काठमाडौं– जारी कोपा अमेरिका फुटबलअन्तर्गत समूह चरणको अन्तिम खेलमा उरुग्वेले पाराग्वेलाई पराजित गरेको छ।
मंगलबार बिहान सम्पन्न खेलमा उरुग्वेले पाराग्वेलाई १–० गोल अन्तरले हराएको हो।
इडिन्सन काभानीले पेनाल्टीमार्फत गरेको गोल नै खेलको निर्णायक बन्यो। खेलको २१औं मिनेटमा काभानीले पेनाल्टीमार्फत गोल गरेका थिए।
जितसँगै समूह चरणका ४ खेलबाट ७ अंक जोडेको उरुग्वे दोस्रो तथा पराजित पाराग्वे ६ अंकसहित तेस्रो स्थानमा रहे।
दुवै टिम यसअघि नै क्वार्टरफाइनलमा पुगिसकेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।