काठमाडौं – जारी कोपा अमेरिका फुटबलमा ब्राजिल र इक्वेडरले बराबरी खेलेका छन्। सोमबार बिहान सम्पन्न खेलमा १\१ गोलको बराबरी खेल्दै दुवै टिम क्वार्टर फाइनलमा प्रवेश गरेका छन्। सुरुवाती अग्रता जोगाउन नसक्दा ब्राजिल बराबरीमा रोकिएको हो।
खेलको ३७औं मिनेटमा इडर मिलिटाओले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १ गोलले पछि परेको इक्वेडर दोस्रो हाफको सुरुमै खेलमा फर्कियो। खेलको ५३औं मिनेटमा इक्वेडरका एन्जल मेनाले गोल गर्दै खेल बराबरीमा ल्याए।
बराबरीपछि ब्राजिल समूह ‘बी’ को विजेता बन्दै क्वार्टर फाइनलमा प्रवेश गर्यो। ब्राजिलको ४ खेलमा १० अंक छ। समान चार खेलमा ३ अंक जोडेको इक्वेडर चौथो स्थानमा रहँदै क्वार्टर फाइनलमा पुगेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।