• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

युराेकप : स्पेनलाई खस्किएकाे प्रदर्शन सुधार्ने माैका

64x64
नेपाल लाइभ सोमबार, असार १४, २०७८  १५:४८
1140x725

काठमाडाैं- युरोकप २०२० मा उपाधि दाबेदार मानिएकाे स्पेन र क्रोएसिया दुवैको राम्रो सुरुवात भएन। यी दुवै टिमले समूह चरणको अन्तिम तथा निर्णायक क्षणमा लय समातेका हुन्। 

आफ्नो अन्तिम खेलमा स्पेनले स्लोभाकियालाई ५–० ले हराएको थियो। क्रोएसियाले पनि स्कटल्यान्डमाथि अन्तिम खेलमा ३–१ ले नतिजा निकालेको थियो। 

स्पेन समूह ‘ई’ को उपविजेता र क्रोएसिया समूह ‘डी’को उपविजेता बन्दै अन्तिम १६ मा पुगेका हुन्।

समूह चरणको पहिलो खेलमा स्पेन स्वीडेनसँग गोलरहित बराबरीमा रोकिएको थियो। दोस्रो खेलमा पोल्याण्डसँग १-१ को बराबरीमा रोकिपछि स्पेनलाई अन्तिम खेल जित्नैपर्ने थियो। स्पेनलले अन्तिम खेलमा स्लोभाकियालाई ५-० को पराकिलो अन्तरले पराजित गर्दै नकआउटमा स्थान बनाएकाे थियाे।

क्रोएसिया पहिलो खेलमे इंग्ल्यान्डसँग १-० ले पराजित भएको थियो। दोस्रो खेलमा चेक रिपब्लिकसँग १-१ को बराबरी खेलेको क्रोएसियाले अन्तिम खेलमा स्कटल्याण्डलाई ३-१ ले हरायो।

त्यही दुई टिम अन्तिम १६ मा आज भिड्दैछन् र दुवैको नजर क्वाटरफाइनलमा रहेको छ। स्पेनले यसअघि समूह चरणको तीनवटै खेल घरेलु मैदान खेलेको थियो।

क्रोएसियाविरुद्ध खेल्दा स्पेन पहिलो पटक घर बाहिर खेल्दैछ। यी दुईबीचको खेल डेनमार्कको पार्केन एरिनामा नेपाली समय अनुसार राति ९ : ४५ बजे सुरु हुनेछ।

यस्ताे छ इतिहास

Ncell 2
Ncell 2
nimb
nimb

सन् २००८ देखि २०१२ सम्म लगातार तीन ठूला प्रतियोगिता जितेको स्पेन २०१४ र २०१८ को विश्वकप अनि २०१६ को युरोकपमा अन्तिम १६ बाटै बाहिरिएको थियो। यसपटक त्यो खराब यात्रालाई तोड्ने लक्ष्यमा छ स्पेन।

यता, क्रोएसियाले तीन वर्षअगाडि विश्वकपको फाइनल यात्रा तय गरेको थियो। त्यतिबेलाका १३ खेलाडी अहिलेको क्रोएसियाली टिममा छन्। सन् २००८ देखि २०१२ बीच तीन ठूला उपाधि जितेको स्पेनको खेल भने पछिल्लो समय केही खस्केको मानिन्छ।

सन् २०१६ मा फ्रान्समा भएको युरोकपमा स्पेन इटलीसँग र क्रोएसिया पोर्चुगलसँग पराजित भएको थियो।

क्रोएसिया र स्पेन युरोकपमा तेस्रो पटक भिड्न लागेका हुन्। नकआउट चरणमा भने यी दुई टोली पहिलो पटक आमने सामने हुँदैछन्।

Xtrem

Xtrem

सन् २०१२ को युरोमा स्पेनले क्रोएसियालाई समूह चरणमा पराजित गरेको थियो। चार वर्षपछि क्रोएसियाले स्पेनलाई हराएको थियो।

यस्तै, यूईएफए नेशन्स लिगअन्तर्गत सन् २०१८ मा भएको खेलमा दुवैले एक/एक खेल जितेका थिए। स्पेनले क्रोएसियालाई घरेलु मैदान ६-० ले हराएको थियो भने क्रोएसिया आफ्नो मैदानमा ३-२ ले विजयी भएको थियो।

समग्रमा यी दुई टोलीबीच ८ खेल हुँदा स्पेनले ४ खेल जितेको थियो भने क्रोएसियाले ३ खेल जितेको थियो। १ खेल बराबरीमा सकिएको थियो।

स्पेनका परिचित खेलाडी
स्पेनले युरो २०२० को अन्तिम १६ मा सोमबार क्रोएसियाको सामना गर्दा डानी ओल्मोका लागि सबै विपक्षी खेलाडी परिचित नै रहनेछ। खासमा यस प्रतियोगितामै उनले स्पेनका लागि नभएर क्रोएसियाका लागि पनि खेल्न सक्थे। डिनामो जाग्रेभबाट १६ वर्षको उमेरमा उनी बार्सिलोनाको एकेडेमी पुगेका थिए। 

उनले माथिल्लो स्तरमा स्पेनी क्लबका लागि भने खेलेनन्, जर्मनीको आरबी लाइप्जिगमा आबद्ध भए। तर उनलाई स्पेनका लागि खेल्ने निर्णय गरे।

यी २३ वर्षीय खेलाडी प्रशिक्षक लुइस एनरिकेको नयाँ स्वरूपको स्पेनी टिमका मुख्य खेलाडीमध्ये एक हुन्। क्रोएसियाको सामना गर्दा उनको एउटा थप भूमिका हुनेछ, आफ्नो प्रशिक्षकलाई विपक्षी टिमको गोप्य तथ्य जानकारी गराउने।

यता, स्पेनले कप्तान सर्जियो बुस्केट्सको साथ नियमित पाउनेछ। अघिल्लो खेलमा उच्च प्रदर्शन गरेका पाब्लो सराबियाले आफ्नो स्थान राख्ने पक्का जस्तै छ। 

अल्भारो मोराटाले अपेक्षित प्रदर्शन गर्न नसक्दा उनको स्थानमा जेरार्ड मोरेनोले खेल्ने सम्भावना छ। मिडफिल्डमा अर्को खेलाडी थप्न एन्रिकेले मुख्य फरवार्डमा मोरेनोलाई खेलाउन सक्छन्।

क्रोएसियाका लागि अर्को एउटा ठूलो समस्या रहेको छ। त्यो हो, स्पेनविरुद्ध इभान पेरिसिचको अनुपस्थिति। उनी कोभिड–१९ को संक्रमणबाट ग्रस्त भएपछि १० दिनको आइसोलेसनमा छन्। उनले समूह चरणमा २ गोल गरेका थिए।

उनको अनुपस्थितिमा क्रोएसियाले आन्द्रे क्रमारिच र आन्टे रेबिचलाई आक्रमणको जिम्मेवारी सुम्पने देखिन्छ। निकोला भ्लासिच, लुका मोड्रीच, म्याटियो कोभाचिच मिडफिल्डमा हुनेछन्।

के छ रणनीति ?
क्रोएसियाका प्रशिक्षक ज्लाट्को डालिचले स्पेनविरुद्ध टोलीले आफ्नो स्तरअनुसार खेल्न जरुरी रहेको बताए। 

‘स्पेनमा युवा, फास्ट र जोशिला खेलाडी छन्। उनीहरुले पासमा निर्भर रहेर निरन्तर विपक्षीलाई दबाबमा राख्न सक्छन्,’ उनले भने, ‘हाम्रो पनि आफ्नो खेल्ने शैली छ। उनीहरुलाई सहज रुपमा खेल्न दिने छैनौं।’

यता, स्पेनका फरवार्ड ड्यानी ओल्मोले क्रोएसियालाई कमजोर आँक्न नमिल्ने बताए।

‘जुन खेलमा पनि क्रोएसियाको टोली निकै कडा चुनौती पेस गर्छ। उनीहरु आफ्नो देशका लागि सबैथोक दिन तयार हुन्छन्,’ उनले भने, ‘उनीहरुमा कठिन परिस्थितिमा खरो उत्रने क्षमता छ। आजको खेल जसले पनि जित्न सक्छ।’

प्रकाशित मिति: सोमबार, असार १४, २०७८  १५:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्राकृतिक विपत्तिमा राहत, उद्धार र पुनर्निर्माणमा प्रभावकारी पहल गर्ने नेकपा संसदीय दलको निर्णय
जर्मनीको पहिलो जित
पाँच वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
सम्बन्धित सामग्री
जर्मनीको पहिलो जित जर्गेन क्लोपले जर्मनीको प्रशिक्षकका रूपमा तेस्रो खेलमा पहिलो जित हात पारेका छन्। यूईएफए नेसन्स लिगअन्तर्गत बिहीबार जर्मनीले सर्बियाल... शुक्रबार, असोज १६, २०८३
रोनाल्डोबिनै पोर्चुगलको डेनमार्कमाथि जित क्रिस्टियानो रोनाल्डोबिनै खेलेको पोर्चुगलले यूईएफए नेसन्स लिगमा डेनमार्कलाई ४–२ ले हराएको छ। शुक्रबार, असोज १६, २०८३
रोनाल्डोले छाडे पोर्चुगलको क्याम्प पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेपछि उनको अन्तर्राष्ट्रिय फुटबल करिअरबारे फेरि... बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
प्राकृतिक विपत्तिमा राहत, उद्धार र पुनर्निर्माणमा प्रभावकारी पहल गर्ने नेकपा संसदीय दलको निर्णय शुक्रबार, असोज १६, २०८३
जर्मनीको पहिलो जित शुक्रबार, असोज १६, २०८३
पाँच वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची शुक्रबार, असोज १६, २०८३
बाढीपहिरोका कारण रसुवासहित विभिन्न जिल्लाका प्रमुख सडकखण्ड अवरुद्ध शुक्रबार, असोज १६, २०८३
आईएल टी-२० अक्सनमा दीपेन्द्र ‘अन्सोल्ड’ शुक्रबार, असोज १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
२५ अर्ब खर्चेर करिब १३ हजार निजामती कर्मचारीलाई अवकाश दिने प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा दर्ता (पूर्णपाठ) बिहीबार, असोज १५, २०८३
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था? बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्