• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ ६, २०८२ Tue, Jan 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

युराेकप : स्पेनलाई खस्किएकाे प्रदर्शन सुधार्ने माैका

64x64
नेपाल लाइभ सोमबार, असार १४, २०७८  १५:४८
1140x725

काठमाडाैं- युरोकप २०२० मा उपाधि दाबेदार मानिएकाे स्पेन र क्रोएसिया दुवैको राम्रो सुरुवात भएन। यी दुवै टिमले समूह चरणको अन्तिम तथा निर्णायक क्षणमा लय समातेका हुन्। 

आफ्नो अन्तिम खेलमा स्पेनले स्लोभाकियालाई ५–० ले हराएको थियो। क्रोएसियाले पनि स्कटल्यान्डमाथि अन्तिम खेलमा ३–१ ले नतिजा निकालेको थियो। 

स्पेन समूह ‘ई’ को उपविजेता र क्रोएसिया समूह ‘डी’को उपविजेता बन्दै अन्तिम १६ मा पुगेका हुन्।

समूह चरणको पहिलो खेलमा स्पेन स्वीडेनसँग गोलरहित बराबरीमा रोकिएको थियो। दोस्रो खेलमा पोल्याण्डसँग १-१ को बराबरीमा रोकिपछि स्पेनलाई अन्तिम खेल जित्नैपर्ने थियो। स्पेनलले अन्तिम खेलमा स्लोभाकियालाई ५-० को पराकिलो अन्तरले पराजित गर्दै नकआउटमा स्थान बनाएकाे थियाे।

क्रोएसिया पहिलो खेलमे इंग्ल्यान्डसँग १-० ले पराजित भएको थियो। दोस्रो खेलमा चेक रिपब्लिकसँग १-१ को बराबरी खेलेको क्रोएसियाले अन्तिम खेलमा स्कटल्याण्डलाई ३-१ ले हरायो।

त्यही दुई टिम अन्तिम १६ मा आज भिड्दैछन् र दुवैको नजर क्वाटरफाइनलमा रहेको छ। स्पेनले यसअघि समूह चरणको तीनवटै खेल घरेलु मैदान खेलेको थियो।

क्रोएसियाविरुद्ध खेल्दा स्पेन पहिलो पटक घर बाहिर खेल्दैछ। यी दुईबीचको खेल डेनमार्कको पार्केन एरिनामा नेपाली समय अनुसार राति ९ : ४५ बजे सुरु हुनेछ।

यस्ताे छ इतिहास

Ncell 2
Ncell 2

सन् २००८ देखि २०१२ सम्म लगातार तीन ठूला प्रतियोगिता जितेको स्पेन २०१४ र २०१८ को विश्वकप अनि २०१६ को युरोकपमा अन्तिम १६ बाटै बाहिरिएको थियो। यसपटक त्यो खराब यात्रालाई तोड्ने लक्ष्यमा छ स्पेन।

यता, क्रोएसियाले तीन वर्षअगाडि विश्वकपको फाइनल यात्रा तय गरेको थियो। त्यतिबेलाका १३ खेलाडी अहिलेको क्रोएसियाली टिममा छन्। सन् २००८ देखि २०१२ बीच तीन ठूला उपाधि जितेको स्पेनको खेल भने पछिल्लो समय केही खस्केको मानिन्छ।

सन् २०१६ मा फ्रान्समा भएको युरोकपमा स्पेन इटलीसँग र क्रोएसिया पोर्चुगलसँग पराजित भएको थियो।

क्रोएसिया र स्पेन युरोकपमा तेस्रो पटक भिड्न लागेका हुन्। नकआउट चरणमा भने यी दुई टोली पहिलो पटक आमने सामने हुँदैछन्।

सन् २०१२ को युरोमा स्पेनले क्रोएसियालाई समूह चरणमा पराजित गरेको थियो। चार वर्षपछि क्रोएसियाले स्पेनलाई हराएको थियो।

यस्तै, यूईएफए नेशन्स लिगअन्तर्गत सन् २०१८ मा भएको खेलमा दुवैले एक/एक खेल जितेका थिए। स्पेनले क्रोएसियालाई घरेलु मैदान ६-० ले हराएको थियो भने क्रोएसिया आफ्नो मैदानमा ३-२ ले विजयी भएको थियो।

समग्रमा यी दुई टोलीबीच ८ खेल हुँदा स्पेनले ४ खेल जितेको थियो भने क्रोएसियाले ३ खेल जितेको थियो। १ खेल बराबरीमा सकिएको थियो।

स्पेनका परिचित खेलाडी
स्पेनले युरो २०२० को अन्तिम १६ मा सोमबार क्रोएसियाको सामना गर्दा डानी ओल्मोका लागि सबै विपक्षी खेलाडी परिचित नै रहनेछ। खासमा यस प्रतियोगितामै उनले स्पेनका लागि नभएर क्रोएसियाका लागि पनि खेल्न सक्थे। डिनामो जाग्रेभबाट १६ वर्षको उमेरमा उनी बार्सिलोनाको एकेडेमी पुगेका थिए। 

उनले माथिल्लो स्तरमा स्पेनी क्लबका लागि भने खेलेनन्, जर्मनीको आरबी लाइप्जिगमा आबद्ध भए। तर उनलाई स्पेनका लागि खेल्ने निर्णय गरे।

यी २३ वर्षीय खेलाडी प्रशिक्षक लुइस एनरिकेको नयाँ स्वरूपको स्पेनी टिमका मुख्य खेलाडीमध्ये एक हुन्। क्रोएसियाको सामना गर्दा उनको एउटा थप भूमिका हुनेछ, आफ्नो प्रशिक्षकलाई विपक्षी टिमको गोप्य तथ्य जानकारी गराउने।

यता, स्पेनले कप्तान सर्जियो बुस्केट्सको साथ नियमित पाउनेछ। अघिल्लो खेलमा उच्च प्रदर्शन गरेका पाब्लो सराबियाले आफ्नो स्थान राख्ने पक्का जस्तै छ। 

अल्भारो मोराटाले अपेक्षित प्रदर्शन गर्न नसक्दा उनको स्थानमा जेरार्ड मोरेनोले खेल्ने सम्भावना छ। मिडफिल्डमा अर्को खेलाडी थप्न एन्रिकेले मुख्य फरवार्डमा मोरेनोलाई खेलाउन सक्छन्।

क्रोएसियाका लागि अर्को एउटा ठूलो समस्या रहेको छ। त्यो हो, स्पेनविरुद्ध इभान पेरिसिचको अनुपस्थिति। उनी कोभिड–१९ को संक्रमणबाट ग्रस्त भएपछि १० दिनको आइसोलेसनमा छन्। उनले समूह चरणमा २ गोल गरेका थिए।

उनको अनुपस्थितिमा क्रोएसियाले आन्द्रे क्रमारिच र आन्टे रेबिचलाई आक्रमणको जिम्मेवारी सुम्पने देखिन्छ। निकोला भ्लासिच, लुका मोड्रीच, म्याटियो कोभाचिच मिडफिल्डमा हुनेछन्।

के छ रणनीति ?
क्रोएसियाका प्रशिक्षक ज्लाट्को डालिचले स्पेनविरुद्ध टोलीले आफ्नो स्तरअनुसार खेल्न जरुरी रहेको बताए। 

‘स्पेनमा युवा, फास्ट र जोशिला खेलाडी छन्। उनीहरुले पासमा निर्भर रहेर निरन्तर विपक्षीलाई दबाबमा राख्न सक्छन्,’ उनले भने, ‘हाम्रो पनि आफ्नो खेल्ने शैली छ। उनीहरुलाई सहज रुपमा खेल्न दिने छैनौं।’

यता, स्पेनका फरवार्ड ड्यानी ओल्मोले क्रोएसियालाई कमजोर आँक्न नमिल्ने बताए।

‘जुन खेलमा पनि क्रोएसियाको टोली निकै कडा चुनौती पेस गर्छ। उनीहरु आफ्नो देशका लागि सबैथोक दिन तयार हुन्छन्,’ उनले भने, ‘उनीहरुमा कठिन परिस्थितिमा खरो उत्रने क्षमता छ। आजको खेल जसले पनि जित्न सक्छ।’

प्रकाशित मिति: सोमबार, असार १४, २०७८  १५:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ईश्वर पोखरेलले काठमाडौं-५ बाट मनोनयन दर्ता गराउँदा शंकर पोखरेल दाङ–२ बाट
ओलीले झापा–५ मा मनोनयन दर्ता गराउँदा प्रचण्डले गरे रोल्पाबाट
चितवन-३ बाट रेनु दाहालले गराइन् मनाेनयन दर्ता
सम्बन्धित सामग्री
एन्फाको निर्वाचन प्रक्रिया रोक्न उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेश उच्चले अन्तरिम आदेशका बारेमा छलफल गर्न दुवै पक्षलाई बोलाउने आदेश पनि गरेको छ । उच्चले अन्तरिम आदेश छलफलका लागि माघ ६ गते पेसी तोकेको... सोमबार, पुस २८, २०८२
साफ महिला क्लब च्याम्पियनसिप : उपाधिका लागि एपीएफ र इस्ट बंगाल भिड्दै दक्षिण एसियाली फुटबल संघ (साफ) ले पहिलो पटक यस क्षत्रेको महिला फुटबल विकासको लागि क्लब च्याम्पियनसिप आयोजना गरेको हो। जसमा नेपाल र भ... शनिबार, पुस ५, २०८२
नेपाली महिला फुटबल टोलीले आज चाइनिज ताइपेइसँग खेल्दै यसअघि नेपालले इन्डोनेसियासँगको खेल २–१ गोल अन्तरले हारेको थियो । नेपालले यो प्रतियोगितामा चोटका कारण सावित्रा भण्डारी (साम्बा) र सवि... मंगलबार, मंसिर १६, २०८२
ताजा समाचारसबै
ईश्वर पोखरेलले काठमाडौं-५ बाट मनोनयन दर्ता गराउँदा शंकर पोखरेल दाङ–२ बाट मंगलबार, माघ ६, २०८२
ओलीले झापा–५ मा मनोनयन दर्ता गराउँदा प्रचण्डले गरे रोल्पाबाट मंगलबार, माघ ६, २०८२
चितवन-३ बाट रेनु दाहालले गराइन् मनाेनयन दर्ता मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
बाजुराबाट कांग्रेसका जनकराज गिरीले गरे उम्मेदवारी दर्ता मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
पूर्णबहादुर खड्का प्रतिनिधिसभाको निर्वाचनमा भाग नलिने, अरुलाई मिलेर लड्न सुझाव सोमबार, माघ ५, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
राप्रपाले टुंगो लगायो १६० क्षेत्रमा उम्मेदवार मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्