काठमाडाैं- वेल्सका कप्तान ग्यारेथ बेलले जारी युराेकपकाे प्रि–क्वाटरफाइनलमा आफ्नाे टिमकाे प्रदर्शन साेचेजस्ताे हुन नसकेकाे स्वीकर गरेका छन्।
शनिबार राति भएकाे खेलमा १० खेलाडीमा सिमित वेल्स डेनमार्कसँग ४–० ले पराजित हुँदै प्रतियाेगिताबाट बाहिरिएकाे थियाे। डेनमार्कलाई जित दिलाउन युवा स्ट्राइकर कास्पर डोलवर्गले दुई गोल गरे। जोकिम माहेल र मार्टिन ब्रेथवेटले एक/एक गोल गरे।
खेलको इन्जुरी समयको पहिलो मिनेटमा ह्यारी विल्सनले रातो कार्ड पाएपछि वेल्स १० खेलाडीमा समेटिएको थियो। माहेलमाथि खराब ट्याकल गरेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाएका थिए।
‘हामीले चाहे जस्तो खेल हुन सकेन। सुरुवात राम्रै भएको थियो। तर, खेल परिवर्तन भयो। हामीले मौका गुमायौं। दोस्रो हाफमा हामीले कोसिस गरेका थियौं। तर, हामीले जति गर्नुपर्ने हो त्यति सकेनौं। केही गल्ति भए जसले गर्दा हामी खेलमा फर्किन सकेनाैं,’ उनले भने।
उनले प्रतियाेगितबाट बाहिरेपछि खेलाडीहरु रिसाएकाे समेत बताए। ‘हामी निराशजनक रुपमा बाहिरिएका छौं। खेलाडीहरु दिग्दार भएका छन्, रिसाएका छन्। त्यो बुझ्न सकिन्छ,’ उनले भने।
वेल्सबाट सन् २००६ मा डेब्यू गरेका ३१ वर्षे बेलले यसपटकको युरोकप अन्तर्राष्ट्रिय खेल जीवनको अन्तिम हुने अडकलबाजी पनि भएका थिए। उनले देशका लागि ९६ खेल खेलिसकेका छन्।
अब देशका लागि एक सय खेल संख्या पुग्नबाट अब ४ खेल मात्र बाँकी छ। बेलले देशका लागि सर्वाधिक ३३ गोल गरेका छन्। उनी सम्मलित टोली युरोकपको अघिल्लो संस्करणमा सेमिफाइनलमा पुगेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।