काठमाडाैं- युराेकप २०२० अन्तर्गत स्पेन र क्रोएसियाबीच जारी राउन्ड अफ १६ काे खेलकाे पहिलाे हाफ बराबरीमा सकिएकाे छ।
डेनमार्कको पार्केन एरिनामा भइरहेकाे खेलमा पहिलाे हाफकाे समाप्तिमा दुवै टिम १–१ काे बराबरीमा रहेका छन्।
स्पेनले एकतर्फी आक्रमण गर्दै क्रोएसियालाई दबाबमा राखेको थियो। तर, क्रोएसियाले खेलमा आत्मघाती गोलबाट अग्रता लियाे।
खेलको २०औं मिनेटमा पेड्रीले मैदानको बीच भागबाट गोलरक्षक उनाइ सिमोनलाई दिएको पास गोल भएको थियो।
ठिक अगाडी पुग्दा उनले बल रोक्ने प्रयास गर्दा खुट्टामा लाग्दै पोस्टमा छिरेको थियो। युरोको यस संस्करणमा यो नवौं आत्मघाती गोल हाे।
३८औं मिनेटमा पाब्लो सराबियाले गोल गर्दै स्पेनलाई बराबरीमा ल्याए। जोसे गायाको सुरुवाती प्रहारलाई गोलरक्षक लिभाकोभिचले विफल पारेपनि रिबाउन्डमा सराबीयाले गाेल गरे।
स्पेन समूह ‘ई’ को उपविजेता र क्रोएसिया समूह ‘डी’को उपविजेता बन्दै अन्तिम १६ मा पुगेका हुन्।
समूह चरणको पहिलो खेलमा स्पेन स्वीडेनसँग गोलरहित बराबरीमा रोकिएको थियो। दोस्रो खेलमा पोल्याण्डसँग १-१ को बराबरीमा रोकिपछि स्पेनलाई अन्तिम खेल जित्नैपर्ने थियो। स्पेनलले अन्तिम खेलमा स्लोभाकियालाई ५-० को पराकिलो अन्तरले पराजित गर्दै नकआउटमा स्थान बनाएकाे थियाे।
क्रोएसिया पहिलो खेलमे इंग्ल्यान्डसँग १-० ले पराजित भएको थियो। दोस्रो खेलमा चेक रिपब्लिकसँग १-१ को बराबरी खेलेको क्रोएसियाले अन्तिम खेलमा स्कटल्याण्डलाई ३-१ ले हरायो।
यस खेलको विजेताले क्वाटरफाइनलमा फ्रान्स र स्विट्जरल्यान्डको विजेतासँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।