काठमाडाैं- युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत बेल्जियमले साविक विजेता पोर्चुगलविरुद्ध जारी अन्तिम १६ को खेलको पहिलो हाफमा अग्रता लिएको छ।
स्पेनको सेभियामा भइरहेको खेलको पहिलो हाफ सकिँदा बेल्जियमले पोर्चुगलमाथि १–० गोलको अग्रता बनाएको हाे।
विंगर थोर्गन हाजार्डले पहिलो हाफको ३ मिनेट बाँकी रहँदा पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार सिधै गोल भएको थियो।
थोमस मुनिएरले बायाँ विंगमा भएका थोर्गनलाई पास दिएका थिए। थोर्गनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेकाे प्रहार गोलरक्षक रुइ प्याट्रीसिओले बचाउन सकेनन्।
पहिलो हाफमा बलियो देखिएकोविश्व नम्बर एक बेल्जियम समूह चरणको खेलमा पनि अपराजित भएको थियो।
आजको खेलमा दुबै टोली जित निकाल्दै अन्तिम आठमा आफ्नो स्थान सुरक्षित गर्ने योजनामा रहेका छन्।
यस खेलमा जित हासिल गर्ने टोलीले क्वाटरफाइनलमा इटालीको सामना गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।