काठमाडाैं- कोपा अमेरिका फुटबल प्रतियोगितामा साविक विजेता ब्राजिलले आफ्नो चौथो खेलमा इक्वेइडरसँग प्रतिस्पर्धा गर्दैछ। समूह 'बी' मा रहेका यी दुई टाेलीबीचकाे खेल साेमबार बिहान २:४५ बाट शुरु हुनेछ।
स्टेडियो ओलम्पिको पेड्रो लुडोभिकोमा हुने खेलमा समूहको शीर्षस्थानमा रहेको ब्राजिललाई समूहको चौथो स्थानमा रहेको इक्वेडरले चुनौती दिनेछ।
यसअघिका तीनै खेलमा जित निकाल्दै ब्राजिल समूह 'बी' बाट अन्तिम आठमा पुगिसकेको छ। इक्वेइडरलाई भने अन्तिम आठमा स्थान बनाउन जितको खाँचो छ।
आयोजक ब्राजिल समूहका तीन खेलमा लगातार जित निकाल्दै ९ अंक जोडेर शीर्ष स्थानमा छ। इक्वेडर १ हार र २ बराबरी खेल्दै समूहको चौथो स्थानमा छ।
ब्राजिलले अघिल्लो खेलमा कोलम्बियालाई २-१ गोलले पराजित गरेको थियो। त्यसअघि ब्राजिलले पेरुलाई ४-० र भेनेजुएलालाई ३-० गोलले पराजित गरेको थियो।
त्यस्तै, भेनेजुएला र पेरु पनि साेही समयमा आमनेसामने हुनेछन्। तीन खेलमा समान १ जित, १ हार र १ बराबरी ब्यहोरेको पेरु ४ अंक जोड्दै समूहको तेस्रो स्थानमा छ।
त्यस्तै, तीन खेलमध्ये २ वटामा बराबरी र एउटामा हार ब्यहोरेको भेनेजुएला समूहको पुछारमा छ। भेनेजुएलालाई अन्तिम आठमा स्थान बनाउन जितको खाँचो छ भने पेरुलाई बराबरी भए पुग्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।