमा माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।