• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

पोर्चुगलविरुद्ध जित खोजिरहेको बेल्जियमलाई रोनाल्डो भारी

64x64
नेपाल लाइभ आइतबार, असार १३, २०७८  १६:२१
1140x725

काठमाडौं– युरोपेली च्याम्पियनसिप २०२० को फम्र्याट नै यस्तो छ कि जहाँ सुरुमै ठूला टिमहरु एक आपसमा खेल्नुपर्छ। समूह चरणको पहिलो खेलमा हंगेरीलाई हराएको साविक विजेता पोर्चुगल दोस्रो खेलमा जर्मनीसँग पराजित भएको थियो। अन्तिम खेलमा फ्रान्ससँग बराबरी खेलेसँगै पोर्चुगल उत्कृष्ट तेस्रो टिमको रुपमा अन्तिम १६ मा पुगेको पुग्यो।

क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलका लागि यो युरोकप त्यति सहज मानिएको थिएन। ग्रूप अप डेथ भनिएको समूह ‘एफ’मा रहेको पोर्चुगल ६ समूहका तेस्रो हुनेमध्ये उत्कृष्ट चार टोली पनि नकआउट चरणमा पुग्ने भएपछि भाग्यमानी ठहरिएको हो। त्यसअघि हंगेरीलाई ३–० ले हराएको पोर्चुगल जर्मनीसँग ४–२ ले पराजित भएको थियो।

समूह चरणमै विश्व विजेता फ्रान्स र सर्वाधिक ३ पटकको युरोकप विजेता जर्मनीसँग खेलिसकेको पोर्चुगलले आज राति क्वार्टरफाइनल प्रवेशका लागि उपाधि दाबेदार मानिएको बेल्जियमसँग खेल्दै छ। यो खेल स्पेनको सेभियामा नेपाली समयअनुसार राति १२ः४५ बजे सुरु हुनेछ। 

विश्व वरियताको शीर्षस्थानमा रहेको बेल्जियम कमजोर टिम होइन। समूह ‘बी’ मा शतप्रतिशत जित निकाल्दै बेल्जियमलले नकआउट चरणमा स्थान पक्का गरेको थियो। त्यसक्रममा रसियालाई ३–०, डेनमार्कलाई २–१ ले तथा फिनल्यान्डलाई २–० ले पराजित गरेको थियो बेल्जियमले। 

पछिल्लो समय बेल्जियमको टिमलाई गोल्डेन जेनेरेसनको रुपमा हेरिएको छ। तर, २०१६ को युरोकप र २०१८ को विश्वकपमा उपाधि दाबेदार मानिए पनि बेल्जियम फाइनल पुग्न सकेन।

बेल्जियमको टिममा क्षमतावान खेलाडीको कुनै कमी छैन। विश्वकै उत्कृष्ट प्लेमेकरमध्ये पर्ने म्यानचेष्टर सिटीबाट खेल्ने केभिन डि ब्रुएनोले चोटका कारण नकआउट चरणको पहिलो खेल गुमाउने सम्भावना छ। यता, एडिन हाजार्डको फिटनेस बेल्जियमको लागि अर्को टाउको दुःखाई हो। यद्यपि, मुख्य गोलकर्ता रोमेलु लुकाक, गोलकिपर थिबाउट कोर्तवास जस्ता खेलाडीको साथ बेल्जियमलाई छ।

बेल्जियमका लागि लुकाकुले ३ गोल गरिसकेका छन्। उनले ८३ खेलमा ६३ अन्तर्राष्ट्रिय गाेल गरिसकेका छन्। यता, मिडफिल्डमा ब्रुएनोको खेल लोभलाग्दो छ। उनले जारी प्रतियोगितामा एक गोल र दुई गोलका लागि असिस्ट गरिसकेका छन्। 

रोनाल्डो र लुकाकु दुवै अहिले गोल्डेन बुटको होडमासमेत अघि छन्। २०१६ मा फ्रान्सलाई उसैको मैदानमा पराजित गर्दै पहिलो पटक युरोकप जितेको पोर्चुगल पनि उपाधि दाबेदार हो। यस अगाडी सन् २००४ मा घरेलु मैदानमा भएको युरोकपमा उपविजेता बनेको थियो पोर्चुगल।

Ncell 2
Ncell 2
nimb
nimb

३६ वर्षका रोनाल्डोको नेतृत्वमा पोर्चुगल फेरि एक पटक उपाधि जित्ने लक्ष्यमा छ। उनलाई साथ दिने अहिलेको टिम ५ वर्षअगाडिको विजेता टिमको तुलनामा राम्रो छ।

प्रिमियर लिगको प्लेअर अफ दि इअर बनेका रुबेन डियाज, म्यानचेष्टर युनाइटेडका ब्रुनो फर्नान्डेस, म्यानचेष्टर सिटीका बर्नार्डो सिल्भा र लिभरपुलका डिएगो जोता जस्ता खेलाडी पोर्चुगलको टोलीमा छन्। 

रोनाल्डो जारी प्रतियोगितमा उच्च गोलकर्तासमेत बनिसकेका छन्। ५ गोल गरिसकेका रोनाल्डोले प्रत्येक खेलमा कीर्तिमान बनाइरहेका छन्। रोनाल्डोले जारी प्रतियोगितामै सबैभन्दा बढी गोल गर्ने इरानका अलि दाइको कीर्तिमानसँग बराबरी गरेका थिए। 

अलि दाइले सबैभन्दा बढी १०९ गोल गरेका थिए। उनले उक्त कीर्तिमान भेटाइसकेका छन्।

Xtrem

Xtrem

यस्तै, रोनाल्डोले जर्मनीका लिजेण्ड मिरोस्लाभ क्लोसको कीर्तिमानसमेत भङ्ग गरेका छन्। रोनाल्डोले क्लोसको नाममा रहेको दुई ठूला प्रतियोगिता विश्वकप र युरोकपमा संयुक्त सर्वाधिक धेरै गोल गर्ने खेलाडीको कीर्तिमान भङ्ग गरेका हुन्।

फ्रान्सविरुद्धको दुई गोलसँगै रोनाल्डोले विश्वकप र युरोपकमा गरि संयुक्त २१औं गोल पूरा गरे। रोनाल्डोले युरोकपमा १४ र विश्वकपमा ७ गोल गरेका छन्। यसअघि विश्वकप र युरोमा संयुक्त १९ गोल गर्दै क्लोसले कीर्तिमान बनाएका थिए।

पाँचौ पटक युरोकप खेलिरहेका रोनाल्डो युरोकपमा सर्वाधिक धेरै गोल गर्ने कीर्तिमानी खेलाडीसमेत हुन्। रोनाल्डोले फ्रान्सका मिचेल प्लाटिनीलाई उछिनिसकेका छन्।

प्लाटिनीले युरोकपमा सर्वाधिक ९ गोल गरेका थिए। रोनाल्डोले यसभन्दा अगाडी सन् २००४ को युरोकपमा २ गोल, २००८ मा १ गोल, २०१२ मा ३ गोल र २०१६ मा ३ गोल गरेका थिए। 

यस्तो छ ‘हेट टू हेड’
विश्व वरियताको शीर्षस्थानमा रहेको बेल्जियम साविक विजेता पोर्चुगलको चुनौती पन्छाउँदै क्वाटरफाइनल पुग्ने प्रयासमा हुनेछ। मैदानमा अब्बल हुने टिम नै अघि बढ्नेछ तर, खेलपछि एउटा दुःख पनि के हुनेछ भने उपाधि दाबेदार एक टिम बाहिरिनेछ।

पोर्चुगललाई हराउन बेल्जियमलाई त्यति सहज हुनेछैन। अहिलेसम्म यी दुई टोलीबीच १८ खेल हुँदा पोर्चुगलले ६ र बेल्जियमले ५ खेल जितेको छ भने ७ खेल बराबरीमा सकिएको छ।

पछिल्ला पाँच खेल मात्रै हेर्ने हो भने पनि बेल्जियम पछाडि छ। जसमा बेल्जियमले दुई बराबरी र तीन खेलमा हार व्यहोरेको छ। पछिल्लोपटक यी दुई टोलीले सन् २०१८ मा मैत्रीपुर्ण खेल खेलेका थिए। उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो।

तर, ठूला टिमलाई हराउन सक्षम रहेको प्रमाण बेल्जियमले २०१८ को विश्वकपमै दिइसकेको छ। त्यसबेला बेल्जियमले ब्राजिललाई क्वार्टरफाइनलमा २–१ ले हराएको थियो। 

पोर्चुगल र बेल्जियमबीचको खेलको विजेताले क्वाटरफाइनलमा इटलीसँग खेल्नुपर्नेछ। शनिबारबाट सुरु भएको युरोपेली च्याम्पियनसिप २०२० को नकआउट चरणको खेलबाट अन्तिम ८ मा प्रवेश गर्ने दुई टोलीको टुङ्गो लागिसकेको छ। 

शनिबार भएको पहिलो प्रि–क्वाटरफाइनल खेलमा १० खेलाडीमा सिमित वेल्समाथि ४–० को शानदार जित निकाल्दै डेनमार्क क्वाटरफाइनलमा प्रवेश गरेको छ। त्यस्तै अतिरिक्त समयमा अष्ट्रियामाथि २–१ को संघर्षपूर्ण जित निकाल्दै इटाली पनि क्वाटरफाइनलमा पुगेको छ। 

कस्तो छ रणनीति?
जारी प्रतियोगितामा दुवै टोलीका खेलाडी अब्बल नै रहेका छन्। बेल्जियमका एलेक्स विट्सेल, एडिन हाजार्ड र केभिन डि ब्रुएनो पूर्ण फिट रहेकाले आजको खेलमा बेल्जियमले पोर्चुगललाई चुनौती भने अवश्य दिनेछ। 

उनीहरुलाई जेरेमी डोकु, ड्रिएस मार्टिन्स, युरी टिलेमान्स, थोर्गन हाजार्ड, यान्निक कारास्को, एलेक्स विट्सेल, थोमस मुुनिएर र गोलक्षक थिवाउट कोर्तवासको साथ रहेको छ।  यसबाहेक थोमस भर्मालेन, टोवी एल्डरवेइरेल्ड र क्रिस्टियन बेन्टेके पनि टोलीमा रहेका छन्।

‘हामी प्रेरित र केन्द्रित छौं। हामीले चाहेको यही हो। म हाम्रा खेलाडीको समूहमा ठूलो उत्साह र उर्जा देख्छु’ बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेज भन्छन्। 

‘पोर्चुगल त्यस्तो टोली हो, जो परिस्थितीलाई चाँड अंगीकार गर्नसक्छ। यो ओपन वा क्लोज्ड म्याचमध्ये के हुनेछ भन्ने विषय परिस्थितमै निर्भर गर्छ। के त्यहाँ चाँडै  गोल हुन्छ? यसैले निर्धारण गर्छ,’ उनले थपे।

तर, बेल्जियमका लागि प्रमुख टाउको दुखाई हुन् रोनाल्डो। रोनाल्डो उच्च लयमै रहेका कारण उनलाई रोक्नैपर्ने चुनौति छ बेल्जियमसामु। बेल्जियमले उनलाई स्पेस नदिने र त्यसका लागि कुनै कसर नछाड्ने निश्चित छ। तर, बेल्जियम एउटा खेलाडीमा केन्द्रित हुने गल्ती पनि गर्न चाहँदैन। किनकी पोर्चुगलको टोलीमा डिएगो जोटा, बर्नार्डो सिल्भा, रेनाटो सान्चेसजस्ता प्रतिभावान खेलाडी पनि छन् जो कुनै पनि समय खेलको गति परिवर्तन गर्नसक्ने सामथ्र्य राख्छन्। 

पोर्चुगलको टोलीमा यसबाहेक ज्याओ फेलिक्स, आन्द्रे सिल्भा, विलियम कार्भाल्हो, जोओ पाल्हिन्हा, रुवेन नेभेस, डिएगो डालोट र सर्जियो ओलिभेरा पनि छन्।
ब्रुनो फर्नान्डेस, ज्याओ मौटिन्हो, डानिलो पेरेइरा, राफयल गुरेइरो, रुवेन डियाज, पेपे र गोलरक्षक रुई प्याट्रिसियो पनि प्रतिभावान छँदैछन्। यता, चोटका कारण नेल्सन सेमेडोले खेल्ने सम्भावना भने न्युन छ।

‘हामीलाई थाहा छ, हामीसँग राम्रो प्रतिस्पर्धी छ। बेल्जियमको टोलीमा केही विशेष प्रभावशाली खेलाडीहरु छन्। तर, बेल्जियमले कुनै खेलाडीलाई मार्क गर्नेछैन, न हामी नै गर्नेछौं। बेल्जियमले गोल गर्छ र दुर्लभ मात्र संघर्ष गर्छ,’ पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोष भन्छन्। 

उनले यी दुवै टोली उस्तै भएको प्रतिकृयासमेत दिएका छन्। ‘यी दुवै टोली उस्तै हुन्। यो फाइनल हो, यो जितका लागि हो, खेल्नका लागि होइन।  हामीलाई आशा र विश्वास छ, कि हामी राम्रो हुनेछौं,’ उनले भने। 

प्रकाशित मिति: आइतबार, असार १३, २०७८  १६:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अमेरिकी सैन्य फिर्तीको इराक आयाम
जाजरकोटका स्थानीयले जडिबुटीबाट भित्र्याए २९ करोडभन्दा बढी रकम
प्राकृतिक विपत्तिमा राहत, उद्धार र पुनर्निर्माणमा प्रभावकारी पहल गर्ने नेकपा संसदीय दलको निर्णय
सम्बन्धित सामग्री
जर्मनीको पहिलो जित जर्गेन क्लोपले जर्मनीको प्रशिक्षकका रूपमा तेस्रो खेलमा पहिलो जित हात पारेका छन्। यूईएफए नेसन्स लिगअन्तर्गत बिहीबार जर्मनीले सर्बियाल... शुक्रबार, असोज १६, २०८३
रोनाल्डोबिनै पोर्चुगलको डेनमार्कमाथि जित क्रिस्टियानो रोनाल्डोबिनै खेलेको पोर्चुगलले यूईएफए नेसन्स लिगमा डेनमार्कलाई ४–२ ले हराएको छ। शुक्रबार, असोज १६, २०८३
रोनाल्डोले छाडे पोर्चुगलको क्याम्प पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेपछि उनको अन्तर्राष्ट्रिय फुटबल करिअरबारे फेरि... बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
अमेरिकी सैन्य फिर्तीको इराक आयाम शुक्रबार, असोज १६, २०८३
जाजरकोटका स्थानीयले जडिबुटीबाट भित्र्याए २९ करोडभन्दा बढी रकम शुक्रबार, असोज १६, २०८३
प्राकृतिक विपत्तिमा राहत, उद्धार र पुनर्निर्माणमा प्रभावकारी पहल गर्ने नेकपा संसदीय दलको निर्णय शुक्रबार, असोज १६, २०८३
जर्मनीको पहिलो जित शुक्रबार, असोज १६, २०८३
पाँच वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची शुक्रबार, असोज १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
२५ अर्ब खर्चेर करिब १३ हजार निजामती कर्मचारीलाई अवकाश दिने प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा दर्ता (पूर्णपाठ) बिहीबार, असोज १५, २०८३
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था? बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्