काठमाडौं- खेलाडी, प्रशिक्षक र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कर्मचारीले कोरोना विरुद्धको खोप लगाएका छन्।
नेपाल खेलकुद महासंघ (नोकोस) को पहलमा आइतबार दुई सय जनालाई खोप प्रदान गरिएको महासचिव मेघराज पौडेलले जनाएका छन्। खोप लगाउनेमा अधिकांश खेलाडी थिए।
महासंघले पहिलो डाेज पनि नलगाएका खेलाडीलगायतलाई खोप उपलब्ध गराएको खोप अभियानका संयोजक एवं नेकोसका उपाध्यक्षसमेत रहेका राखेपका सदस्य सुभाष श्रेष्ठले जानकारी दिए।
त्रिपुरेश्वरस्थित राखेप हातामा रहेको खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रमा सम्बन्धितलाई खोप लगाइएको हो। यसअघि महासंघले अग्रपंक्तिमा रहेर कार्य सञ्चालन गर्नुपर्ने विभिन्न क्षेत्रलाई स्वस्थ्य सामाग्री प्रदान गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।